प्रधानमन्त्री शाह, सभापति लामिछाने र अर्थमन्त्री वाग्लेबीच सिंहदरबारमा ४ घण्टा बजेटबारे छलफल
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका प्राथमिकताबारे प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच सिंहदरबारमा विस्तृत छलफल भएको छ।
मंगलबार बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफल करिब चार घण्टाभन्दा बढी समय चलेको हो। छलफलमा आगामी बजेटका प्राथमिकता, नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा केन्द्रित रहेर गहन संवाद भएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री शाह दिनभर विभिन्न राजनीतिक तथा प्रशासनिक भेटघाटमा व्यस्त रहेपछि कार्यालय समयपछि अर्थमन्त्री र रास्वपा सभापतिसँग बजेट केन्द्रित छलफलमा सहभागी भएका हुन्।
बालेन नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट भएकाले उक्त भेटवार्तालाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।
अर्थमन्त्री वा...















