मनोहरामा डोजरसहित प्रहरी परिचालन, आजै संरचना हटाइने तयारी
Breaking News 1, Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं — कागेश्वरी मनोहरा क्षेत्रमा अवस्थित सुकुम्बासी बस्ती हटाउने अभियान पुनः तीव्र पारिएको छ। आइतबार बिहान ९ बजेदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने डोजरहरू समेत तयारी अवस्थामा राखिएका छन्।
यसअघि संरचना भत्काउन पुगेको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेपछि रात परेकाले फर्किएको थियो। तर आज बिहानैदेखि पुनः सुरक्षाकर्मी र उपकरणसहित टोली त्यहाँ पुगेको हो।
बिहानैदेखि बस्तीका बासिन्दाले घर–टहराबाट सामान निकाल्न थालेका छन्। महानगर प्रहरी बलका इन्स्पेक्टर ईश्वर वाग्लेले आज जुनसुकै अवस्थामा पनि संरचना हटाइने स्पष्ट पारे।
उनका अनुसार करिब १० वटासम्म डोजर परिचालन गर्ने तयारी गरिएको छ। “मनोहरामा बिहान ९ बजेदेखि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ, विभिन्न स्थानबाट डोजर ल्याइँदैछ,” उनले बताए।...















