Author: Xpress Tv News Nepal

सनकट्टी घाट पुल निर्माण अन्तिम चरणमा, कैलाली–बर्दिया आवतजावत सहज हुँदै

सनकट्टी घाट पुल निर्माण अन्तिम चरणमा, कैलाली–बर्दिया आवतजावत सहज हुँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ। पुल निर्माण सम्पन्न भएसँगै कैलाली–बर्दिया आवतजावत सहज हुने अपेक्षा गरिएको छ। निर्माण कम्पनीका इञ्जिनियर धिरेन्द्र सहनीका अनुसार विक्रम संवत् २०८३ असोज १७ गतेसम्म सम्पन्न गर्ने सम्झौता भए पनि निर्धारित समयअगावै काम सक्ने लक्ष्यसहित निर्माण भइरहेको छ। “२०७९ पुसमा सम्झौता भई २०८० मा निर्माण सुरु गरिएको हो,” उनले भने, “असोजसम्मको म्याद भए पनि असारभित्रै काम सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी छ।” चौध वटा पिलर रहेको पुलका सबै पिलर निर्माण भइसकेका छन् भने हाल १२औँ स्पानको काम भइरहेको छ। आगामी १५ दिनभित्र उक्त काम सकी १३औँ स्पानको काम सुरु गर्ने तयारी छ। कैलालीतर्फ तटबन्ध निर्माण पनि सँगसँगै भइरहेको छ। पुल निर्माण अन्तिम चरणमा पुगेसँगै स्थानीयवासीले आंशिक रूपमा पुल र आंशिक रूपमा न...
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक: कसको कति सम्पत्ति

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक: कसको कति सम्पत्ति

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत प्रधानमन्त्री बालेन शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणले मन्त्रीहरूको चल–अचल सम्पत्ति, बैंक मौज्दात, सेयर, ऋण तथा आयस्रोतबारे विस्तृत जानकारी दिएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह काठमाडौं–९ मा आमाको नाममा ५ आना र धनुषामा १.२ विघा जमिन रहेको उल्लेख छ। बुवाको नाममा महोत्तरीमा ९ विघा जग्गा छ। श्रीमतीसँग संयुक्त रूपमा १९० तोला सुन रहेको जनाइएको छ। बैंक खातामा १ करोड ४६ लाख मौज्दात रहेको र आयस्रोत फेसबुक, युट्युब र स्पोटिफाइ रहेको उल्लेख गरिएको छ। सामाजिक सञ्जालका फलोअर्स संख्या पनि विवरणमा समावेश गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले ललितपुर, काभ्रे, तनहुँलगायत जिल्लामा घर तथा अपार्टमेन्ट छन्। विभिन्न बैंकमा करिब १ करोड ९० लाख मौज्दात रहेको छ। ४५ तोला सुन तथ...
सबै अस्पतालमा डिजिटल रिपोर्ट प्रणाली लागू गरिने : स्वास्थ्यमन्त्री मेहता

सबै अस्पतालमा डिजिटल रिपोर्ट प्रणाली लागू गरिने : स्वास्थ्यमन्त्री मेहता

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार, स्वस्थ्य
काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालमा छिट्टै डिजिटल रूपमा रिपोर्ट निकाल्ने व्यवस्था लागू गरिने बताएकी छन्। आइतबार काठमाडौंको वीर अस्पतालको अनुगमनका क्रममा बिरामी तथा आफन्तहरूको गुनासो सुन्दै उनले उपचारका लागि आउने सेवाग्राहीले अब डिजिटल रूपमा नै रिपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था गर्न लागिएको बताइन्। अस्पतालमा परीक्षण रिपोर्ट आउन ढिलाइ हुँदा समस्या हुने गरेको गुनासो बिरामीहरूले गरेका थिए। अस्पताल प्रशासनले भने दैनिक करिब ५ हजार बिरामीले बहिरंग सेवा लिने भएकाले रिपोर्ट वितरणमा ढिलाइ भएको जनाएको छ। मन्त्री मेहताले स्वास्थ्य परीक्षणको रिपोर्ट लिन अब अस्पताल धाउन नपर्ने गरी छिट्टै डिजिटल प्रणाली लागू गरिने उल्लेख गरिन्। साथै उनले अस्पतालमा उपचारका क्रममा बिरामीलाई बाहिरबाट औषधि किन्नुपर्ने अवस्था अन्त्य गर्न पनि अस्पताल प्रशासनको ध्यानाकर्षण गराइन्। अनुगमनप...
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
गृहमन्त्री सुदन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरिश्वर लामिछानेसहितको टोलीले नवलपुरमा स्वागत गरेको छ। भेटका क्रममा स्थानीय टोलीले नवलपुर क्षेत्रमा दूषित पानीका कारण गैँडालगायत वन्यजन्तुहरू धमाधम मृत अवस्थामा भेटिएको विषयमा गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन्। नवलपुरका सांसद राजन गौतमसहितको टोलीले यस सम्बन्धमा गृहमन्त्रीसमक्ष ज्ञापनपत्र समेत बुझाएको छ। स्थानीयका अनुसार विभिन्न उद्योगबाट निस्किएको दूषित फोहोर पानी खोलामा मिसिँदा वन्यजन्तुहरू प्रभावित भएका छन् र सोही पानी सेवनका कारण कैयौँ जनावरहरू मृत भेटिएका छन्। दूषित पानीको समस्याबारे जानकारी लिएपछि गृहमन्त्री गुरुङले प्रभावित औद्योगिक क्षेत्रको अवलोकन समेत गरेका छन्।...
गृहमन्त्रीले पिर्के सलामी नलिने निर्णय

गृहमन्त्रीले पिर्के सलामी नलिने निर्णय

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
२९ चैत, काठमाडौं । गृहमन्त्री सुदन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुगेका उनले आफूले पिर्के सलामी नलिने निर्णय गरेको जानकारी गराएका हुन्। नवलपुरस्थित सशस्त्र प्रहरी कार्यालयमा उनलाई डीएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए। त्यसपछि उनले जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी राना, एसपी युवराज खड्का तथा राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंहलगायतसँग जिल्लाको शान्ति सुरक्षा र सुरक्षा जोखिमका विषयमा छलफल गरेका थिए। यसअघि शनिबार उनले पृथ्वीराजमार्गको सडक निरीक्षण गर्दै चितवन पुगेका थिए। आइतबार बिहान चितवनका गृहप्रशासनका कर्मचारीहरूसँग छलफलपछि उनी नवलपुर पुगेका हुन्।...
मानव गतिविधि र जलवायु परिवर्तनले वनस्पति क्षेत्र संकटमा : वनमन्त्री चौधरी

मानव गतिविधि र जलवायु परिवर्तनले वनस्पति क्षेत्र संकटमा : वनमन्त्री चौधरी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास र रोजगारी सिर्जनाका लागि गर्नुपर्ने बताएकी छन्। उनले जैविक विविधता र वनस्पति संरक्षण अपरिहार्य रहेको उल्लेख गरिन्। वनस्पति दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले जैविक विविधता र वनस्पति संरक्षणमार्फत खाद्य सुरक्षा, रोजगारी र आर्थिक विकास सम्भव रहेको बताइन्। उनले मानव गतिविधि, जलवायु परिवर्तन तथा असन्तुलित उपभोगका कारण वनस्पति क्षेत्र संकटमा परेको उल्लेख गर्दै समयमै संरक्षण र व्यवस्थापन नगरे भविष्य नै जोखिममा पर्न सक्ने चेतावनी दिइन्। ‘नेपाल जैविक विविधतामा धनी देश हो। विशेषगरी जडीबुटी तथा गैरकाष्ठ वन पैदावारका दृष्टिले महत्वपूर्ण स्थानमा रहे पनि अझै कच्चापदार्थकै रूपमा निर्यात गर्ने परम्परा तोड्न सकेका छैनौँ,’ मन्त्री चौधरीले भनिन्। उनले जडीबुटीको वैज्ञानिक खेती, प्रशोधन, ब्रान्डिङ तथा अन्तर्राष्ट्रिय ...
परराष्ट्रमन्त्री खनालद्वारा मरिसस र सिङ्गापुरका मन्त्रीहरूसँग भेटवार्ता, क्षेत्रीय सहकार्यबारे छलफल

परराष्ट्रमन्त्री खनालद्वारा मरिसस र सिङ्गापुरका मन्त्रीहरूसँग भेटवार्ता, क्षेत्रीय सहकार्यबारे छलफल

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले मरिसस र सिङ्गापुरका मन्त्रीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले मरिससका विदेश, क्षेत्रीय एकीकरण तथा अन्तर्राष्ट्रिय व्यापारमन्त्री एच.इ. धनञ्जय रामफल र सिङ्गापुरका विदेश तथा सामाजिक एवं पारिवारिक विकास राज्यमन्त्री एच.इ. जुल्कर्नाइन अब्दुल रहीमसँग शनिबार भेटवार्ता गरेका हुन्। भेटवार्तामा परराष्ट्रमन्त्री खनालले दुवै देशका मन्त्रीसँग आपसी सम्बन्ध सुदृढीकरण, क्षेत्रीय सहकार्य तथा द्विपक्षीय हित र साझा चासोका विविध विषयमा छलफल गरेका थिए।...
आगामी आर्थिक वर्षदेखि नयाँ कर्मचारीलाई पेन्सन नहुने, योगदानमा आधारित प्रणाली अनिवार्य

आगामी आर्थिक वर्षदेखि नयाँ कर्मचारीलाई पेन्सन नहुने, योगदानमा आधारित प्रणाली अनिवार्य

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि सार्वजनिक संस्थान, बोर्ड, समिति र नियामक निकायहरूमा नियुक्त हुने नयाँ कर्मचारीका लागि पेन्सन (निवृत्तभरण) र उपदान व्यवस्था खारेज गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयले परिपत्र जारी गर्दै अबदेखि सबै सार्वजनिक निकायमा ‘योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली’ अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ। मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण, धितोपत्र बोर्डसहित ४५ वटा सार्वजनिक संस्थान तथा सबै मन्त्रालयलाई पत्राचार गर्दै नयाँ व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो। सरकारले २०७५ सालदेखि नै सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तभरण प्रणाली लागू गरिसकेको भए पनि केही निकायमा अझै पुरानो पेन्सन र उपदान प्रणाली कायम रहेको पाइएको छ। घाटामा रहेका तथा सरकारी अनुदानमा...
एक हप्ताभित्रै संगठनात्मक एकीकरण टुंग्याउने तयारी : माधव नेपाल

एक हप्ताभित्रै संगठनात्मक एकीकरण टुंग्याउने तयारी : माधव नेपाल

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्ने तयारी भइरहेको बताएका छन्। अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको अवसरमा आयोजित क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नेता नेपालले निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको स्वीकार गर्दै त्यसको गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए। उनले कार्यकर्ताको सक्रियता र इमान्दारितामाथि प्रश्न उठाउँदै आत्ममन्थन आवश्यक रहेको बताए। पार्टीभित्र हाल ४५ सदस्यीय केन्द्रीय समन्वय समितिको बैठक सात दिनदेखि जारी रहेको जानकारी दिँदै उनले राष्ट्रिय समस्या, राजनीतिक सङ्कट र कम्युनिस्ट आन्दोलनका चुनौतीबारे छलफल भइरहेको बताए। नेपालको राजनीतिमा कम्युनिस्टहरूले २००७ सालदेखि महत्वपूर्ण भू...
सुदूरपश्चिमको विकासबारे सेमिनार आयोजना गर्ने सरोकार मञ्चको निर्णय

सुदूरपश्चिमको विकासबारे सेमिनार आयोजना गर्ने सरोकार मञ्चको निर्णय

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौँ – सुदूरपश्चिमको विकासका प्रमुख चुनौती र सम्भावनाबारे छलफल गर्न सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले सेमिनार आयोजना गर्ने भएको छ। मञ्चको शनिबार काठमाडौंमा सम्पन्न कार्यसमिति बैठकले यससम्बन्धी निर्णय गरेको हो। हालै सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै प्रदेशको विकासका चुनौतीबारे बुँदागत रूपमा प्रस्तुति गर्न सेमिनार आयोजना गर्ने निर्णय गरिएको मञ्चका कार्यसमिति सदस्य रवि धामीले जानकारी दिए। प्रदेशका सबै सांसदलाई सहभागी गराएर कार्यक्रम गरिनेछ। अध्यक्ष दीर्घसिंह बमको अध्यक्षतामा बसेको बैठकले सुदूरपश्चिमसँग सम्बन्धित काठमाडौंमा रहेका संघ–संस्थाहरूसँग सहकार्य र समन्वय गर्ने पनि निर्णय गरेको छ। बैठकले मञ्चका सदस्य डा. गुणाकर भट्ट राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सुदूरपश्चिमको विकासमा उन...