बस दुर्घटनामा ज्यान गुमाएका दीपेश बस्नेत बसका धनी र रास्वपाका संगठन प्रमुख
रामेछापको तामाकोसी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउने १२ जनामध्ये दीपेश बस्नेत पनि रहेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछाप अन्तर्गत लिखु तामाकोसी गाउँपालिकाका संगठन विभाग प्रमुख थिए।
वैदेशिक रोजगारीका लागि कतार गएर करिब एक वर्षअघि मात्रै स्वदेश फर्किएका दीपेशले ६ महिनाअघि उक्त बस खरिद गरेका थिए। दुर्घटनामा परेको बसका धनी समेत रहेका उनी कहिलेकाहीँ आफैं पनि सोही बसमा यात्रा गर्ने गर्थे।
आज पनि यात्रु लिएर ओखलढुंगातर्फ जाँदै गरेका बेला रामेछाप बजार पार गरेलगत्तै बस तामाकोसीमा खस्दा उनको दुःखद निधन भएको हो।...















