रौतहटको गौरमा दुई घण्टाका लागि कर्फ्यूमा आंशिक सहुलियत
गौर — रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच उत्पन्न विवादपछि लगाइएको कर्फ्यू आदेश आइतबार बिहान दुई घण्टाका लागि खुकुलो पारिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तु खरिद तथा अत्यावश्यक कार्य सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले कर्फ्यूमा अस्थायी सहुलियत दिइएको हो।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनाअनुसार आइतबार बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म कर्फ्यू खुकुलो पारिएको थियो। तर बिहान ८ः३० बजेपछि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू पुनः यथावत् रहने प्रशासनले स्पष्ट पारेको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(९क) बमोजिम जारी आदेशको उल्लङ्घन गरेमा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ। बिहान ८ः३० बजेपछि घरबाहिर निस्कन, हिँडडुल गर्न तथा सवारी साधन सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। कर्फ्यू प्रभावित क्षेत्रमा सभा, जुलुस, घेराउ ...















