ACC Women’s Asia Cup Rising Stars अन्तर्गत पाकिस्तान ‘ए’ ले नेपाललाई १३८ रनको लक्ष्य दिएको छ।
थाइल्याण्डस्थित टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रन बनाएको हो।
पाकिस्तानका लागि कप्तान हफ्सा खालिदले अविजित ४० रन बनाइन्। त्यस्तै, वाहिदा अख्तरालले २३ रन, हुरैना सज्जादले १७ रन र शावल जुल्फिकारले १० रनको योगदान दिइन्।
नेपालका तर्फबाट कविता कुँवरले २ विकेट लिइन् भने रिया शर्मा, मनीषा उपाध्याय, रुबिना क्षेत्री र सीता राना मगरले समान १–१ विकेट हात पारे।...















