नतिजा चित्त नबुझे पुनर्योग र उत्तरपुस्तिका हेर्न पाइने
काठमाडौं । सोमबार राति सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले पुनर्योग तथा उत्तरपुस्तिका हेर्न पाउने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजामा असन्तुष्ट विद्यार्थीका लागि पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षणको व्यवस्था गरिएको जनाएको छ ।
पुनर्योगका लागि इच्छुक परीक्षार्थीले जेठ १ गतेदेखि जेठ ७ गतेसम्म बोर्डको वेबसाइटमार्फत आवेदन दिनुपर्नेछ । बोर्डका अनुसार विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउनसमेत सक्नेछन् ।
त्यस्तै, अनुत्तीर्ण विद्यार्थीका लागि आगामी असार १ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिने भएको छ । ननग्रेडेड (NG) प्राप्त सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
यस वर्षको SEE परीक्षामा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा दुई लाख ८४ ह...















