आजको विशेष

दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री सुधन गुरुङको ऐतिहासिक निर्णय

दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री सुधन गुरुङको ऐतिहासिक निर्णय

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङज्यूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै वि.सं. २०५८ सालमा भएको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने ऐतिहासिक निर्णय गर्नुभएको छ। उहाँको यो कदमलाई देशको राजनीतिक तथा ऐतिहासिक वृत्तमा निकै महत्वपूर्ण र चासोपूर्ण निर्णयका रूपमा हेरिएको छ। आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले नेपाली इतिहासकै सबैभन्दा रहस्यमय, संवेदनशील र दुःखद घटनामध्ये एक मानिएको उक्त घटनाबारे सत्यतथ्य बाहिर ल्याउन विस्तृत अनुसन्धान अघि बढाउने स्पष्ट संकेत दिनुभएको हो। साथै, निष्पक्ष र गहिरो छानबिनमार्फत जनतामा रहेका विभिन्न शंका–उपशंकाको अन्त्य गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ। गृहमन्त्री गुरुङको यस निर्णयपछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया देखिन थालेका छन् भने सर्वसाधारणमा पनि यो घटनाबारे फेरि चासो बढेको छ।...
माग सम्बोधन नभएको भन्दै अनुदानमा कार्यरत शिक्षकहरूको माइतीघरमा प्रदर्शन

माग सम्बोधन नभएको भन्दै अनुदानमा कार्यरत शिक्षकहरूको माइतीघरमा प्रदर्शन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
काठमाडौं । संघीय शिक्षण–सिकाइ अनुदानमा कार्यरत शिक्षकहरूले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आफ्ना माग सम्बोधन नगरेको भन्दै मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागी शिक्षकहरूले सम्मानजनक तलब वृद्धि, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा कोषमा आबद्धता, सेवा निरन्तरता तथा सरकारसँग विगतमा भएका सहमति कार्यान्वयनको माग गरेका छन्। अंग्रेजी, गणित र विज्ञान विषय अध्यापन गरिरहेका करिब ११ हजार शिक्षकहरूले दरबन्दी मिलान, तह समायोजन वा विद्यालय मर्ज हुँदा पनि सेवा निरन्तरता सुनिश्चित गर्नुपर्ने, उमेर हदका आधारमा सेवाबाट हटाउन नहुने तथा शिक्षक सेवा आयोगको परीक्षामा अनुभवका आधारमा अतिरिक्त अंक प्रदान गर्नुपर्ने माग राखेका छन्। मागप्रति सरकारले बेवास्ता गरे पठनपाठन प्रभावित पार्नेदेखि सामूहिक राजीनामासम्मका आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने ...
एसियन गेम्स छनोटको फाइनलमा नेपाल र हङकङ भिड्दै, टस जितेर नेपालले गर्‍यो फिल्डिङ

एसियन गेम्स छनोटको फाइनलमा नेपाल र हङकङ भिड्दै, टस जितेर नेपालले गर्‍यो फिल्डिङ

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । पुरुष एसियन गेम्स छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। सिंगापुरस्थित नेशन क्रिकेट मैदानमा भइरहेको उपाधि भिडन्तमा नेपालका कप्तानले टस जित्दै हङकङलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। दुवै टोली प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्। उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका नेपाल र हङकङबीचको प्रतिस्पर्धालाई निकै महत्वपूर्ण मानिएको छ। नेपाल यसअघि नै फाइनलमा स्थान सुरक्षित गर्दै आगामी एसियन गेम्सका लागि छनोट भइसकेको छ। त्यसैले अब नेपाली टोलीको लक्ष्य उपाधि जितेर प्रतियोगिताको सुखद अन्त्य गर्ने रहेको छ। प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३...
सुधन गुरुङको सम्पत्तिको स्रोत वैध ठहर, दीपक भट्टसँग आर्थिक सम्बन्ध नदेखिएको निष्कर्ष

सुधन गुरुङको सम्पत्तिको स्रोत वैध ठहर, दीपक भट्टसँग आर्थिक सम्बन्ध नदेखिएको निष्कर्ष

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
  काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र सेयर लगानीबारे सार्वजनिक रूपमा उठेका प्रश्नहरूको छानबिन गर्न सरकारले गठन गरेको समितिले उनको सम्पत्तिको स्रोत वैध रहेको निष्कर्ष निकालेको छ। समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष बुझाउँदै गुरुङको चल-अचल सम्पत्ति, सेयर लगानी, बैंक मौज्दात, ऋण तथा रेमिट्यान्सलगायतका सबै आर्थिक गतिविधिको स्रोत पुष्टि भएको जनाएको छ। समितिको प्रतिवेदनअनुसार गुरुङसँग रहेको सम्पत्तिको आर्जन प्रक्रिया अस्वाभाविक नदेखिएको र सार्वजनिक रूपमा आरोप लगाइएझैँ विवादास्पद व्यवसायी दीपक भट्टसँग प्रत्यक्ष आर्थिक कारोबार वा सम्बन्ध पुष्टि हुने कुनै प्रमाण फेला परेको छैन। छानबिनका क्रममा गुरुङसँग जोडिएका विभिन्न सम्पत्ति, सेयर लगानी, बैंक विवरण तथा ‘हामी नेपाल’ नामक संस्थासँग सम्बन्धित आर्थिक गतिविधिहरू समेत अध्ययन गरिएको थियो। प्रतिवेदनमा...
रविले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस–एमालेका शीर्ष नेतृत्व अनुपस्थित रहने

रविले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस–एमालेका शीर्ष नेतृत्व अनुपस्थित रहने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेतृत्व सहभागी नहुने भएका छन्। समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यसहित बोलाइएको उक्त बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष/सभापतिसहित दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो। तर कांग्रेस र एमालेका शीर्ष नेताहरू भने बैठकमा उपस्थित नहुने जनाइएको छ। नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे सहभागी हुने कांग्रेस प्रमुख सचेतक बासना थापा ले जानकारी दिएकी छन्। त्यस्तै, नेकपा (एमाले) का तर्फबाट प्रमुख सचेतक ऐन महस बैठकमा सहभागी हुने तय भएको छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हल मा बिहान ९ बजे बस्ने बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबीच समसामयिक राजनीतिक अवस्...
भारत भ्रमणपछि चीन जाँदै परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणपछि चीन जाँदै परराष्ट्रमन्त्री खनाल

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ । भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनाल आगामी साता उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जाने भएका छन्। नयाँ सरकार गठनपछि कूटनीतिक सक्रियता बढाइरहेका मन्त्री खनाल जुन १४ (जेठ ३१ गते) मा बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका अनुसार जुन १५ र १६ (असार १ र २ गते) मा चीनमा उच्चस्तरीय राजनीतिक भेटवार्ता तय गरिएको छ। भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। उक्त भेटमा नेपाल–चीन सम्बन्ध, सीमा व्यवस्थापन, आर्थिक सहकार्य तथा विगतका सम्झौताहरूको कार्यान्वयनबारे छलफल हुने बताइएको छ। यस्तै, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को विदेश विभागका प्रमुखसँग पनि उनको भेटवार्ता तय भएको छ। भ्रमणका क्रममा चीनमा रहेका नेपाली व्यवसायी, विद्यार्थी तथा नेपाली समु...
करिब दुई वर्षपछि नेपाल–भारत उच्चस्तरीय भ्रमणको शृङ्खला पुनः सुरु : मन्त्री खनाल

करिब दुई वर्षपछि नेपाल–भारत उच्चस्तरीय भ्रमणको शृङ्खला पुनः सुरु : मन्त्री खनाल

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
परराष्ट्रमन्त्री शिशिर खनालले करिब दुई वर्षदेखि रोकिएका नेपाल–भारतबीचका औपचारिक उच्चस्तरीय भ्रमणहरू पुनः सुरु भएको बताएका छन्। भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले आफ्नो भ्रमणले दुवै देशबीच उच्चस्तरीय कूटनीतिक भ्रमणको नयाँ चरणको सुरुआत गरेको बताए। उनले भने, “नेपाल र भारतबीच औपचारिक उच्चस्तरीय भ्रमण भएको करिब दुई वर्ष भइसकेको थियो। मेरो यो भ्रमणले उच्चस्तरीय सरकारी भ्रमणहरूको शृङ्खला पुनः प्रारम्भ गरेको छ। आगामी केही महिनाभित्र दुवै देशबाट उच्चस्तरीय भ्रमणहरू हुने अपेक्षा गरेका छौँ।” मन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन नियमित संवाद, कूटनीतिक सम्पर्क तथा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरे।...
इभी विस्तारका लागि देशभर १० हजार चार्जिङ स्टेसन आवश्यक : अध्ययन

इभी विस्तारका लागि देशभर १० हजार चार्जिङ स्टेसन आवश्यक : अध्ययन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोगलाई व्यापक बनाउने लक्ष्य हासिल गर्न देशभर कम्तीमा १० हजार चार्जिङ स्टेसन आवश्यक पर्ने निष्कर्ष सार्वजनिक भएको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा तयार गरिएको अध्ययन प्रतिवेदनले सन् २०३० सम्म पर्याप्त चार्जिङ पूर्वाधार निर्माण गर्न सके इभीको प्रयोग उल्लेखनीय रूपमा बढ्ने जनाएको हो। प्रतिवेदनअनुसार हाल नेपालभर करिब एक हजार चार्जिङ स्टेसन सञ्चालनमा रहेका छन्। तीमध्ये अधिकांश निजी क्षेत्र तथा आधिकारिक सवारी विक्रेताद्वारा सञ्चालित छन्। हाल चार्जिङ सेवा मुख्यतः काठमाडौँ, पोखरा र भरतपुरजस्ता शहरी क्षेत्रमा केन्द्रित रहेको अध्ययनले देखाएको छ। अध्ययनले इभीको दीर्घकालीन विकासका लागि चार्जिङ नेटवर्क विस्तारलाई अत्यन्त आवश्यक ठहर गरेको छ। विशेषगरी राजमार्ग, ग्रामीण क्षेत्र तथा दुर्गम बस्तीमा चार्जिङ पहुँच सीमित भएकाले लामो दूरीको यात्रा र सार्...
सातै प्रदेश सभामा संघ–प्रदेश समन्वय शाखा स्थापना गर्ने निर्णय

सातै प्रदेश सभामा संघ–प्रदेश समन्वय शाखा स्थापना गर्ने निर्णय

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं। संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सातै प्रदेश सभामा संघ–प्रदेश समन्वय शाखा स्थापना गर्ने निर्णय गरिएको छ। सुदूरपश्चिम प्रदेशको टीकापुरमा सम्पन्न अन्तर–व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलनले संघीय संसद् र प्रदेश सभाबीचको समन्वय तथा सहकार्यलाई सुदृढ बनाउन यस्तो व्यवस्था लागू गर्ने निर्णय गरेको हो। सम्मेलनपछि जारी सन्देशपत्रमा संघीय संसद्सँग नियमित समन्वयका लागि प्रत्येक प्रदेश सभामा संघ–प्रदेश समन्वय शाखा वा इकाइ स्थापना गरिने उल्लेख गरिएको छ। साथै, अन्तर–व्यवस्थापिका मञ्चको सचिवालय सञ्चालनको जिम्मेवारी संघीय संसद् सचिवालयअन्तर्गत रहेको प्रदेश सभा सम्पर्क तथा समन्वय शाखाले वहन गर्ने व्यवस्था पनि तय गरिएको छ। सम्मेलनले कानुन निर्माण तथा व्यवस्थापकीय कार्यलाई अनुसन्धान, विकास र नवप्रवर्तनसँग जोड्ने नीति अवलम्बन गर्ने निर्णय समेत गरेको छ। संघीय संसद्, प्रद...
सम्पत्ति छानबिनबारे सुधन गुरुङको प्रतिक्रिया: ‘सफाइ पाए पुनः गृहमन्त्री बनेर काममै केन्द्रित हुन्छु’

सम्पत्ति छानबिनबारे सुधन गुरुङको प्रतिक्रिया: ‘सफाइ पाए पुनः गृहमन्त्री बनेर काममै केन्द्रित हुन्छु’

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं। पूर्व गृहमन्त्री सुधन गुरुङले सम्पत्ति छानबिन समितिबाट आफूले न्यायपूर्ण रूपमा सफाइ पाउने विश्वास व्यक्त गरेका छन्। सार्वजनिक पदमा रहँदा उठेका सबै प्रश्नहरूको जवाफ दिन आफू तयार रहेको भन्दै उनले समितिसमक्ष स्पष्ट र तथ्यपरक बयान दिएको बताएका हुन्। आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै गुरुङले छानबिनका क्रममा सोधिएका जटिल प्रश्नहरूको समेत सहज रूपमा उत्तर दिएको दाबी गरे। उनले समितिले आफ्नो सम्पत्तिको स्रोतबारे चासो राखेको उल्लेख गर्दै आवश्यक सबै जानकारी उपलब्ध गराएको बताए। गुरुङले आफू निर्दोष रहेको दाबी गर्दै छानबिन प्रक्रियाले सत्य बाहिर ल्याउने विश्वास व्यक्त गरे। साथै, भविष्यमा पुनः गृहमन्त्री बन्ने अवसर पाए मन्त्रालयको कामलाई प्राथमिकतामा राखेर परिणाममुखी ढंगले अघि बढ्ने संकेत पनि दिए। “यदि छानबिनबाट सफाइ पाएर पुनः गृहमन्त्री बन्ने अवसर मिल्यो भने सुरुवाती केही समय बधाई, स...