वुमेन्स च्यालेन्ज ट्रफी २०२६ : अमेरिकाविरुद्ध आज नेपाल महिला टोलीको ऐतिहासिक डेब्यु भिडन्त
काठमाडौं – ICC Women's Challenge Trophy 2026 अन्तर्गत नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो पहिलो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल Gahanga International Cricket Stadium मा साँझ ४:४५ बजे सुरु हुनेछ।
टी–२० अन्तर्राष्ट्रिय मान्यतासहित अमेरिकाविरुद्ध नेपालले पहिलो पटक खेल्न लागेको हो। यसअघि यी दुई टोलीबीच अभ्यास खेल भए पनि आधिकारिक टी–२०आई मान्यता प्राप्त थिएन। प्रतियोगितामा सहभागी अन्य टोलीहरूसँग पनि नेपालले पहिलो पटक टी–२०आई प्रतिस्पर्धा गर्दैछ।
अप्रिल १८ देखि मे १ सम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन्। डबल राउण्ड रोबिन आधारमा खेलिने प्रतियोगितामा प्रत्येक टोलीले एक–अर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन्। अन्त्यमा सर्वाधिक अंक बटुल्ने टोली च्याम्पियन बन्नेछ।
नेपाल महिला टोली पहिलो पटक रुवान्डामा अन्तर्राष्ट...















