वैशाखमा कालिका भगवती मन्दिरको आम्दानी ६१ लाखभन्दा बढी
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, प्रदेश समाचार, बागमती, विचार, समाचार
बागलुङ । बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरले वैशाख महिनामा ६१ लाख ७८ हजार २१० रुपैयाँ आम्दानी गरेको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले आय–व्यय विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
समितिका अनुसार वैशाख महिनामा मन्दिर सञ्चालन तथा व्यवस्थापनमा ११ लाख ५८ हजार ५४० रुपैयाँ खर्च भएको छ । खर्च कटाएर मन्दिरले ५० लाख १९ हजार ६७० रुपैयाँ बचत गर्न सफल भएको जनाएको छ ।
सार्वजनिक विवरणअनुसार भेटीबाट मात्रै ३६ लाख ८७ हजार ५४५ रुपैयाँ संकलन भएको छ । त्यसैगरी परेवाबाट १० लाख २९ हजार ५००, भाडाबाट ९ लाख ७१ हजार १४०, आर्थिक सहयोगबाट २ लाख ४ हजार २२० तथा बोकाबाट १ लाख ३६ हजार ३५५ रुपैयाँ आम्दानी भएको उल्लेख गरिएको छ ।
यस्तै, चामलबाट ९३ हजार, पण्डित सेवाबाट २५ हजार ५००, कुखुराबाट ७ हजार ८ सय, विवाहबाट १४ हजार, व्रतबन्धबाट ३ हजार तथा राँगाबाट २ हजार ८ सय रुपैयाँ आम्दानी भएक...















