ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना

राष्ट्रपति पौडेलद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
राष्ट्रपति रामचन्द्र पौडेल ले ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश दिँदै पर्वले नेपालीबीच एकता, सामाजिक-सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताएका छन्। उनले भनेका छन्, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक रूपमा विविधतायुक्त राष्ट्र भएकाले ग्याल्पो ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबीच एकता र सामाजिक सद्भाव सुदृढ गर्न मद्दत पुर्याउँछ। यसले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने काम गर्छ।” राष्ट्रपतिले शेर्पा समुदायका स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त पनि गरेका छन्।...
धनगढीमा आज रास्वपाको वृहत् जनसभा, रवि र बालेनले सम्बोधन गर्ने

धनगढीमा आज रास्वपाको वृहत् जनसभा, रवि र बालेनले सम्बोधन गर्ने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुदूरपश्चिम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज कैलालीको धनगढीस्थित पशुपति टोल (महोत्सव स्थल) मा वृहत् जनसभा आयोजना गर्दैछ। सभामा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। रास्वपाका नेता कविन्द्र ठकुल्लाका अनुसार बिहान ११ बजेदेखि सुरु हुने उक्त सभामा सुदूरपश्चिम प्रदेशका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले समेत आफ्नो धारणा राख्नेछन्। कार्यक्रममा हजारौँ सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति लामिछाने चितवन–२ र बालेन झापा–५ बाट उम्मेदवार छन्। यसअघि रास्वपाले माघ ५ गते जनकपुरधाममा आयोजना गरेको ‘परिवर्तन उद्घोष सभा’ पछि धनगढीमा दोस्रोपटक यस्तो जनसभा गर्न लागेको हो।...
दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपाललाई १२ वर्षपछि टी–२० विश्वकपमा ऐतिहासिक जित

दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपाललाई १२ वर्षपछि टी–२० विश्वकपमा ऐतिहासिक जित

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले १२ वर्षपछि विश्वकपमा ऐतिहासिक जित हात पारेको छ। स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितका नायक दीपेन्द्रसिंह ऐरी बने। उनले आक्रामक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे। कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३३ रनको योगदान दिए भने गुल्सन झाले अविजित २४ रन बनाए। यसअघि ब्याटिङ गरेको स्कटल्यान्डले ७ विकेट गुमाएर १७० रन बनाएको थियो। नेपालका लागि सोमपाल कामीले ३ तथा नन्दन यादवले २ विकेट लिए। यो जितसँगै नेपालले १२ वर्षपछि विश्वकपमा जित निकाल्दै नयाँ इतिहास रचेको छ।...
सब–इन्जिनियर यादव हत्याको विरोधमा उच्च अदालत जनकपुरका कर्मचारीद्वारा ‘पेन डाउन’

सब–इन्जिनियर यादव हत्याको विरोधमा उच्च अदालत जनकपुरका कर्मचारीद्वारा ‘पेन डाउन’

Breaking News 1, Breaking News 2, ताजा अपडेट, मधेस प्रदेश, समाचार
सर्लाहीमा सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको घटनाको विरोधमा उच्च अदालत जनकपुरधामका कर्मचारीहरूले ‘पेन डाउन’ गर्दै सेवा अवरुद्ध गरेका छन्। उच्च अदालत जनकपुरमा कार्यरत कर्मचारीहरूले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्। साथै, मृतक राष्ट्रसेवक कर्मचारीलाई शहीद घोषणा गर्न, परिवारलाई उचित क्षतिपूर्ति दिन र परिवारका सदस्यलाई सरकारी जागिर उपलब्ध गराउन पनि उनीहरूले आग्रह गरेका छन्। कर्मचारीहरूले मंगलबार बिहान १० बजेदेखि १२ बजेसम्म अदालतको सेवा बन्द गरी विरोध जनाएका हुन्। उनीहरूले राज्यसँग कर्मचारीको पूर्ण सुरक्षा सुनिश्चित गर्न माग गर्दै दोषीलाई कारबाही नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन्। ३६ वर्षीय प्रमोदकुमार यादवको आइतबार राति सर्लाहीको मलङ्गवा नगरपालिका–१० स्थित डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए।...
महाशिवरात्रिमा पशुपतिमा नागा बाबा र साधुसन्तको बिदाइ

महाशिवरात्रिमा पशुपतिमा नागा बाबा र साधुसन्तको बिदाइ

Breaking News 1, Breaking News 2, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा आएका नागा बाबा र साधुसन्तलाई आज दान–दक्षिणासहित बिदाइ गरिने भएको छ। फाल्गुन कृष्ण एकादशीमा आएको परम्पराअनुसार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिने तयारी गरेको छ। यस वर्ष करिब चार हजार साधुसन्त नेपाल तथा विदेशबाट पशुपतिमा भेला भएका छन्। साधुसन्तलाई रु १०१ देखि रु ५ हजारसम्म दक्षिणा दिइने व्यवस्था छ। साथै, मन्दिरमा पाँच दिन र बाहिर चार दिन धुनी जाल्ने तयारी गरिएको छ। महाशिवरात्रि पछि मन्दिर परिसरमा फोहरको समस्या देखिएको भए पनि कोषले सफाइ सुरु गरेको जनाएको छ। शिवरात्रिका लागि आगमन हुने भक्तजन र छात्रछात्राले नागा बाबा र साधुसन्तको दर्शन गर्दै आस्था प्रकट गरेका छन्।...
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको विमान काठमाडौँ फिर्ता

धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको विमान काठमाडौँ फिर्ता

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, पर्यटन, बागमती, समाचार
Shree Airlines को धनगढीका लागि उडेको विमान अवतरण हुन नसक्दा मध्यरातमा काठमाडौँ फिर्ता आएको छ। काठमाडौँबाट राति ९:४५ बजे उडेको उक्त विमानले धनगढी विमानस्थलमा पटक–पटक अवतरण प्रयास गरे पनि सफल हुन सकेन। अवतरण सम्भव नभएपछि राति करिब १२ बजे विमान पुनः काठमाडौँ फर्काइएको थियो। विमान काठमाडौँ फर्किएपछि यात्रुहरू केही समय अन्योलमा परेका थिए। जहाजमा सवार सञ्चारकर्मी रोयल आचार्यका अनुसार अवतरण हुन नसकेर फिर्ता आउँदा विमानस्थलमा यात्रुहरूले असन्तुष्टि जनाएका थिए। एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट रद्द गर्न चाहने यात्रुको रकम फिर्ता गरिने तथा यात्रा जारी राख्न चाहने यात्रुलाई मंगलबार बिहानको उडानमार्फत धनगढी पठाइने जानकारी दिएका छन्। उक्त उडानमा चालक दलका सदस्यसहित करिब ८० जना यात्रु सवार रहेका थिए।...
राष्ट्र बैंकले कर्मचारी कोषमा ९ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी कोषमा ९ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, समाचार
नेपाल राष्ट्र बैंकले कर्मचारी उपदान तथा पेन्सन कोषको ९ अर्ब ३५ करोड रुपैयाँ एक वर्षका लागि इजाजतप्राप्त बैंक र वित्तीय संस्थामा मुद्दती निक्षेपको रूपमा लगानी गर्ने भएको छ। वाणिज्य बैंकका लागि ७ अर्ब ४८ करोड, विकास बैंकका लागि १ अर्ब ४० करोड २५ लाख, र वित्त कम्पनीका लागि ४६ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ। आवेदन १० फागुन २०८२ बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दिन सकिनेछ। निक्षेप चाहने संस्थाहरूको एनपीएल ८ प्रतिशतभन्दा बढी नहुने, दुई वर्ष पुरानो संस्था हुनु पर्ने, न्यूनतम पुँजी कायम रहनु पर्ने, समय अनुसार तरलता र कर्जा अनुपात कायम रहनु पर्ने लगायतका शर्त राखिएको छ।...
काठमाडौं–५ मा शीर्ष नेताबीच कडा प्रतिस्पर्धा

काठमाडौं–५ मा शीर्ष नेताबीच कडा प्रतिस्पर्धा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
संघीय राजधानीको प्रतिनिधिसभा क्षेत्र नं. ५ मा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल तीव्र बन्दै गएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि प्रचारप्रसार सुरु भएसँगै यस क्षेत्रमा प्रमुख राजनीतिक दलका प्रभावशाली नेताबीच प्रत्यक्ष प्रतिस्पर्धा देखिएको छ। यस क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा, नेपाल कम्युनिष्ट पार्टीकी कल्पना शर्मा तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलसहित विभिन्न दल र स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दिएका छन्। २०७९ सालको निर्वाचनमा कांग्रेसका पौडेल १५ हजार २६९ मतसहित विजयी भएका थिए भने एमालेका पोखरेल १० हजार १९० मतसहित निकटतम् प्रतिस्पर्धी बनेका थिए। यसपटक पनि शीर्ष नेताहरू मैदानमा उत्रिएकाले काठमाडौं–५ लाई विशेष चासोका साथ हेरिएको छ। उम्मेदवारहरूल...
बागेश्वर धाम मा महाशिवरात्रिमा ३०० कन्याको सामूहिक विवाह, १६८० कन्याका ‘धर्मपिता’ बने धीरेन्द्र कृष्ण शास्त्री

बागेश्वर धाम मा महाशिवरात्रिमा ३०० कन्याको सामूहिक विवाह, १६८० कन्याका ‘धर्मपिता’ बने धीरेन्द्र कृष्ण शास्त्री

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, मधेस प्रदेश, समाचार
महाशिवरात्रिको पावन अवसरमा भारतको मध्यप्रदेशस्थित बागेश्वर धाममा भव्य सामूहिक कन्या विवाह कार्यक्रम सम्पन्न भएको छ। यस वर्ष करिब ३०० गरिब तथा असहाय कन्याहरूको वैदिक विधिअनुसार विवाह सम्पन्न गरिएको बागेश्वर धामका शिष्य कन्हैया पटेलले जानकारी दिएका छन्। मन्दिरमा भक्तजनहरूले चढाएको दानपेटीबाट संकलित रकममार्फत हरेक वर्षजस्तै यस वर्ष पनि आर्थिक रूपमा विपन्न परिवारका छोरीहरूको विवाह गराइएको हो। कार्यक्रममा नेपालबाट एक कन्या समेत छनोट गरिएको बताइएको छ। यो सामूहिक विवाह कार्यक्रम सातौँ संस्करणका रूपमा आयोजना गरिएको हो। करिब दुई महिनासम्म फारम संकलन गरी घर–घर पुगेर छनोट प्रक्रिया अघि बढाइएको थियो। ४० सदस्यीय टोलीले करिब ३० हजार किलोमिटर यात्रा गर्दै दुई महिनासम्म खटिएर ३०० कन्याको अन्तिम छनोट गरेको जनाइएको छ। तीमध्ये १०८ आदिवासी समुदायका कन्याहरू समावेश छन्। बागेश्वर धामका पिठाधीश्वर धीरेन्द्...
सबैया साझेदारी वन उपभोक्ता समूहको सदस्य निर्वाचन सम्पन्न, कार्यसमिति पूर्ण

सबैया साझेदारी वन उपभोक्ता समूहको सदस्य निर्वाचन सम्पन्न, कार्यसमिति पूर्ण

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार
रामजी यादव, वीरगंज, ३ फागुन। सबैया साझेदारी वन उपभोक्ता समूहअन्तर्गत खुल्ला तथा मधेसी तर्फका सदस्यहरूको निर्वाचन आज सम्पन्न भएको छ। उक्त निर्वाचनमार्फत खुल्ला तर्फ सात जना र मधेसी तर्फ एक जना सदस्य चयन भएका हुन्। निर्वाचन परिणामअनुसार खुल्ला तर्फ सदस्यमा जगत नारायण यादवले ८१ मत, भैयाराम प्रसादले ७२ मत, रामअयोध्या राउत अहिरले ६३ मत, श्रवण साहले ४९ मत, राजिव कुमार सोनारले ४९ मत, सुरेश कुमारले ४१ मत तथा सुरज कुमार कुर्मीले ४१ मत प्राप्त गरी विजयी भएका छन्। त्यस्तै, मधेसी तर्फ मणिभूषण तिवारीले १२६ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत रामनारायण कुर्मीले जानकारी दिनुभयो। खुल्ला सदस्यतर्फ सात पदका लागि ४० जनाको उम्मेदवारी परेको थियो भने मधेसी सदस्यतर्फ एक पदका लागि दुई जनाको उम्मेदवारी परेको थियो। यसअघि दलित, आदिवासी जनजाति तथा महिला तर्फका सदस्यहरू सहमतिमा गोला प्रथाबाट चयन गरिएका ...