दुई सय पचास घडियाल गोही नदीमा छाडियो
चितवन राष्ट्रिय निकुञ्ज मा हुर्काइएका घडियाल गोहीमध्ये २५० वटा गोहीलाई राप्ती नदी मा छाडिएको छ। चालु आर्थिक वर्षमा राप्ती नदीका विभिन्न स्थानमा ती गोहीहरू छाडिएका हुन्।
गत आर्थिक वर्षमा प्रजनन केन्द्रमा हुर्काइएका १३३ वटा गोही नदीमा छाडिएका थिए। केन्द्र स्थापना भएयता हालसम्म दुई हजार २८० वटा गोही विभिन्न नदीहरूमा छाडिएका छन्। कार्यालयका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार नारायणी नदी मा ४१९, राप्ती नदीमा १,५२५, कालीगण्डकी नदी मा ३५, सप्तकोसी नदी मा १०५ र कर्णाली नदी मा ४१ वटा गोही छाडिएका छन्।
त्यसैगरी बबई नदी मा ११०, चौधर नदीमा २५ र बाँकेको पश्चिम राप्ती नदीमा १० वटा गोही छाडिएको जानकारी दिइएको छ। हाल निकुञ्जको प्रजनन केन्द्रमा ५९८ वटा गोही रहेका छन्। करिब पाँच वर्ष उमेर पुगेपछि गोहीलाई नदीमा छाड्ने गरिन्छ।
सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि सन् १९८१ देखि गोहीका बच्चा नद...















