राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गर्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सभाले अनुमोदन गरेको हो।
प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाएका जिज्ञासा तथा सुझावहरूको जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको बजेट देशको विद्यमान आर्थिक क्षमताअनुसार तयार गरिएको र आवश्यकताका आधारमा मात्र ऋण लिने व्यवस्था गरिएको स्पष्ट पारे। उनले ऋणको वास्तविक अवस्थालाई अर्थतन्त्रको समग्र आकारसँग तुलना गरेर मूल्याङ्कन गर्नुपर्ने उल्लेख गर्दै हाल मुलुकको पुरानो ऋण करिब ३० खर्ब रुपैयाँ रहेको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले सरकारले आर्थिक अनुशासन कायम राख्दै सन्तुलित बजेट ल्याएको बताउँदै भने, “बजेटको आकार पनि सन्तुलित छ र ऋणको भार पनि अना...















