Author: Xpress Tv News Nepal

धनगढीमा सगोल नेथ जापानिज ल्याङ्गुइज एकेडेमीको नयाँ शाखा सञ्चालनमा, मन्त्री खड्काद्वारा उद्घाटन

धनगढीमा सगोल नेथ जापानिज ल्याङ्गुइज एकेडेमीको नयाँ शाखा सञ्चालनमा, मन्त्री खड्काद्वारा उद्घाटन

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
धनगढी । जापानी भाषा शिक्षामा क्रियाशील सगोल नेथ जापानिज ल्याङ्गुइज एकेडेमीले सुदूरपश्चिमको केन्द्रविन्दु धनगढीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। एकेडेमीका सञ्चालक महेश रावलको अगुवाइमा धनगढी ४ उत्तरबेहडी चोकमा स्थापना गरिएको यो शाखाको आज सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले औपचारिक उद्घाटन गरेकी हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री खड्काले सुदूरपश्चिमका युवाहरूले जापानी भाषा सिक्न अब काठमाडौं जानुपर्ने बाध्यता हटेको बताइन्। “विदेश जानु भन्दा पहिला, आफ्नो ठाउँमै भाषा सिक्ने व्यवस्था हुनु अत्यन्तै सराहनीय छ,“ मन्त्री खड्काले भनिन्, “भाषा जुनसुकै देशको होस्, सिक्ने चाहना सकारात्मक हो, तर त्यसका लागि विदेशीने सोचमा मात्रै केन्द्रित हुनु जरुरी नहुने उनको भनाई छ । उनले प्रदेश सरकार अब नयाँ नीति निर्माणको चरणमा रहेको उल्लेख गर्दै अबदेखि निजी इन्स्टिच्युट खोल्नको लागि...
पौडी खेल्दा डुबेर कपिलवस्तुमा दुई बालकको मृत्यु

पौडी खेल्दा डुबेर कपिलवस्तुमा दुई बालकको मृत्यु

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
रूपन्देही । कपिलवस्तुमा डुबेर दुई बालकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका १० पिपरास्थित पिपरा र नगवाबीच बग्ने घोलामा पौडी खेल्ने क्रममा बिहीबार साँझ पानीमा डुबेर वाणगंगा नगरपालिका ५ कोपवा बस्ने दिपक चौधरीका ११ वर्षे छोरा वापस चौधरी र स्थानीय प्रेम थारुका १० वर्षे छोरा निशान थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अस्थायी प्रहरी पोष्ट जहदीबाट खटिएको प्रहरी सहायक निरीक्षक किशोर सारुको कमाण्डमा गएको टोलीले दुवै जनाको शव निकालेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । गर्मीको समयमा तराईमा घरछेउका पोखरी र घोला खोलामा बालबालिकाको डुबेर मृत्यु हुने गरेको छ ।...
राप्ती नदीमा १३३ गोही छाडियो

राप्ती नदीमा १३३ गोही छाडियो

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका १३३ गोहीलाई राप्ती नदीमा छाडेको छ । ती मध्ये दुईवटा भाले र अन्य पोथी छन् । गत अर्थिक वर्षमा विभिन्न समयमा ती गोही राप्ती नदीमा छाडीएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्ष छाडिएका गोही सहित २०९० गोही प्रजनन् केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडीएको छ । त्यसमध्ये सबैभन्दा बढी राप्तीमा १३३५ छाडिएको उनले जानकारी दिए। नारायणीमा ४१९ सप्तकोशीमा ११५, बबहीमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० वटा गोही छाडिएको हो । अघिल्लो आर्थिक वर्ष १०५ वटा गाही छाडिएको थियो । त्यस वर्ष शुक्लाफाँटामा २५ र बाँकेको राप्तीमा १० वटा गोही पठाइएको थियो । बाँकी यहँको राप्तीमा छाडिएको हो । गत वर्ष छाडिएका गोही सन् २०२०का बच्चा हुन् । हरेक वर्ष वर्ष गोही छाड्ने गरेको भएप...
सगोल नेथ जापनिज ल्यांगुज एकेडेमीको शाखा धनगढीमा विस्तार हुँदै

सगोल नेथ जापनिज ल्यांगुज एकेडेमीको शाखा धनगढीमा विस्तार हुँदै

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । जापानिज भाषा अध्ययन को लागि उपयुक्त शैक्षिक गन्तव्य सगोल जापानिज ल्यांगवेईज ईन्सिच्युटले धनगढीमा शाखा विस्तार गर्न लागेको छ । काठमाडौंका सोह्रखुट्टे र पुतलीसडकमा रहेको सगोल नेथ जापनिज ल्यांगुज एकेडेमीको शाखा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा विस्तार हुन लागेको हो । शुक्रबार एक भव्य समारोहकाबिच सामाजिक विकास राज्यमन्त्री सरस्वति खडकले सो शाखाको समुदघाटन गर्ने तय भएको एकेडेमीले जानकारी दिएको हो । एकेडेमीले साउन २३ गतेसम्म भर्ना हुन आउने बिद्यार्थीहरूलाई सेवामा ३० प्रतिशत छुट सहित १२ को परिक्षा दिएर बसेकालाई बिशेष जनवरीदेखि अक्टोबर २०२६ भर्ना आवेदन खुल्ला गरेको छ । एकेडेमीले प्लस टु, ब्याचलर, मास्टरले आवेदन गर्न सक्ने जनाएको छ । एकेडेमीमा अनलाइन र भौतिक कक्षाहरु दुबै उपलब्ध रहेको छ भने कक्षाको समय छलफल योग्य राखेको छ । सो एकेडेमीमा न्यूनतम योग्यता १०+२ पास व...
आकाश ताक्दै किसानः महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ

आकाश ताक्दै किसानः महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महोत्तरी । आज साउन दोस्रो साता लागिसकेको छ । लामो खडेरीले आतिएका यहाँका किसानले अझै आकाश ताक्न छाडेका छैनन् । आकासे पानीको भरमा रहेका किसान साउन दोस्रोसम्म वर्षा भएर रोपाइँ गर्न पाइन्छ कि भन्ने आशामा आकाश ताक्दै बसेका छन् । रोपाइँको समय घर्कंदै जाँदा पनि यहाँका किसान वर्षा भइहाले अलिअलि भए पनि रोपाइँ गर्न पाइन्थ्यो भन्ने आशमा बसेका हुन् । “मध्य साउनमा धानको रोपो लहलहाउनुपर्ने हो, हामी अझै पानी परे रोप्न पाइन्थ्यो कि भन्ने आशमा छौँ”, भङ्गाहा–१ का किसान रामकिसन मण्डलले भने । यसपालि धानको बीउ राख्ने, बीउ रोप गर्ने र खरुअन ९कलम, पहिलो रोपो गाँजिएपछि उखेलेर रोप्ने० रोपका परम्परागत तालिका पानी नपरेर त्यसै बितेका उनको भनाइ छ । मधेससहित महोत्तरीमा गत जेठ २२ भित्र बीउ राख्ने, असार २२ भित्र बीउ रोप सक्ने र साउन २२ गतेभित्र खरुअन रोपीसक्ने तालिका मानिन्छ । खरुअन बीउ अपूग हुँदा र बर्खे धान तथा अ...
प्रधानमन्त्रीको स्वागतमा हिँडेका दुई प्रदेश मन्त्रीको गाडी आपसमा ठोक्किएर कच्याककुचुक

प्रधानमन्त्रीको स्वागतमा हिँडेका दुई प्रदेश मन्त्रीको गाडी आपसमा ठोक्किएर कच्याककुचुक

Breaking News 1, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कैलाली । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी लम्कीमा एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा दुई मन्त्रीको गाडी ठोकिएको प्रहरीले जनाएको छ । भौतिकमन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई कानूनमन्त्री ही सार्की चढेको गाडीले लम्कीमा ठक्कर दिएको प्रहरी स्रोतले जनाएको छ । सार्की चढेको से. १ झ ३३० र पाल चढेको बा.२ झ १४१९ नम्बरको गाडी ठोक्किएको हो । दुईवटै गाडीमा सवार सबैको अवस्था सामान्य छ । कैलाली जानकी गाउँपालिका-९ मा निर्मित कटासे हाइड्रोपावरको उद्घाटन गर्न प्रधानमन्त्री आउँदैछन् ।...
लैंगिक समानताका लागि पुरुष सहभागिता विषयक ५ दिने प्रशिक्षण सुरू

लैंगिक समानताका लागि पुरुष सहभागिता विषयक ५ दिने प्रशिक्षण सुरू

Breaking News 1, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीको धनगढीमा आइतबार देखि लैंगिक समानताका लागि पुरुष सहभागिता विषयक ५ दिने प्रशिक्षक÷पशिक्षण तालिम सञ्चालन भएको छ । लैंगिक हिंसा न्यूनीकरण गर्न पुरुषको मानसिक सोच परिवर्तन गर्न आवश्यक देखिएकाले तालिम आयोजा गरिएको दलित महिला अधिकार मञ्च नेपालकी अध्यक्ष सावित्रा घिमिरेले बताइन् । तालिममा सहभागि पुरुषलाई सिकेको कुरा समुदायमा लागु गर्न घिमिरेले आग्रह गरेकिछन् । लैंगिक हिंसा न्यूनीकरणका लागि महिला मात्रै जागरुक भएर नपुग्ने बताउँदै उनले पुरुष पनि सो अभियानमा संगै हुनुपर्ने बताइन् । हिंसा न्यूनीकणका लागि पुरुषका भूमीका पनि अपरिहार्य हुने अध्यक्ष घिमिरेको भनाई छ । ‘हिंसामा महिला संगै पुरुष पनि परेका हुन्छन्’ अध्यक्ष घिमिरेले भनिन्, ‘तर समाजमा सधै महिला माथीमात्रै हिंसा हुन्छ भन्ने सोच रहदै आएको छ, हिंसा अन्त्यका लागि पुरुषको सहभागिता र सोच परिवर्तन हुनुपनि जरुरी छ ।’ तालिम उद्घाटन ग...
कञ्चनपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

कञ्चनपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर  कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। १५ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई १३ प्रकारका खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खडकाले बिहिवार कञ्चनपुर जिल्ला पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेका छन्। खोप अभियानलाई पूर्णता दिइनुपर्ने र खोपबाट कोही पनि वञ्चित हुन नपर्ने मन्त्री खड्काले बताए। जिल्लामा २ सय २९ जना नियमित खोप लगाउन छुटेकालाई पनि खोप लगाएर जिल्लामा २३ हजार ९३ जना बालबालिकाले पूर्ण खोप पाएका छन्। राष्ट्रिय खोप तालिकाअनुसार १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका ...
इन्टर्नसिपका लागि रेडिकल एकेडेमीका ३५ विद्यार्थी भारत प्रस्थान

इन्टर्नसिपका लागि रेडिकल एकेडेमीका ३५ विद्यार्थी भारत प्रस्थान

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी  । धनगढीस्थित रेडिकल एकेडेमीले Hotel Management अध्ययनरत ३५ जना विद्यार्थीहरूलाई ६ महिनाको अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि भारतको राजस्थान पठाएको छ। विद्यार्थीहरूले भारतका प्रतिष्ठित होटल तथा आतिथ्य व्यवस्थापन संस्थानहरूमा प्रत्यक्ष रुपमा व्यावसायिक तालिम लिनेछन्। विदेशी Exposure र व्यवहारिक दक्षताको उद्देश्यसहित विद्यार्थीहरूको विदाइका लागि विशेष कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा रेडिकल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश छेडालले विद्यार्थीहरूलाई शुभकामना दिँदै इन्टर्नसिप यात्राको औपचारिक शुभारम्भ गरे। सो अवसरमा विद्यार्थी, अभिभावक, सञ्चारकर्मी तथा शिक्षक-शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। इन्टर्नसिपमार्फत व्यवहारिक शिक्षाको बलियो आधार छ महिनासम्म भारतमा रहने विद्यार्थीहरूले फ्रन्ट अफिस व्यवस्थापन, हाउसकिपिङ, फूड एन्ड बेभरिज, किचन म्यानेजमेन्ट, ग्राहक से...
नेपालमा भित्रियो कोरोना भाइरस,७ जनामा संक्रमण

नेपालमा भित्रियो कोरोना भाइरस,७ जनामा संक्रमण

Breaking News 1
काठमाडौं । पछिल्लो समय भारत र चीन लगायत एसियाली मुलुकमा देखिन थालेको कोरोनाको नयाँ लहर नेपालमा पनि भेटिएको छ । भारतमा पछिल्लो समय समुदायस्तरमा फैलिएको कोरोना भाइरसबाट नेपालमा पनि सातजना संक्रमित भएका छन् । तत्कालको परीक्षण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट एकजना र धुलिखेल अस्पतालमा ६ जनासहित ७ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक चन्द्रबल झाका अनुसार कोरोना संक्रमण देखिएका सबैको विदेश भ्रमणको हिस्ट्री छैन । उनका अनुसार सबै संक्रमित डिस्चार्ज भएर घर गइसकेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विभिन्न विज्ञहरूसँग छलफल गर्दा पहिलेको जस्तो डराउनुपर्ने स्थिति नरहेको उनले बताए । तर थोरै मात्रामा पनि बढ्ने अवस्थाको ख्याल गर्दै नियन्त्रणका लागि आवश्यक तयारी थालिएको उनले बताए । सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई त...