Author: Xpress Tv News Nepal

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : चिनियाँ कम्पनीसँग २५ लाख धरौटी माग

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : चिनियाँ कम्पनीसँग २५ लाख धरौटी माग

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, गण्डकी, ताजा अपडेट, बागमती, समाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा China CAMC Engineering Co., Ltd.सँग विशेष अदालतले २५ लाख रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार न्यायाधीश नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उक्त आदेश दिएको हो। कम्पनीका प्रतिनिधि रविन रिजाल अदालतमा उपस्थित भई बयान दिएपछि थुनछेक आदेश जारी गरिएको थियो। यस मुद्दामा विशेष अदालतले अधिकांश अन्य प्रतिवादीलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ। पोखरा विमानस्थल निर्माणका क्रममा चिनियाँ कम्पनीसँगको मिलेमतोमा लागत अनुमान बढाएर भ्रष्टाचार गरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।...
चैत १० मा बालेन्द्र शाहको सपथग्रहण ‘शुभ साइत’, एकैपटक मन्त्रिपरिषद् गठनको तयारी

चैत १० मा बालेन्द्र शाहको सपथग्रहण ‘शुभ साइत’, एकैपटक मन्त्रिपरिषद् गठनको तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले आगामी चैत १० गते प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको सपथ लिने आन्तरिक तयारी गरिएको छ। उच्च स्रोतका अनुसार सोही दिनका लागि ‘शुभ साइत’ समेत तय गरिएको जनाइएको छ। शाहको सपथग्रहण लगत्तै मन्त्रिपरिषद्का सदस्यहरूको पनि एकैपटक सपथग्रहण गराउने तयारी रहेको बताइएको छ। विगतमा जस्तो चरणबद्ध रूपमा मन्त्रिपरिषद् विस्तार नगरी यसपटक पूर्ण मन्त्रिपरिषद् एकैपटक गठन गर्ने योजना रास्वपाले बनाएको स्रोतको दाबी छ। पार्टीले चैत ८ र ९ गतेभित्र मन्त्रिपरिषद् गठनसम्बन्धी सबै निर्णय टुंग्याउने र १० गते सपथग्रहण कार्यक्रम सम्पन्न गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद् चयनमा भौगोलिक सन्तुलन, जातीय तथा क्षेत्रीय प्रतिनिधित्व, चुनावी परिणाम, विज्ञता र लैङ्गिक समावेशितालाई प्राथमिकतामा राखिने जनाइएको छ। २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा र...
टोखा–११ को ल्याब पुनःसञ्चालन: स्थानीय बासिन्दामा खुसीको लहर 

टोखा–११ को ल्याब पुनःसञ्चालन: स्थानीय बासिन्दामा खुसीको लहर 

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, स्वस्थ्य
टोखा नगरपालिका वडा नं. ११ अन्तर्गत रहेको ल्याब प्रयोगशाला, हालै (Gen Z) आन्दोलनको क्रममा क्षतिग्रस्त भएपछि ठप्प परेको थियो। तर वडा अध्यक्ष घनश्याम खड्का ज्युको नेतृत्वमा गरिएको समीक्षा तथा जाँचपछि ल्याब पुनः सञ्चालनमा आएको छ। यस पुनः सञ्चालनले स्थानीय स्वास्थ्य सेवा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। पुनः सञ्चालन भएको ल्याब हरेक दिन बिहान १०:०० बजे देखि साँझ ४:०० बजे सम्म सेवा उपलब्ध गराउने छ। साथै, महिनामा दुई दिन विशेष रूपमा सुगर (मधुमेह) रोगीहरूको उपचारका लागि बिहान ८:०० बजे देखि विशेष सेवा प्रदान गरिने जानकारी प्राप्त भएको छ। टोखा–११ ले लामो समयदेखि विभिन्न रोगहरूको उपचार गर्दै आएको इतिहास छ। यस कार्यलाई निरन्तरता दिँदै ल्याबको पुनःसञ्चालनले स्थानीय बासिन्दामा खुसी र आशा जगाएको छ। स्वास्थ्य सेवा सुविधा पुनः खुलेको समाचार सुनेर टोखा बासिन्दाहरू उत्साहि...
बिहे भोजमा रसबरी घाँटीमा अड्किँदा युवकको मृत्यु

बिहे भोजमा रसबरी घाँटीमा अड्किँदा युवकको मृत्यु

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
भारतको झारखण्ड राज्यस्थित जमशेदपुर मा आयोजित एक वैवाहिक समारोह अचानक शोकमा परिणत भएको छ। बिहे भोजका क्रममा रसबरी खाने क्रममा एक युवकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। समाचारअनुसार शुक्रबार राति जमशेदपुरको मलियांता गाउँका ललित सिंह नामक युवकले बिहे भोजमा रसबरी खाइरहेका बेला मिठाई घाँटीमा अड्किएपछि अचानक सास फेर्न गाह्रो भएको थियो। त्यसपछि उपस्थित मानिसहरूले उनको घाँटीमा अड्किएको रसबरी निकाल्ने प्रयास गरेका थिए। तर प्रयास सफल नभएपछि उनलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले परीक्षण गर्दा उनलाई मृत घोषणा गरेको बताइएको छ। यस घटनाले खुशीको माहोलमा चलिरहेको बिहे समारोह एकाएक शोकमा परिणत भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।...
कोटेश्वरमा डेरावाल विद्यार्थीनीमाथि बलात्कार प्रयासको मुद्दा, घरबेटीको दाबी– “केटा नल्याउ भनेपछि झुटो आरोप लगाइन्”

कोटेश्वरमा डेरावाल विद्यार्थीनीमाथि बलात्कार प्रयासको मुद्दा, घरबेटीको दाबी– “केटा नल्याउ भनेपछि झुटो आरोप लगाइन्”

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौंको कोटेश्वरमा अध्ययनका लागि डेरामा बस्दै आएकी एक युवतीमाथि घरबेटीले जबरजस्ती करणीको प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकील कार्यालयले कोटेश्वर निवासी ६८ वर्षीय रघुनाथ खड्का विरुद्ध ‘जबरजस्ती करणीको उद्योग’ गरेको आरोपमा मुद्दा दायर गरेको हो। अदालतमा दायर अभियोगपत्रमा पीडित युवतीले आफूमाथि भएको दुर्व्यवहारको विस्तृत विवरण दिएकी छन्। तर, आरोपी घरबेटी खड्काले भने आफू निर्दोष रहेको दाबी गर्दै घटना भएको समयमा आफू त्यहाँ नभएको बयान दिएका छन्। कपडा सुकाउन जाँदा बाटो छेकेको आरोप पीडित युवती विगत करिब डेढ वर्षदेखि रघुनाथ खड्काको घरको दोस्रो तलामा भाडामा बस्दै आएकी थिइन्। अभियोगपत्रअनुसार घटना २०८२ साल फागुन १४ गते दिउँसो करिब ४ बजेतिर भएको हो। युवतीका अनुसार उनले कपडा धोएर कौशीमा सुकाएकी थिइन्। पानी पर्न थालेपछि कपडा लिन जाँदा घरबेटीले ...
रास्वपाः सरकार गठनमा अझै करिब १० दिन लाग्ने, मन्त्रीको नामबारे औपचारिक छलफल छैन

रास्वपाः सरकार गठनमा अझै करिब १० दिन लाग्ने, मन्त्रीको नामबारे औपचारिक छलफल छैन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी सरकारमा सहभागी हुने मन्त्रीहरूको नामबारे हालसम्म कुनै औपचारिक छलफल नभएको स्पष्ट पारेको छ। पार्टीका प्रवक्ता मनिष झाले सञ्चारमाध्यमसँग कुरा गर्दै अहिले विभिन्न माध्यममा सार्वजनिक भइरहेका सम्भावित मन्त्रीका नामहरूमा सत्यता नभएको बताएका हुन्। उनले पार्टीको सचिवालय बैठक सुरु हुनुअघि यस्तो प्रतिक्रिया दिएका थिए। उनका अनुसार समानुपातिकतर्फका सांसदहरूको टुंगो लागेर निर्वाचन आयोग बाट प्रमाणपत्र प्राप्त भएपछि मात्रै मन्त्री चयनबारे औपचारिक छलफल सुरु हुनेछ। झाले भने, “अनौपचारिक कुराकानीहरू हुन सक्छन्, तर पार्टीको तहमा भावी मन्त्रिपरिषद् गठनका विषयमा कुनै औपचारिक छलफल भएको छैन। सबै प्रक्रिया पूरा भएपछि नयाँ सरकार गठन गर्न अझै करिब १० दिनजति लाग्न सक्छ।” उनले आफू पुनः निर्वाचित सांसदमध्ये एक भएकाले स्वाभाविक रूपमा केही अपेक्षा भए पनि कुनै मन्त्...
शिव शक्ति बाबा ले पोखरा मा गरे चमत्कार, पानी छोपेकै भरमा बिरामी लाई पारे निको

शिव शक्ति बाबा ले पोखरा मा गरे चमत्कार, पानी छोपेकै भरमा बिरामी लाई पारे निको

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, समाचार, स्वस्थ्य
पोखरामा आयोजित आध्यात्मिक शिविरमा परमपुज्य जगत गुरु शिव शक्ति बाबा ले भक्तजनलाई सेवा दिइरहेका छन्। करिब तीन दिनअघि बेगनास ताल, पोखरा मा पुगेका बाबाले शिविर सञ्चालन गर्दै हजारौँ भक्तजनलाई आशीर्वाद तथा आध्यात्मिक उपचार प्रदान गरेको छ। शिविरमा सहभागी भक्तजनका अनुसार बाबाले पानी छर्केर तथा आशीर्वाद दिएपछि विभिन्न समस्याबाट पीडित बिरामी ठाउँ को ठाउँ ठिक भएको जानकारी प्राप्त भएको छ। कतिपयले आँखा नदेख्नेले देख्न थालेको, कान नसुन्नेले सुन्न थालेको, बोली नफुटेकाको बोली खुलेको तथा हिँड्न नसक्ने व्यक्तिहरू हिँड्न सक्ने भएको छन्। विभिन्न रोगबाट पीडित भएर शिविरमा पुगेका बिरामीहरूलाई पनि बाबाको आशीर्वादपछि स्वास्थ्यमा सुधार आएको भन्दै धेरै भक्तजनले खुशी व्यक्त गरेका छन्। उनीहरूले शिव शक्ति बाबालाई आफ्नो जीवनमा आशा र विश्वास दिने व्यक्तित्वका रूपमा सम्मान गर्दै ‘हाम्रा लागि भगवानजस्तै’ भनेर प्रतिक...
इनिशा विकको न्यायको माग गर्दै सर्लाहीमा प्रदर्शन

इनिशा विकको न्यायको माग गर्दै सर्लाहीमा प्रदर्शन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम
Sarlahi District मा १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरिएको छ। शनिबार दिउँसो Nawalpur क्षेत्रमा दलित अधिकारकर्मी तथा स्थानीय बासिन्दाले र्याली निकाल्दै घटनाका दोषीलाई तुरुन्त कानुनी कारबाही गर्न माग गरेका हुन्। प्रदर्शनकारीहरूले पीडितलाई न्याय दिलाउन, बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या रोक्न प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गर्दै प्लेकार्डसहित नाराबाजी गरेका थिए। उनीहरूले “इनिशालाई न्याय देऊ” तथा “बालिकामाथि हुने हिंसा बन्द गर” लगायतका नारा लगाएका थिए।...
टोखा–८ मा करिडोर विस्तार तीव्र, ९५ प्रतिशत काम सम्पन्न : नगर प्रमुख प्रकाश अधिकारीद्वारा स्थलगत अनुगमन

टोखा–८ मा करिडोर विस्तार तीव्र, ९५ प्रतिशत काम सम्पन्न : नगर प्रमुख प्रकाश अधिकारीद्वारा स्थलगत अनुगमन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
  आज २०८२ साल फागुन ३० गते टोखा नगरपालिका को नगर प्रमुख प्रकाश अधिकारी ज्यु ले बिहान देखि स्थलगत अनुगमन गर्दै करिडोर विस्तारको प्रगति निरीक्षण गरेका छन्। अनुगमन टोलीले बानियाँटार पुल देखि रमणबस्ती हुँदै शान्तिबस्ती सम्म करिडोरको अवस्था, सडक विस्तार, स्थानीयको समस्या तथा सुझावबारे जानकारी लिइएको थियो। अनुगमनका क्रममा नगर प्रमुख प्रकाश अधिकारीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै करिडोर विस्तारले दैनिक आवागमन, सडक व्यवस्थापन तथा शहरी विकासमा सकारात्मक प्रभाव पार्ने बताए। उनले विकास निर्माणका कामहरूलाई तीव्र र व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीयवासीको सहकार्य र सुझावलाई नगरपालिकाले उच्च प्राथमिकता दिने उल्लेख गरे।     कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष रमेश खत्री, वडा सदस्य अनुप राई, वडा नम्बर ११ का सदस्य महेश थपलिया लगायत जनप्रतिन...
समानुपातिक सांसद चयन र नयाँ सरकार गठनबारे रवि लामिछाने र बालेन शाहबीच छलफल

समानुपातिक सांसद चयन र नयाँ सरकार गठनबारे रवि लामिछाने र बालेन शाहबीच छलफल

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बीच समानुपातिक सांसद चयन तथा नयाँ सरकार गठनको विषयमा छलफल भएको छ। शुक्रबार हात्तीगौंडास्थित लामिछानेको निवासमा भएको उक्त भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको रास्वपा नेताहरूले बताएका छन्। लामिछाने अस्वस्थ रहेकाले उनी घरमै बसेर शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्। उनका स्वकीय सचिव अविनाश आचार्यका अनुसार उच्च ज्वरोका कारण लामिछाने घरमै आराम गरिरहेका छन्। गत साता सम्पन्न निर्वाचनमा रास्वपाले प्रतिनिधिसभाका २७५ मध्ये १८२ सिट जितेको छ। निर्वाचन आयोगले आगामी साता अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। आयोगले बिहीबार तीन दिनभित्र समानुपातिक सांसदहरूको सूची बुझाउन दलहरूलाई पत्राचार गरिसकेको छ। रास्वपाले समानुपातिकतर्फ ११० मध्ये ५७ सिट प्राप्त गरेको छ। क्लस्टरअनुसार दल...