कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही भएको रमेश लेखकको आरोप
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक ले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन ‘पूर्वाग्रही’ भएको टिप्पणी गरेका छन्।
उनले उक्त प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित भएको दाबी गर्दै त्यसकै आधारमा आफूलाई फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखिएको आरोप लगाएका छन्।
“गत भाद्र २३ र २४ गतेको घटनासम्बन्धी आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनका आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखिए पनि अन्ततः म रिहा भएको छु,” उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्।
उनका अनुसार उनले कानुनको पालना र न्यायप्रति विश्वास राखेका छन्। “बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहनेछ,” उनले भनेका छन्।
कार्की आयोगको प्रतिवेदनका आधारमा यही चैत १४ गते भक्तपुरको कटुन्जेस्थित निवासबाट उनलाई प...















