एसियन गेम्स छनोटको फाइनलमा नेपाल र हङकङ भिड्दै, टस जितेर नेपालले गर्यो फिल्डिङ
Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । पुरुष एसियन गेम्स छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
सिंगापुरस्थित नेशन क्रिकेट मैदानमा भइरहेको उपाधि भिडन्तमा नेपालका कप्तानले टस जित्दै हङकङलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
दुवै टोली प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्। उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका नेपाल र हङकङबीचको प्रतिस्पर्धालाई निकै महत्वपूर्ण मानिएको छ।
नेपाल यसअघि नै फाइनलमा स्थान सुरक्षित गर्दै आगामी एसियन गेम्सका लागि छनोट भइसकेको छ। त्यसैले अब नेपाली टोलीको लक्ष्य उपाधि जितेर प्रतियोगिताको सुखद अन्त्य गर्ने रहेको छ।
प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३...















