धर्म / संस्कृति

वैशाखमा कालिका भगवती मन्दिरको आम्दानी ६१ लाखभन्दा बढी

वैशाखमा कालिका भगवती मन्दिरको आम्दानी ६१ लाखभन्दा बढी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, प्रदेश समाचार, बागमती, विचार, समाचार
बागलुङ । बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरले वैशाख महिनामा ६१ लाख ७८ हजार २१० रुपैयाँ आम्दानी गरेको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले आय–व्यय विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । समितिका अनुसार वैशाख महिनामा मन्दिर सञ्चालन तथा व्यवस्थापनमा ११ लाख ५८ हजार ५४० रुपैयाँ खर्च भएको छ । खर्च कटाएर मन्दिरले ५० लाख १९ हजार ६७० रुपैयाँ बचत गर्न सफल भएको जनाएको छ । सार्वजनिक विवरणअनुसार भेटीबाट मात्रै ३६ लाख ८७ हजार ५४५ रुपैयाँ संकलन भएको छ । त्यसैगरी परेवाबाट १० लाख २९ हजार ५००, भाडाबाट ९ लाख ७१ हजार १४०, आर्थिक सहयोगबाट २ लाख ४ हजार २२० तथा बोकाबाट १ लाख ३६ हजार ३५५ रुपैयाँ आम्दानी भएको उल्लेख गरिएको छ । यस्तै, चामलबाट ९३ हजार, पण्डित सेवाबाट २५ हजार ५००, कुखुराबाट ७ हजार ८ सय, विवाहबाट १४ हजार, व्रतबन्धबाट ३ हजार तथा राँगाबाट २ हजार ८ सय रुपैयाँ आम्दानी भएक...
पशुपतिनाथमा रुद्राभिषेक तथा सनातन गुरु नेपालको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न

पशुपतिनाथमा रुद्राभिषेक तथा सनातन गुरु नेपालको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरस्थित सुमार्गे भवनको हल नम्बर–१ मा आयोजित रुद्राभिषेक कार्यक्रम तथा ‘सनातन गुरु नेपाल’ उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा देशभरबाट विभिन्न धर्मगुरु, आध्यात्मिक व्यक्तित्व तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। समारोहमा ‘सनातन गुरु नेपाल’ संस्थाले आगामी दिनमा देशभर एक लाख सदस्य विस्तार गर्ने घोषणा गरेको छ। कार्यक्रममा सहभागी धर्मगुरुहरूले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि संगठित रूपमा अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। उक्त कार्यक्रमको संयोजन राजेश भट्टराई ले गरेका थिए भने कार्यक्रम समन्वयकर्ताको भूमिकामा आनन्द प्याकुरेल रहेका थिए। त्यसैगरी सन्जिप न्यौपाने, पुष्पराज पुरुष गुरु लगायत विभिन्न गुरु तथा धार्मिक व्यक्तित्वहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। कार्यक्र...
मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेन्द्र शाहको शुभकामना: “म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेन्द्र शाहको शुभकामना: “म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मातातीर्थ औँसी तथा ‘आमाको मुख हेर्ने दिन’ को अवसरमातातीर्थ औँसीमा प्रधानमन्त्री बालेन्द्र शाहको शुभकामना: “म नेपाल आमा हाँसेको हेर्न चाहन्छु”मा देशभरका आमाहरूप्रति शुभकामना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै आमा र मातृभूमिको महिमा अत्यन्त उच्च रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले संस्कृत श्लोक उद्धृत गर्दै “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” अर्थात् आमा र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने बताएका छन् । सन्देशमा उनले आमाको काखलाई सन्तानका लागि सबैभन्दा सुरक्षित र न्यानो आश्रयका रूपमा वर्णन गर्दै आमाहरू माया, त्याग र सृष्टिको अनुपम स्रोत भएको उल्लेख गरेका छन् । उनले सबै आमाप्रति सम्मान, कृतज्ञता र दीर्घायुको कामना व्यक्त गर्दै यो दिनले सन्तानलाई आमाप्रति थप जिम्मेवार र कृतज्ञ बन्न प्रेरित गर्ने व...
मातातीर्थमा भक्तजनको घुइँचो, देशभर मातातीर्थ औंसी श्रद्धापूर्वक मनाइँदै

मातातीर्थमा भक्तजनको घुइँचो, देशभर मातातीर्थ औंसी श्रद्धापूर्वक मनाइँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, धर्म / संस्कृति, बागमती, समाचार
आमालाई जन्म दिने माताप्रति सम्मान, श्रद्धा र कृतज्ञता व्यक्त गर्ने पवित्र पर्व मातातीर्थ औंसी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वलाई आमाप्रतिको सम्मान, माया र आशीर्वाद प्राप्त गर्ने विशेष दिनका रूपमा लिइन्छ। शास्त्रीय मान्यताअनुसार आचार्य, उपाध्याय र पिताभन्दा पनि आमालाई उच्च स्थानमा राखिएको छ। आमाको माया, त्याग र समर्पणलाई स्मरण गर्दै यो दिन विशेष रूपमा आमालाई सम्मान गर्ने परम्परा रहिआएको छ। बिहानै उठेर स्नान गरी आमालाई नयाँ वस्त्र पहिर्याउने, मिठा–मिठा परिकार खुवाउने र आशीर्वाद लिने चलन छ। आमा जीवित नभएकाहरूले आफ्ना दिवंगत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा ब्राह्मण भोजन गराउने धार्मिक परम्परा पनि यस दिनमा विशेष रूपमा पालना गरिन्छ। यसले माताप्रतिको कृतज्ञता र श्रद्धालाई अझ गहिरो बनाउने विश्वास गरिन्छ। यसै अवसरमा काठमाडौँको चन्द्राग...
आज नयाँ वर्ष २०८३ मा सपनातीर्थमा भक्तजनको देखियो घुइँचो

आज नयाँ वर्ष २०८३ मा सपनातीर्थमा भक्तजनको देखियो घुइँचो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
  काठमाडौँ — नयाँ वर्ष २०८३ सालको पावन अवसरमा टोखा नगरपालिका–२ मा अवस्थित सपना तीर्थ क्षेत्रमा आज बिहानदेखि नै भक्तजनहरूको उल्लेखनीय भीडभाड देखिएको छ। नयाँ वर्षको सुरुवात शुभ बनाउने उद्देश्यले देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनहरू तीर्थस्थलमा दर्शन तथा पूजाआजा गर्न ठूलो संख्यामा उपस्थित भएका हुन्। बिहानैदेखि सुरु भएको भक्तजनहरूको आगमन दिउँसोसम्म अझै बढ्दै गएको देखिएको थियो। मेला स्थलमा विशेष पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन गरिएको थियो। तीर्थ क्षेत्रमा लामो लाइनमा बसेर भक्तजनहरूले पालैपालो दर्शन गरेका थिए। संखुवासभा, धादिङ, नुवाकोट लगायतका जिल्लाबाट आएका भक्तजनहरूले सपना तीर्थमा दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास व्यक्त गरेका छन्। नयाँ वर्षको पहिलो दिन धार्मिक स्थलमा पुगेर पूजाआजा गर्दा वर्षभरि सुख, शान्ति र समृद्धि प्राप्त हुने ज...
भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु, बिस्केट जात्रा औपचारिक रूपमा प्रारम्भ

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु, बिस्केट जात्रा औपचारिक रूपमा प्रारम्भ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको अवसरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु भएको छ। आज बिहान भक्तपुरको पोटरी स्क्वायरस्थित कुमाले टोलमा विधिपूर्वक पूजा गरी हात नभएको लिङ्गो उठाइएको छ। हरेक वर्ष चैत मसान्तमा उठाइने उक्त लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने परम्परा छ। कुमाले टोलमा बिहान लिङ्गो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई भेलुखेल लगिन्छ र साँझ नाग–नागिनीको प्रतीक मानिने ५५ हात लामो लिङ्गो उठाइन्छ। मध्यपुरथिमि–८ बोडे स्थित महालक्ष्मी मन्दिरअगाडि पनि आज बिहान लिङ्गो उठाइएको छ। यससँगै थिमि क्षेत्रमा जात्रा तथा पर्वहरू औपचारिक रूपमा सुरु हुने परम्परा रहेको छ। स्थानीयका अनुसार महालक्ष्मी मन्दिरअगाडि लिङ्गो उठाएपछि जिब्रो छेड्ने जात्राको साइत मानिन्छ। यस वर्ष २८ वर्षीय सुजन वाङ श्रेष्ठले व्रत सुरु गरेका छन् र वैशाख २ गते जिब्रो छेड्ने कार्य...
चण्डेश्वरी मन्दिरमा सिंहका दुई मूर्ति स्थापना, स्थानीय सहभागिताले झल्कियो एकता र आस्था

चण्डेश्वरी मन्दिरमा सिंहका दुई मूर्ति स्थापना, स्थानीय सहभागिताले झल्कियो एकता र आस्था

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
टोखा नगरपालिका–२ स्थित चन्देश्वरी मन्दिर परिसरमा आज दुईवटा भव्य सिंहका मूर्तिहरू विधिवत् रूपमा स्थापना गरिएको छ। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको यस मन्दिरको सौन्दर्य र गरिमा बढाउने उद्देश्यले गरिएको उक्त कार्यले स्थानीयवासीमा थप उत्साह र श्रद्धा जगाएको छ। मूर्ति स्थापना कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडा नं. ११ का वडा अध्यक्ष घनश्याम खड्का तथा वडा नं. ८ का वडा अध्यक्ष रमेश खत्री लगायतको महत्वपूर्ण लगानी, पहल र सक्रिय सहयोग रहेको थियो। उहाँहरूको समन्वय र प्रतिबद्धताले यो कार्य सफलतापूर्वक सम्पन्न भएको हो। यसका साथै, कार्यक्रमलाई सफल बनाउन स्थानीय गाउँबासी तथा टोलबासीहरूको उल्लेखनीय सहभागिता र अतुलनीय सहयोग देखिएको थियो। सबैको साझा प्रयास, सहयोग र समर्पणले मात्र यस्ता धार्मिक तथा सामाजिक कार्यहरू सम्भव हुने सन्देश समेत यस कार्यक्रमले दिएको ...
गृहमन्त्री सुधन गुरुङद्वारा मन्त्रालयमै सर्वसाधारणका गुनासा सुन्ने व्यवस्था

गृहमन्त्री सुधन गुरुङद्वारा मन्त्रालयमै सर्वसाधारणका गुनासा सुन्ने व्यवस्था

Breaking News 1, Breaking News 2, English, अन्तर्राष्ट्रिय, आजको विशेष, कोशी प्रदेश, खेलकुद, गण्डकी, ताजा अपडेट, धर्म / संस्कृति, पर्यटन, प्रदेश समाचार, ब्यापार, मधेस प्रदेश, राजनीति, विचार, समाचार
गृहमन्त्री सुधन गुरुङद्वारा मन्त्रालयमै सर्वसाधारणका गुनासा सुन्ने व्यवस्था काठमाडौं — गृहमन्त्री सुधन गुरुङले सर्वसाधारणका समस्या प्रत्यक्ष रूपमा बुझ्न मन्त्रालयमै बोलाएर गुनासा सुन्ने व्यवस्था सुरु गरेका छन्। यस क्रममा देशका विभिन्न स्थानबाट आएका नागरिकहरूले आफ्ना समस्या र पीडा गृहमन्त्रीसमक्ष राखेका थिए। गुनासा राख्ने अधिकांशले अझै पनि न्याय प्राप्ति सहज नभएको गुनासो गरेका छन्। उनीहरूले पहुँच र शक्तिका आधारमा अन्याय सहनुपरेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। कार्यक्रममा सहभागीहरूले गृहमन्त्रीसँग प्रत्यक्ष भेटघाट गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफ्ना अनुभव पनि साझा गरेका थिए। एक सहभागीले भने, “धेरै गृहमन्त्री आए, तर तपाईँजस्तो सर्वसाधारणको आवाज सुन्ने व्यक्ति पाउन सकेनौँ। हाम्रो कुरा सुन्नुभएकोमा धन्यवाद।” गृहमन्त्री गुरुङले उठेका गुनासालाई गम्भीरतापूर्वक लिँदै समा...
आज हर्षोल्लासका साथ होली पर्व मनाइँदै

आज हर्षोल्लासका साथ होली पर्व मनाइँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, मनोरञ्जन, समाचार
आज देशभर हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ। एकापसमा रङ र लोला खेली उल्लासपूर्वक मनाइने यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र भाइचाराको सन्देश बोकेर आउने फागु पर्व मनाउने परम्परा प्राचीनकालदेखि चलिआएको छ। फागु पर्वका अवसरमा परम्परादेखि नै सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने चलन छ। यस वर्ष पनि तराईका जिल्लाहरूमा मङ्गलबार होली मनाइँदैछ र सोही दिन सार्वजनिक बिदा दिइएको छ। होलीको अवसरमा काठमाडौँको वसन्तपुर क्षेत्रमा विशेष रौनक देखिन्छ। त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेलमा लगी दहन गर्ने परम्परा छ। चिरमा राखिएका ध्वजापताकाहरू औषधीय गुण हुने विश्वासका साथ लिने गरिन्छ भने चिरको खरानी टीकाका रूपमा लगाउँदा अनिष्ट टर्ने जनविश्वास रहिआएको छ। फा...
महाशिवरात्रिमा पशुपतिमा नागा बाबा र साधुसन्तको बिदाइ

महाशिवरात्रिमा पशुपतिमा नागा बाबा र साधुसन्तको बिदाइ

Breaking News 1, Breaking News 2, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा आएका नागा बाबा र साधुसन्तलाई आज दान–दक्षिणासहित बिदाइ गरिने भएको छ। फाल्गुन कृष्ण एकादशीमा आएको परम्पराअनुसार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिने तयारी गरेको छ। यस वर्ष करिब चार हजार साधुसन्त नेपाल तथा विदेशबाट पशुपतिमा भेला भएका छन्। साधुसन्तलाई रु १०१ देखि रु ५ हजारसम्म दक्षिणा दिइने व्यवस्था छ। साथै, मन्दिरमा पाँच दिन र बाहिर चार दिन धुनी जाल्ने तयारी गरिएको छ। महाशिवरात्रि पछि मन्दिर परिसरमा फोहरको समस्या देखिएको भए पनि कोषले सफाइ सुरु गरेको जनाएको छ। शिवरात्रिका लागि आगमन हुने भक्तजन र छात्रछात्राले नागा बाबा र साधुसन्तको दर्शन गर्दै आस्था प्रकट गरेका छन्।...