पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु
काठमाडौँ, माघ २० । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशभर आंशिक बदली रहँदा तराईका केही स्थानमा हुस्सु लागेको छ।
महाशाखाका अनुसार मङ्गलबार दिउँसो देशका हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति पनि हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली र तराईका अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात र वर्षा हुन सक्ने सम्भा...















