कालीगण्डकी करिडोरको कोवाङ–जोमसोम सडकको ठेक्का सम्झौता रद्द
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाको कोवाङ–जोमसोम खण्ड निर्माण अलपत्र पारेपछि ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गरिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिकास्थित कोवाङ खन्तिदेखि टुकुचे, मार्फा हुँदै जिल्ला सदरमुकाम जोमसोम बजारसम्म फैलिएको १७ किलोमिटर सडक नौ वर्षसम्म पनि सम्पन्न नभएपछि बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले सार्वजनिक सूचना जारी गर्दै ठेक्का तोडिएको जनाएको हो ।
योजना प्रमुख तेजस्वी शर्माका अनुसार दुई वर्षभित्र सक्नुपर्ने काम सात पटकसम्म म्याद थप्दा पनि पूरा नभएपछि पप्पु–गौरी पार्वती कोशी एन्ड न्यौपाने निर्माण कम्पनीसँगको सम्झौता रद्द गरिएको हो ।
“सातौँ पटक थपिएको म्याद २०८२ असोज २५ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । तर म्याद सकिएको २०० दिन बितिसक्दा पनि कम्पनीले जिम...















