सिक्किममा जगद्गुरु शिवशक्ति बाबा र पत्रकार कुमार भट्टराई भव्य सम्मानित
सिक्किम — सिक्किमको गान्तोक जिल्लाअन्तर्गत सिङ्ताम बजारस्थित प्रणामी मन्दिरमा आयोजित जगद्गुरु शिवशक्ति बाबाको दुईदिने आध्यात्मिक तथा सेवा शिविर सम्पन्न भएको छ।
आयोजकका अनुसार शिविरमा सिक्किमका विभिन्न स्थानबाट आएका श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सर्वसाधारणदेखि विभिन्न विशिष्ट व्यक्तित्व (VIP) तथा सिक्किम प्रहरी समेत शिविरमा सहभागी भई सेवा लिएका थिए। सहभागीहरूले शिविरप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।
शिविरको सफल आयोजनालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय कथावाचक रोहितराज महाराजज्यूले जगद्गुरु शिवशक्ति बाबालाई प्रशंसापत्रसहित भव्य सम्मान प्रदान गरेका छन्।
यसै अवसरमा शिविरका गतिविधि तथा समाचारलाई दर्शकमाझ प्रभावकारी रूपमा पुर्याएको योगदानको कदरस्वरूप एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक कुमार भट्टराईलाई पनि अन्तर्राष्ट्रिय कथावाचक रोहितराज मह...















