मधेस प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएसँगै सत्ता समीकरण फेरिने संकेत देखिएको छ।
मुख्यमन्त्री कृष्णप्रसाद यादव ले शुक्रबार विश्वासको मत लिने तयारी गरिरहेकै बेला बिहीबार राति एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्रीका रूपमा सरकारमा समावेश गरिएको हो।
विश्वासको मत लिन केही घण्टा बाँकी रहँदा एमाले सरकारमा प्रवेश गर्नुले मधेस प्रदेशको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आउने संकेत गरेको छ।
एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव का अनुसार पार्टीबाट थप तीन जना मन्त्री पनि सरकारमा सहभागी हुनेछन्। उनले मोहम्मद समिरले आजै शपथ लिने र अन्य मन्त्रीहरूको शपथ साँझसम्म गराउने तयारी रहेको जानकारी दिए।
उनका अनुसार एमालेले सरकारमा चार मन्त्रालय पाउने सहमति भएको छ। केन्द्रमा बनेको नयाँ राजनीतिक गठबन्धनअनुसार एमाले सरकारमा सहभागी भएको उनले स्पष्ट पारे।
यसैबीच, उनले जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिने दाबी गरेका छन्। तर, जसपा नेपालको संसदीय दलले भने मुख्यमन्त्...















