महाशिवरात्रिको पावन अवसरमा सवा लाख बत्ती प्रज्वलन सम्पन्न 🌺
महाशिवरात्रिको पावन अवसरमा विश्व शान्ति, मानव कल्याण र धार्मिक सद्भावको कामना गर्दै दुर्गे काली माताद्वारा सवा लाख बत्ती प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । १०८ मन्दिरमा सवा लाख बत्ती बाल्ने धार्मिक अभियानअन्तर्गत नवौं चरणको कार्यक्रम गोदावरी नगरपालिका–१३ मा अवस्थित सन्तानेश्वर महादेव मन्दिर परिसरमा विधिवत् रूपमा सम्पन्न भएको हो ।
महाशिवरात्रि हिन्दु धर्मावलम्बीहरूको महान् पर्वका रूपमा मनाइने गरिन्छ । यस विशेष दिन भगवान शिवको आराधना, उपवास, रात्रि जागरण तथा दीप प्रज्वलन गरी श्रद्धाभक्तिपूर्वक पूजा गर्ने परम्परा छ । सोही अवसर पारेर आयोजित सवा लाख बत्ती प्रज्वलन कार्यक्रमले धार्मिक वातावरणलाई अझ भव्य र आध्यात्मिक बनाएको थियो ।
कार्यक्रममा वैदिक मन्त्रोच्चारण, शिव आरती, भजन–कीर्तन तथा विशेष पूजा अर्चना गरिएको थियो । स्थानीय भक्तजन, धर्मप्रेमी तथा विभिन्न स्थानबाट आएका श्रद्धालुहरूको उ...















