दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने
Breaking News 1, Breaking News 2, English, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, ताजा अपडेट, बागमती, सुदूरपश्चिम
दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने
काठमाडौं । यस वर्षको दशैं–तिहारलाई लक्षित गर्दै सर्वसाधारणका लागि नयाँ नोट सटहीको व्यवस्था थप सहज बनाइने भएको छ। विगतका वर्षहरूमा जस्तो नयाँ नोट साट्नका लागि निश्चित मिति र विशेष काउन्टर खुल्ने समय कुर्नुपर्ने अवस्था नरहने भएको हो।
नेपाल राष्ट्र बैंकसँगै बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको आवश्यकता र मागअनुसार नयाँ नोट सटहीको सुविधा निरन्तर उपलब्ध गराउने व्यवस्था गर्ने भएका छन्। यस व्यवस्थासँगै चाडपर्वका लागि नयाँ नोट आवश्यक पर्ने नागरिकले आफ्नो सुविधाअनुसार बैंक तथा वित्तीय संस्थामा पुगेर नोट साट्न सक्नेछन्।
दशैं–तिहारमा दक्षिणा, पूजा तथा पारिवारिक भेटघाटका क्रममा नयाँ नोटको प्रयोग गर्ने चलन रहेकाले हरेक वर्ष नयाँ नोटको माग बढ्ने गरेको छ। नयाँ व्यवस्थाले सर्वसाधारणलाई लामो लाइन बस्नुपर्ने तथा तोकिएको दिन मात्र बैंक पुग्...















