प्रतिस्पर्धामार्फत राजदूत छनोट प्रक्रिया सुरु, परराष्ट्र मन्त्रालयद्वारा आवेदन आह्वान
काठमाडौं । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त रहेको नेपाली राजदूत पदमा आवेदन तथा सिफारिस आह्वान गरेको छ ।
मुलुकको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक क्षेत्रलाई प्रभावकारी रूपमा सञ्चालन र प्रवर्द्धन गर्ने उद्देश्यसहित मन्त्रालयले बिहीबार योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त तथा सिफारिस माग गरेको हो ।
मन्त्रालयद्वारा जारी सूचनाअनुसार इच्छुक र योग्य उम्मेदवारहरूले स्वयं पनि आवेदन दिन सक्नेछन् । साथै अन्य व्यक्ति वा संस्थाले समेत योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ ।
राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ अनुसार तयार गरिएको कार्यशर्त तथा योग्यता पूरा गरेका उम्मेदवारहरू आवेदन प्रक्रियामा सहभागी हुन सक्ने मन्त्रालयले जनाएको छ । आवेदन दिन इच्छुक व्यक्तिले मन्त्रालयको वेबसाइटमा उपलब्ध फाराममार्फत विस्तृत व्यक्तिगत विवरणसहित आवश...















