बजेटको ‘रातो किताब’मा योजना समावेश गर्न प्रधानमन्त्रीलाई हर्क साम्पाङको ३७ बुँदे माग
प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुनसरी क्षेत्र नं. १ का महत्वपूर्ण योजनाहरू समावेश गर्न प्रधानमन्त्रीलाई पत्रमार्फत आग्रह गरेका छन्।
उनले सुनसरी क्षेत्र नं. १ का जनताले लामो समयदेखि भोग्दै आएका आधारभूत समस्याहरू समाधान गर्न बजेटको ‘रातो किताब’मा विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै ३७ बुँदे मागपत्र पेश गरेका हुन्।
मागपत्रमा धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि सप्तकोशी–धरान खानेपानी आयोजनालाई मुख्य प्राथमिकतामा राख्न माग गरिएको छ। आगामी ३० वर्षसम्मको आवश्यकता ध्यानमा राख्दै धरानका विभिन्न वडामा पर्याप्त खानेपानी आपूर्ति सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।
यसैगरी, धरान–२० को स्वाराँ, बराहक्षेत्र र रामधुनी नगरपालिकामा भूमिगत पानी निकालेर व्यवस्थित ओभरहेड ट्याङ्क निर्माण गरी खा...















