फागुन २१ निर्वाचन: मतपत्र भोलिसम्म सबै जिल्लामा पुग्ने
काठमाडौं — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र नेपाली सेनाको स्कर्टिङमा जिल्लाहरूमा पठाउने कार्य तीव्र पारिएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार रातिसम्म ७० जिल्लामा मतपत्र पुगिसकेको छ भने बाँकी जिल्लामा पनि भोलि साँझसम्म पुर्याइनेछ।
भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा छपाइ भएका मतपत्रको सुरक्षा नेपाली सेनाले गरिरहेको छ। ढुवानीका क्रममा पनि सेनाले नै स्कर्टिङ गर्दै आएको छ। उपत्यकानजिकका केही जिल्ला र तराईका तीन जिल्लामा मतपत्र पुग्न बाँकी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
मतपत्रबाहेक अन्य निर्वाचन सामग्री भने अधिकांश जिल्लामा पठाइसकिएको छ। ती सामग्रीको ढुवानीमा सशस्त्र प्रहरी बल नेपालले स्कर्टिङ गरिरहेको छ। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टका अनुसार ७७ वटै जिल्लामा सामग्री पुग्ने क्रममा छ।
उच्च हिम...















