नेपाली औषधि उद्योगः अर्थतन्त्रको महत्वपूर्ण आधार र भविष्यका सम्भावना
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार, स्वस्थ्य
काठमाडौँ । नेपालमा औषधि उद्योगको विकास करिब चार दशकअघि सुरु भएको हो। यो क्षेत्रमा हालसम्म उल्लेखनीय प्रगति हुँदै आएको छ र यसले देशको स्वास्थ्य सेवा प्रणालीसँगै अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान दिइरहेको छ।
हाल नेपाली औषधि उद्योगले प्रत्यक्ष रूपमा १५ हजारभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको छ। साथै, करिब ७० अर्ब रुपैयाँभन्दा बढी बैंकिङ ऋण परिचालन गरेर वित्तीय क्षेत्रलाई समेत सक्रिय बनाइरहेको छ।
नेपालको औषधि बजार वार्षिक १ खर्ब रुपैयाँभन्दा बढी रहेको अनुमान छ। भ्याक्सिन र सर्जिकल सामग्री बाहेकको बजारमा नेपाली उद्योगहरूले करिब ५० प्रतिशत हिस्सा ओगटिरहेका छन्। उद्योगीहरूका अनुसार उचित नीति र सहकार्य भए यो हिस्सा अझै विस्तार गर्न सकिने सम्भावना छ।
विशेषज्ञहरूका अनुसार ‘कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ’ प्रणाली लागू भएमा धेरै आयातित औषधि स्वदेशमै उत्पादन गर्न सकिनेछ। यसले प्रविधि हस्तान्...















