एक्सप्रेस टिभी न्युज नेपालको पहिलो वार्षिकोत्सव भव्य र गरिमामय रूपमा सम्पन्न
एक्सप्रेस टिभी न्युज नेपालको प्रथम वार्षिकोत्सव कार्यक्रम अत्यन्तै भव्य, सभ्य र गरिमामय वातावरणबीच सफलतापूर्वक सम्पन्न भएको छ । छोटो समयमै सञ्चार क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल एक्सप्रेस टिभी न्युज नेपालको यो ऐतिहासिक अवसर उत्साह, सम्मान र आत्मीयताले भरिएको रह्यो ।
कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीज्यू प्रमुख अतिथिका रूपमा सहभागी भई कार्यक्रमको गरिमा बढाउनुभयो । त्यसैगरी जय दुर्गे काली सेवा केन्द्रकी अध्यक्ष सपना खड्गी ‘दुर्गे काली माता’, उपाध्यक्ष प्रविन घर्ति मगर गुरुज्यू, श्री मोहनीका महाराजा विनोद कार्की ज्यु, गोविन्द ढुंगाना खत्री ज्यु, सिमान्त केसी गुरु ज्यु, सरू माताज्यू, पूजा माताज्यू, टोखा नगरपालिका–११ का वडा अध्यक्ष घनश्याम खड्गी ज्यु, वडा नम्बर–८ का वडा अध्यक्ष रमेश खत्री ज्यु, वडा सदस्य अनुप राई ज्यु, मिठु नेपाली लगायत विशिष्ट व्यक्तित्वहर...















