७५औँ प्रजातन्त्र दिवस आज, देशभर सार्वजनिक बिदा
आज ७५औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। विसं २००७ साल फागुन ७ गते महान् सहिदहरूको बलिदानीपूर्ण संघर्षका बलमा नेपालमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने परम्परा छ।
दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध हाँसी–हाँसी आफ्नो जीवन उत्सर्ग गरेका थिए। जनआन्दोलन र क्रान्तिको बलमा राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादुर्भाव भएको दिनका रूपमा २००७ फागुन ७ नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिन मानिन्छ।
प्रजातन्त्र दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। सरकारी तथा गैरसरकारी निकायहरूले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइरहेका छन्।
मूल समारोह समितिको आयोजनामा आज बिहान काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ, जहाँ रामचन्द्र प...















