अमेरिकाविरुद्ध नेपाल पहिला बलिङमा, ईशान पाण्डेको एकदिवसीय डेब्यु
Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिका बीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा जारी खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । यससँगै नेपालले पहिला बलिङ गर्ने भएको हो ।
आजको खेलमार्फत नेपालका युवा खेलाडी ईशान पाण्डे ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । घरेलु पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई राष्ट्रिय टोलीमा अवसर दिइएको हो । आजको खेलमा कुशल भुर्तेल र सोमपाल कामी पनि टोलीमा समावेश छन् ।
नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव तथा सोमपाल कामी रहेका छन् ।
नेपाल र अमेरिकाबीच हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ९ खेल भएका छन् । तीमध्ये नेपाल र अमेर...















