Author: Xpress Tv News Nepal

तीनकुने घटनाबारे पहिलो पटक मुख खोले पूर्वराजा शाहले

तीनकुने घटनाबारे पहिलो पटक मुख खोले पूर्वराजा शाहले

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं। गत चैत १५ गते दुईजनाको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनबारे पूर्वराजा ज्ञानेन्द्र शाहल पहिलो पटक मुख खोलेका छन् । नयाँ वर्ष २०८२ को शुभकामना दिने क्रममा उनले चैत १५ को घटनाबारे मुख खोलेका हुन् । चैत १५ गते उनैलाई भेटेका दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहले प्रदर्शन गर्दा भएको हिंसात्मक झडपमा २ जनाको ज्यान जाँदा २० जनालाई गोली लागेको थियो । त्यसक्रमा करिब ४६ करोडको क्षति हुने गरी तोडफोड र लुटपाट भएको थियो ।‘समाजका सदस्य, राजनीतिक दल र समुदयाले आफ्ना धारणा राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो’, उनले भनेका छन्, ‘तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा संयम अपनाउनुपर्छ ।’ उनले चैत १५ को राजावदीहरूको हिंसात्मक प्रदर्शनलाई जनप्रदर्शनको संज्ञा दिएका छन् । ‘चैत १५ गते भएको जनप्रदर्शनमा जुन प्रकारको हिंसा आगजनी र तोडफोड भय...
ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

Breaking News 2, ताजा अपडेट, मधेस प्रदेश, समाचार
भोजपुर।  भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको  प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्युहुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।...
डोमिनिकन रिपब्लिकमा नाइटक्लबकोे छत खस्दा ७९ जनाको मृत्यु

डोमिनिकन रिपब्लिकमा नाइटक्लबकोे छत खस्दा ७९ जनाको मृत्यु

Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । डोमिनिकन रिपब्लिकको एक नाइटक्लबमा भवनको छत खस्दा ७९ जनाको मृत्यु भएको छ । सांगीतिक कार्यक्रम भइरहेको समयमा भवनको छत खस्दा ७९ जनाको मृत्यु भएको हो । १५५ जना घाइते भएका छन् । डोमिनिकन रिपब्लिकको राजधानी सान्तो दोमिंगोमा रहेको जेटसेट नाइटक्लबको छत झरेपछि भएको घटनाको भग्नवशेषमा अहिले पनि खोजी र उद्धार अभियान चलिरहेको डोमिनिकन रिपब्लिकको प्रहरीले जनाएको एबीसी न्युजले बताएको छ । प्रहरीका अनुसार घटना मंगलबार बिहान १२ः३४ बजे डोमिनिकन मेरेन्गे गायक रबी पेरेजको कार्यक्रमको बेला भएको हो । कार्यक्रम सुरु भएको केही सेकेन्डमै उक्त भवनको छत झरेको प्रहरीले बताएको छ । डोमिनिकन रिपब्लिकका गृह मन्त्रीले पूर्वमेजर लिग बेसबल खेलाडी ओक्टाभियो डोटेलको पनि घटनामा मृत्यु भएको छ ।...
कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ

कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर। कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।भीमदत्त नगरपालिका–६ बनगाऊ भगवती टोलबाट सोही ठाउँ बस्ने ३० वर्षीय दिपेश बोगटीलाई शुन्य दशमलव ९४ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो। यसैगरी भीमदत्त नगरपालिका–६ बनगाऊ कालिका आधारभुत विद्यालय नजिकबाट सोही ठाउँ बस्ने ३१ वर्षीय किशोर भट्ट १ दशमलव ६२ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। यी दुबै जनालाई शुक्रवार नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।...
कैलालीबाट लागुुऔषधसहित २ जना पक्राउ

कैलालीबाट लागुुऔषधसहित २ जना पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीबाट लागुऔैषधसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–११ बेलाबाट ९० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २५ वर्षीय मुन्ना भन्ने आशाराम चौधरीलाई बिहिवार साँझ प्रहरीले पक्राउ गरेको छ। उनलाइ अस्थायी प्रहरी पोस्ट अम्बिकाटोलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस्तै, धनगढी उपमहानगरपालिका–३ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित गोदावरी नगरपालिका–८ बस्ने २३ वर्षीय महेन्द्र शाहीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।...
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
बैङ्कक : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन्। उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ। आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिनेछन्। तत्पश्चात् बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुबाट सम्बोधन हुनेछ। सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्नुहुने कार्यक्रम छ। सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र ...
विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएपछि…

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएपछि…

Breaking News 2
चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको एक वाक्य डिस्प्ले भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएकै दिन प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको हो । यस विषयमा अनुसन्धान गरिरहेको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए । उनले अनलाइनखबरसँग भने, ‘यस्तो कसरी भयो भनेर सूचना प्रविधि विज्ञहरुसँग समेत सम्पर्क गरेर हामी अनुसन्धान गरिरहेका छौं ।’ स्रोतका अनुसार डिजिटल बोर्डमा के राख्ने/नराख्ने भन्ने पहुँच कार्यालय प्रमुखसँग हुन्छ । भरतपुर वितरण केन्द्रका प्रमुख श्रेष्ठले भने आफ्नो कार्यालयमा आफू र अर्का एक जना इन्जिनियर कर्मचारीसँग यसको पहुँच भएको बताए । तर प्रधानमन्त्रीविरुद्धको नारा कसले राख्यो भन्ने पत्ता नलागेको उनले बताए...
चलचित्र हेर्न जानुअघि यस्तो सर्त राख्छन् बालेन

चलचित्र हेर्न जानुअघि यस्तो सर्त राख्छन् बालेन

Breaking News 1
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलाबेला चलचित्र हेर्न जान्छन् । बाक्लै संख्यामा चलचित्र हेर्न जाँदैनन् । तर, उनी चलचित्र हेर्न गएपछि समाचारको विषय बन्छ । तर, चलचित्र हेरेपछि उनको प्रतिक्रिया आउँदैन । सामान्यतः नेताहरू चलचित्र हेर्न गएपछि उनीहरू उक्त सिनेमाबारे प्रतिक्रिया दिन्छन्, जुन युट्युब तथा सञ्चारमाध्यममा आउँछ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीलगायत नेता चलचित्र हेर्न गइरहन्छन् । उनीहरूको प्रतिक्रिया पनि सञ्चारमाध्यममा आउँछ । युट्युब र अनलाइन तथा छापामा चलचित्रबारे उनीहरूले बोलेको प्रतिक्रिया बाक्लै देखिन्छ । मेयर बालेन चलचित्र हेर्न गएको समाचार र तस्बिरमात्रै आउँछ । तर, प्रतिक्रिया आउँदैन । उनलाई चलचित्र राम्रो वा नराम्रो कस्तो लाग्यो कतै पन...
निर्माण सम्पन्न हुने बेलामा भत्काइयो ग्वार्कोको ‘फ्लाइओभर’ (तस्बिरहरु)

निर्माण सम्पन्न हुने बेलामा भत्काइयो ग्वार्कोको ‘फ्लाइओभर’ (तस्बिरहरु)

Breaking News 2, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ । ललितपुरको ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो ‘फ्लाइओभर’ निर्माण सम्पन्न हुने बेला भत्काइएको छ । करिब ८२ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा गुणस्तरहीन निर्माण गरिएको भेटिएपछि ‘प्रिकाष्ट प्यानल’ भत्काइएको हो । सिमेन्टको पर्खाल लगाएर माटो भर्ने क्रममा पर्खाल आफैँ चर्किन थालेपछि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भत्काउन लगाएर पुनः निर्माण गर्न निर्देशन दिएको छ ।...
जुवातास मुद्दामा फरार रहेका बैतडीका एक जना कैलालीबाट पक्राउ

जुवातास मुद्दामा फरार रहेका बैतडीका एक जना कैलालीबाट पक्राउ

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। जुवातास मुद्दामा फरार रहेका बैतडीका एक जना कैलालीबाट पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले जुवातास मुद्दामा ३ महिना कैद सजाय र २५ हजार जरिवानामा तोकिएपछि फरार रहेका बैतडीको पुर्चौडी नगरपालिका–८ बस्ने ५५ वर्षीय कालु सिंह धामी पक्राउ परेका छन्। धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट पक्राउ गरेको छ।...