धर्म / संस्कृति

कुमार भट्टराईको पहलमा सरसफाइ

कुमार भट्टराईको पहलमा सरसफाइ

Breaking News 1, Breaking News 2, uncategory, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, विचार, समाचार
गोखुरेश्वर महादेव मन्दिरमा सरसफाइ, उपमेयरसहित स्थानीयको सहभागिता मकवानपुर । थाहा नगरपालिका वडा नं. १ र ६ को सीमामा अवस्थित ऐतिहासिक गोखुरेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ गरिएको छ। मन्दिर परिसरको सरसफाइ तथा संरक्षणमा कुमार भट्टराईको पहलमा सरसफाइ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीसहित स्थानीयवासीको सहभागिता रहेको थियो। उपमेयर गोपाली तथा स्थानीयको उपस्थितिमा मन्दिर परिसरमा रहेका फोहोर तथा झारपात हटाउँदै सरसफाइ सम्पन्न गरिएको जनाइएको छ। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मन्दिर क्षेत्रलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउन नियमित सरसफाइ आवश्यक रहेको सहभागीहरूले बताएका छन्।...
ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
हिजो हरितालिका तीज पर्व मनाएपछि आज ऋषिपञ्चमीका अवसरमा टोखा नगरपालिका–११ स्थित ऐतिहासिक तथा प्रसिद्ध मनोरथ तीर्थधाममा नारीहरू व्रत तथा उपवास बसेर सप्तऋषिको श्रद्धापूर्वक पूजा–आराधना गर्दै पर्व मनाइरहेका छन्। ऋषिपञ्चमीका दिन बिहानैदेखि मनोरथ तीर्थधाममा भक्तजनहरूको चहलपहल बढेको छ। धार्मिक आस्था बोकेर पुगेका महिलाहरूले तीर्थस्थलमा स्नान तथा शुद्धीकरण गरी सप्तऋषिको पूजा, आराधना र दर्शन गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा मनोकामना पूरा होस् भन्ने कामना गरिरहेका छन्। धार्मिक परम्पराअनुसार ऋषिपञ्चमीमा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ गरी सप्तऋषिको पूजा गर्ने चलन छ। यस दिन जान–अन्जानमा भएका त्रुटि तथा पापबाट मुक्ति प्राप्त हुने धार्मिक विश्वाससमेत रहिआएको छ। समाज, धर्म, संस्कृति र ज्ञानको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका प्राचीन ऋषिमुनिहरूको स्मरण तथा सम्मान गर...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, समाचार
पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए। अहिले देशका विभिन्न स्थानमा बाढी–पहिरोबाट भएको क्षतिले ती चर्चालाई पुनः स्मरण गराएको छ। म कुनै भविष्यवक्ता होइन। गुरुले दिनुभएको ज्ञान र शिक्षाका आधारमा त्यतिबेला उक्त विषय सार्वजनिक गरेको मात्र हुँ। अहिलेको मुख्य प्राथमिकता भनेको विपद्मा परेकाहरूको उद्धार, राहत र सहयोग हो। ईश्वरले सबैको रक्षा गरून्। दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना। 🙏 जय पालञ्चोक भगवती। 🙏 सबैको कल्याण र रक्षा होस्।...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, समाचार
आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार आज विधिपूर्वक उखेलिएको कुश वर्षभरि पूजा, धार्मिक अनुष्ठान तथा पितृकार्यमा प्रयोग गर्न सकिन्छ। कुशलाई पवित्र वनस्पतिका रूपमा सनातन धर्ममा विशेष महत्त्व दिइन्छ। कुशेऔँसीलाई बुवाप्रति सम्मान र श्रद्धा व्यक्त गर्ने दिनका रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले जीवित बुवालाई मनपर्ने मिठाइ तथा भोजन खुवाएर सम्मान गर्दै आशीर्वाद लिने गर्छन्। बुवा दिवङ्गत भइसकेकाहरूले भने उहाँको सम्झनामा तर्पण, पिण्डदान, श्राद्ध तथा सिदादान गर्ने परम्परा रहेको छ। कुशेऔँसीका अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरलगायत विभिन्न तीर्थस्थलमा श्रद्धालुको भीड लाग्ने गर्छ। विशेषगरी गोकर्णमा दिवङ्गत पितृको नाममा तर्पण तथा पिण्...
International Excellence Award 2026 बाट कुमार भट्टराई सम्मानित

International Excellence Award 2026 बाट कुमार भट्टराई सम्मानित

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, मनोरञ्जन, समाचार
काठमाडौं । International Excellence Award 2026 बाट एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक कुमार भट्टराई सम्मानित भएका छन्। विगत लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै समाज, संस्कृति, सनातन धर्म तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानको मूल्याङ्कन गर्दै भट्टराईलाई उक्त प्रतिष्ठित सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। विशेषगरी नेपालका विभिन्न स्थानमा रहेका मठ–मन्दिर, धार्मिक तथा सांस्कृतिक गतिविधिलाई निःस्वार्थ रूपमा सञ्चारमाध्यममार्फत उजागर गर्दै प्रचार–प्रसारमा पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई यो अवार्ड प्रदान गरिएको बताइएको छ। सम्मान ग्रहण गर्दै भट्टराईले यो अवार्ड आफ्ना लागि व्यक्तिगत उपलब्धि मात्र नभई आगामी दिनमा अझ जिम्मेवार भएर सञ्चार क्षेत्रमा काम गर्ने प्रेरणा र हौसला भएको बताए। उनले सनातन धर्म, संस्कृति, धार्मिक सम्पदा तथा स...
बाढी पिडितलाई शिव शक्ति बाबा ले गरे १ लाख ८० हजार को राहत सामग्री सहयोग

बाढी पिडितलाई शिव शक्ति बाबा ले गरे १ लाख ८० हजार को राहत सामग्री सहयोग

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
काठमाडौँबाट राहत सामग्री आफैँ लिएर नुवाकोट पुगेका शिव शक्ति बाबाद्वारा खाद्यान्न तथा नगद सहयोग नुवाकोटमा बाढीबाट प्रभावित नागरिकहरूलाई राहत पुर्‍याउने उद्देश्यले श्री श्री श्री महागुरु दिव्य सिद्धि पुरुष जगद्गुरु महाराज शिव शक्ति बाबाले १ लाख ८० हजार रुपैयाँ को राहत सामग्री सहयोग गर्नुभएको छ। भदौ १५ गते काठमाडौँबाट राहत सामग्री आफैँ लोड गरी शिव शक्ति बाबा नुवाकोटको विदुर नगरपालिका पुग्नुभएको थियो। उहाँले बाढी प्रभावित परिवारहरूलाई खाद्यान्न सामग्रीसहित नगद सहयोगसमेत वितरण गर्नुभएको हो। शिव शक्ति बाबाले उपलब्ध गराउनुभएको राहतमा ५० बोरा चामल, चिउरा, भुजा, दालबुट, भुजिया, फुरुती, रेडबुल, पानीलगायत विभिन्न खाद्यान्न तथा आवश्यक सामग्री रहेका थिए। उक्त खाद्यान्न तथा अन्य राहत सामग्रीको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ रहेको बताइएको छ। त्यसैगरी, राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन ग...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा, देशभर बाढी–पहिरोले बढायो चिन्ता

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा, देशभर बाढी–पहिरोले बढायो चिन्ता

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, प्रदेश समाचार, बागमती, राजनीति, समाचार
केही दिनअघि पालञ्चोक भगवतीको मूर्तिबाट ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि यसलाई कुनै ठूलो अनिष्ट वा विपत्तिको संकेतका रूपमा चर्चा गरिएको थियो। अहिले देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका घटना बढ्दै गएपछि ती चर्चाले पुनः ध्यान तानेका छन्। म आफूलाई कुनै भविष्यवक्ता ठान्दिनँ, म एक सामान्य व्यक्ति हुँ। गुरुले दिनुभएको ज्ञान, शिक्षा र मार्गदर्शनका आधारमा नै मैले त्यतिबेला उक्त विषयमा पोस्ट गरेको थिएँ। तर अहिले देशका विभिन्न ठाउँबाट बाढी, पहिरो र जनधनको क्षतिका दुःखद खबरहरू आइरहँदा मन निकै दुःखी भएको छ। गुरुले विजयादशमीसम्म देशले कठिन परिस्थितिको सामना गर्नुपर्ने, ठूलो जनधनको क्षति हुन सक्ने तथा बाढी–पहिरोजस्ता प्राकृतिक विपत्ति आउन सक्ने बताउनुभएको थियो। त्यसपछि नेपालका शक्तिपीठहरूमा शक्ति जागृत भई संकट क्रमशः टर्दै देशमा शान्ति, सुख र समृद्धि कायम हुने उहाँको विश्वास थियो। ...
नयाँ दिल्लीमा वरिष्ठ पत्रकार कुमार भट्टराईलाई ‘राजीव गान्धी गौरव रत्न’ अवार्ड

नयाँ दिल्लीमा वरिष्ठ पत्रकार कुमार भट्टराईलाई ‘राजीव गान्धी गौरव रत्न’ अवार्ड

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
नयाँ दिल्ली — मठ–मन्दिर तथा सनातन धर्मको संरक्षण र प्रवर्द्धनका विषयमा निरन्तर प्रचार प्रसार गर्दै आएका एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक वरिष्ठ पत्रकार कुमार भट्टराईलाई अन्तर्राष्ट्रिय समरसता मञ्चले प्रथम ‘राजीव गान्धी गौरव रत्न अवार्ड–२०२६’ प्रदान गरेको छ। नयाँ दिल्लीमा आयोजित विशेष समारोहबीच भट्टराईलाई उक्त सम्मान प्रदान गरिएको हो। विभिन्न स्थानमा रहेका ऐतिहासिक तथा धार्मिक मठ–मन्दिरको खोज, अध्ययन र प्रचार–प्रसार गर्दै सनातन धर्म तथा धार्मिक सम्पदाको संरक्षणका विषयलाई सञ्चारमाध्यममार्फत निरन्तर उठाउँदै आएको योगदानको कदरस्वरूप अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ। पत्रकारितामार्फत धार्मिक तथा सांस्कृतिक सम्पदाको उजागर गर्दै आएको र आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गरेको योगदानलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय समरसता मञ्चले भट्टराईलाई सम्मान गरेको हो। अवार्ड ...
शिव शक्ति बाबा ले पाए अन्तररास्ट्रिय समरसता मंच प्रथम राजीव गांधी गौरव रतन अवार्ड

शिव शक्ति बाबा ले पाए अन्तररास्ट्रिय समरसता मंच प्रथम राजीव गांधी गौरव रतन अवार्ड

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
नयाँ दिल्ली — अन्तर्राष्ट्रिय समरसता मंचले श्री श्री श्री परमपूज्य जगद्गुरु शिव शक्ति बाबा महाराजलाई प्रथम ‘राजीव गान्धी गौरव रत्न अवार्ड–२०२६’ प्रदान गरेको छ। कोशी प्रदेश, मोरङको लेटाङमा बस्दै आउनुभएका दिव्य सिद्ध पुरुष शिव शक्ति बाबालाई भारतका पूर्वप्रधानमन्त्री स्वर्गीय राजीव गान्धीको जयन्ती समापन महोत्सवका अवसरमा नयाँ दिल्लीमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो।   दुःखी, गरिब, असहाय तथा पीडितहरूको सेवामा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका शिव शक्ति बाबाले भारतका विभिन्न स्थानमा समेत सेवा तथा उपचारसम्बन्धी कार्य गर्दै आउनुभएको बताइएको छ। विशेषगरी भारतको जयगाउँ तथा सिक्किमलगायतका क्षेत्रमा पुगेर बिरामी तथा समस्यामा परेका व्यक्तिहरूलाई उपचार गर्दै आएको भन्दै उहाँलाई कार्यक्रममा विशेष निमन्त्रणा गरिएको थियो। मानव सेवा, सामाजिक सहयोग तथा परोपकारी कार्यमा पुर्‍...
विरूपाक्ष्यको शिला बाहिर आए पृथ्वी नै ध्वस्त हुन्छ? यस्तो छ जनविश्वास

विरूपाक्ष्यको शिला बाहिर आए पृथ्वी नै ध्वस्त हुन्छ? यस्तो छ जनविश्वास

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
काठमाडौंस्थित पशुपति क्षेत्रको बागमती किनारमा रहेको विरूपाक्ष्यको मूर्ति धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छ। जमिनमुनि आधा भाग रहेको र आधा भाग बाहिर देखिने यो मूर्तिबारे विभिन्न धार्मिक जनविश्वास र किंवदन्ती प्रचलित छन्। जनविश्वासअनुसार त्रेता युगमा विरूपाक्ष्यको टाउको मात्र देखिएको, द्वापर युगमा छातीसम्म र कलियुगमा कमरसम्मको भाग देखिएको मानिन्छ। यसै विश्वासमा, विरूपाक्ष्यको मूर्तिको खुट्टासम्मको भाग बाहिर देखिएको दिन संसार ध्वस्त हुने जनश्रुति समेत रहँदै आएको छ। तर, विरूपाक्ष्यको खुट्टा देखिएपछि पृथ्वी नै ध्वस्त हुन्छ भन्ने कुराको वैज्ञानिक प्रमाण भने छैन। यो धार्मिक आस्था, किंवदन्ती र स्थानीय जनविश्वाससँग जोडिएको विषय हो। पशुपति क्षेत्रको बागमती किनारमा रहेको विरूपाक्ष्यको यो रहस्यमय स्वरूपले आज पनि भक्तजन, इतिहास तथा संस्कृति अध्ययनकर्ताको ध्यान आकर्षित गर्दै आएको छ। 🙏🔱...