समाचार

निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा

निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
निर्वाचनमा मतदाताको अधिकतम सहभागिता सुनिश्चित गर्न सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस स्वीकृत गर्दै उक्त निर्णय गरेको हो। आयोगले मतदानस्थल टाढा रहेका मतदातालाई आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले बिदा दिन आग्रह गरेको थियो। बैठकले राजनीतिक दल, उम्मेदवार र समर्थकलाई शान्तिपूर्ण प्रचार–प्रसार गर्न, आचारसंहिता कडाइका साथ पालना गर्न तथा मतदाताको स्वतन्त्र निर्णयको सम्मान गर्न आह्वान गरेको छ। निर्वाचन अवधिभर सुरक्षा निगरानी, गस्ती र सूचना संकलनलाई तीव्र पारिने जनाउँदै आवश्यक परे आकस्मिक सुरक्षा बैठक बस्ने सहमति समेत भएको छ।...
गुल्मी जिल्लामा चार लाख ९९ हजार मतपत्र आइपुगे

गुल्मी जिल्लामा चार लाख ९९ हजार मतपत्र आइपुगे

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, राजनीति, समाचार
गुल्मी जिल्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार लाख ९९ हजार मतपत्र प्राप्त भएको छ। दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्यक्षतर्फ दुई लाख ४६ हजार र समानुपातिकतर्फ दुई लाख ५३ हजार मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सूचना अधिकारी हर्क श्रीसका अनुसार मतपत्र नेपाली सेना र सशस्त्र प्रहरी बलको सुरक्षामा ल्याई मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा क्षेत्र नम्बर–२ को निर्वाचन अधिकृत कार्यालयमा सुरक्षित रूपमा राखिएको छ। निर्वाचन क्षेत्र नम्बर–१ मा दुई लाख ६९ हजार (प्रत्यक्ष १ लाख ३१ हजार, समानुपातिक १ लाख ३८ हजार) र क्षेत्र नम्बर–२ मा दुई लाख ३० हजार (प्रत्यक्ष १ लाख १५ हजार, समानुपातिक १ लाख १५ हजार) मतपत्र प्राप्त भएका छन्। जिल्लामा दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन्, जसमा महिला १ लाख १५ हजार २१०, पुरुष १ लाख १४ हजार ३३७ र अन्य दुई जना छन्। ...
फागुन २१ निर्वाचन: मतपत्र भोलिसम्म सबै जिल्लामा पुग्ने

फागुन २१ निर्वाचन: मतपत्र भोलिसम्म सबै जिल्लामा पुग्ने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र नेपाली सेनाको स्कर्टिङमा जिल्लाहरूमा पठाउने कार्य तीव्र पारिएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार रातिसम्म ७० जिल्लामा मतपत्र पुगिसकेको छ भने बाँकी जिल्लामा पनि भोलि साँझसम्म पुर्‍याइनेछ। भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा छपाइ भएका मतपत्रको सुरक्षा नेपाली सेनाले गरिरहेको छ। ढुवानीका क्रममा पनि सेनाले नै स्कर्टिङ गर्दै आएको छ। उपत्यकानजिकका केही जिल्ला र तराईका तीन जिल्लामा मतपत्र पुग्न बाँकी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। मतपत्रबाहेक अन्य निर्वाचन सामग्री भने अधिकांश जिल्लामा पठाइसकिएको छ। ती सामग्रीको ढुवानीमा सशस्त्र प्रहरी बल नेपालले स्कर्टिङ गरिरहेको छ। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टका अनुसार ७७ वटै जिल्लामा सामग्री पुग्ने क्रममा छ। उच्च हिम...
जंगली बँदेल ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा, धपाउन वा मार्न पाइने

जंगली बँदेल ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा, धपाउन वा मार्न पाइने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले किसानको बालीनालीमा क्षति पुर्‍याउँदै आएको जंगली बँदेललाई एक वर्षका लागि ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेको छ। Ministry of Forests and Environmentले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६ बमोजिम उक्त निर्णय गरेको हो। राजपत्रमा प्रकाशित सूचनाअनुसार अब किसानले आफ्नो निजी खेत, खला वा बारीमा पसेर क्षति पुर्‍याउने (सानो जातको बँदेल बाहेक) जंगली बँदेललाई बिना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्नेछन्। तर यो व्यवस्था निश्चित सर्तसहित लागू गरिएको छ। बँदेलले वास्तविक रूपमा बालीनाली वा धनजनमा क्षति पुर्‍याएको अवस्थामा मात्र किसानले व्यक्तिगत वा सामूहिक रूपमा नियन्त्रण गर्न पाउनेछन्। यदि बँदेल जिउँदै समातिएमा नजिकको राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा डिभिजन वन कार्यालयमा बुझाउनुपर्नेछ। साथै, घटनाबारे सम्बन्धित...
झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना, सातै जनाको मृत्यु

झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना, सातै जनाको मृत्यु

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, पर्यटन, समाचार
भारतको झारखण्ड राज्यको चतरा जिल्लामा एयर एम्बुलेन्स दुर्घटना हुँदा विमानमा सवार सबै सात जनाको मृत्यु भएको छ। राँचीस्थित Birsa Munda Airportबाट दिल्लीका लागि उडेको Redbird Airwaysको ‘बीचक्राफ्ट सी–९०’ विमान जङ्गल क्षेत्रमा खसेको हो। दुर्घटनामा एक बिरामी, दुई क्याप्टेन, एक चिकित्सक, एक प्यारामेडिक र दुई सहयोगीसहित सात जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। Directorate General of Civil Aviation (DGCA) का अनुसार उडानपछि खराब मौसमका कारण मार्ग परिवर्तनको अनुरोध गरिएको थियो। केही समयमै रडार सम्पर्क विच्छेद भएको बताइएको छ। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन Aircraft Accident Investigation Bureau (AAIB) ले अनुसन्धान सुरु गरेको छ।...
सरकारले घरजग्गा कारोबारमा इजाजतपत्र प्रणाली कडाइ गर्दै

सरकारले घरजग्गा कारोबारमा इजाजतपत्र प्रणाली कडाइ गर्दै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, विचार, समाचार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन इजाजतपत्र प्रणालीलाई कडाइ गरेको छ। सार्वजनिक सूचनामा अबदेखि वैध अनुमतिपत्र प्राप्त व्यक्ति वा कम्पनीले मात्रै घरजग्गा किनबेच, दलाली तथा मध्यस्थता गर्न पाउने स्पष्ट गरिएको छ। इजाजतपत्र नलिई कारोबार सञ्चालन, विज्ञापन वा सेवाग्राहीसँग आर्थिक लेनदेन गर्ने काम गैरकानुनी हुने र त्यस्ता व्यक्तिहरू वा संस्थामाथि कानुन अनुसार जरिवाना, दण्ड तथा अन्य कारबाही गरिने चेतावनी दिइएको छ। विभागका अनुसार पछिल्लो समय घरजग्गा कारोबारको नाममा ठगी, दोहोरो बिक्री, अवैध अग्रिम असुली र कागजात दुरुपयोगजस्ता घटनाहरू बढेका छन्। यसलाई नियन्त्रण गर्न तथा सेवाग्राहीको हित संरक्षण गर्न इजाजतपत्र प्रणाली प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको हो। सूचनामा सेवाग्राहीला...
धादिङ बस दुर्घटना : गृह मन्त्रालयमा बैठक, छानबिन समिति गठन

धादिङ बस दुर्घटना : गृह मन्त्रालयमा बैठक, छानबिन समिति गठन

Breaking News 1, Breaking News 2, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, बागमती, समाचार
धादिङमा भएको भीषण बस दुर्घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने निर्णय गरेको छ। ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटनाको विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्। बैठकमा गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघका प्रतिनिधि तथा तीनवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए। छलफलपछि दुर्घटनाको कारण, जिम्मेवारी र आगामी सुरक्षा उपायबारे अध्ययन गर्न छानबिन समिति गठन गर्ने निर्णय गरिएको हो। पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, भैंसेगौडाबाट त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। तीमध्ये १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ट्रमा सेन्टरम...
तारकेश्वर नगरपालिका–१०, मनमैजुमा चितुवा आतंक, तीन घाइते

तारकेश्वर नगरपालिका–१०, मनमैजुमा चितुवा आतंक, तीन घाइते

Breaking News 1, Breaking News 2, बागमती, समाचार
काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजुस्थित नसाल चोक नजिक आज दिउँसो चितुवा देखिएपछि स्थानीयवासी त्रसित बनेका छन्। चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्। घाइतेहरूको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ। घटनापछि वडा नं. १० का जनप्रतिनिधि विक्रम महर्जन, हातिसार वन डिभिजन कार्यालयबाट खटिएको प्राविधिक टोली, नेपाल प्रहरी तथा स्थानीयवासीको समन्वयमा चितुवालाई साँझ करिब ५:२० बजे नियन्त्रणमा लिई उद्धार गरिएको हो। उद्धार गरिएको चितुवालाई आवश्यक प्रक्रिया पूरा गरी हातिसार वन डिभिजन कार्यालय लगिएको जानकारी दिइएको छ। घटनापछि क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।...
राष्ट्रिय लिग फुटबल आजदेखि पुनः सुरु

राष्ट्रिय लिग फुटबल आजदेखि पुनः सुरु

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
१० फागुन, काठमाडौं — मोफसलका प्रतियोगिताका कारण स्थगित गरिएको राष्ट्रिय लिग फुटबल आजदेखि पुनः सञ्चालनमा आउँदैछ। आजको पहिलो खेलमा एपीएफ एफसी र नव जनजागृति क्लब आमनेसामने हुनेछन्। खेल दिउँसो १२ः१५ बजे अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानमा सुरु हुनेछ। त्यसैगरी, अपराह्न ४ बजे न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लब बीच प्रतिस्पर्धा हुनेछ। यो खेल पनि एन्फा कम्प्लेक्समै आयोजना गरिँदैछ। आजको खेल जित्न सके एपीएफ र एनआरटीले शीर्ष स्थानमा रहेको मछिन्द्र एफसी सँग अंक बराबरी गर्ने अवसर पाउनेछन्। एपीएफ पाँच खेलबाट १३ अंकसहित तेस्रो स्थानमा छ भने समान अंक भए पनि गोलअन्तरका आधारमा एनआरटी चौथो स्थानमा रहेको छ। हाल मछिन्द्रले ६ खेलबाट १६ अंक जोड्दै शीर्ष स्थान कायम राखेको छ। लिगमा मछिन्द्रसँगै लालिगुराँस एसोसिएसन, एपीएफ र त्रिभुवन आर्मी एफसी अपराजित टोलीका रूपमा रहेका छन्। एन्...
रौतहटको गौरमा दुई घण्टाका लागि कर्फ्यूमा आंशिक सहुलियत

रौतहटको गौरमा दुई घण्टाका लागि कर्फ्यूमा आंशिक सहुलियत

Breaking News 1, Breaking News 2, ताजा अपडेट, मधेस प्रदेश, समाचार
गौर — रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच उत्पन्न विवादपछि लगाइएको कर्फ्यू आदेश आइतबार बिहान दुई घण्टाका लागि खुकुलो पारिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तु खरिद तथा अत्यावश्यक कार्य सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले कर्फ्यूमा अस्थायी सहुलियत दिइएको हो। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनाअनुसार आइतबार बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म कर्फ्यू खुकुलो पारिएको थियो। तर बिहान ८ः३० बजेपछि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू पुनः यथावत् रहने प्रशासनले स्पष्ट पारेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(९क) बमोजिम जारी आदेशको उल्लङ्घन गरेमा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ। बिहान ८ः३० बजेपछि घरबाहिर निस्कन, हिँडडुल गर्न तथा सवारी साधन सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। कर्फ्यू प्रभावित क्षेत्रमा सभा, जुलुस, घेराउ ...