समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा धादिङ क्षेत्र नम्बर–२ मा प्रत्यक्ष उम्मेदवार परिचय कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा धादिङ क्षेत्र नम्बर–२ मा प्रत्यक्ष उम्मेदवार परिचय कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, अन्तर्वार्ता, आजको विशेष, ताजा अपडेट, फोटो फिचर, बागमती, राजनीति, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा धादिङ क्षेत्र नम्बर–२ मा प्रत्यक्ष उम्मेदवार परिचय कार्यक्रम सम्पन्न धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङ क्षेत्र नम्बर–२ द्वारा प्रत्यक्षतर्फका उम्मेदवार परिचय कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। पार्टीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका शीर्ष नेता, उम्मेदवार तथा सयौँ कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा राप्रपाका नेता बुद्धमान तामाङ,  धादिङ क्षेत्र नम्बर २ (ख)प्रदेश सांसद डम्बर तामाङ      पूर्व सांसद बिना लामा, खेलकुद विभाग प्रमुख धुर्वविक्रम मल्ल, धादिङ क्षेत्र नम्बर–२ का प्रत्यक्ष उम्मेदवार सुरेश रिजाल, समानुपातिक उम्मेदवार सरस्वती लामा ह्योल्मो लगायतका नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो। उपस्थित नेताहरूले पार्टीको विचार, सिद्धान्त र आगामी निर्वाचनका लक्ष्यबारे स्पष्ट धा...
पोखरिया बजारमा जनमत पार्टीको क्षेत्रीय जनसम्पर्क कार्यालय उद्घाटन

पोखरिया बजारमा जनमत पार्टीको क्षेत्रीय जनसम्पर्क कार्यालय उद्घाटन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, मधेस प्रदेश, समाचार
पोखरिया बजारमा जनमत पार्टीको क्षेत्रीय जनसम्पर्क कार्यालय उद्घाटन पर्सा, २१ माघ । जनमत पार्टी पर्सा क्षेत्र नम्बर–३ को क्षेत्रीय जनसम्पर्क कार्यालय पोखरिया बजारमा उद्घाटन गरिएको छ। जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन आज आयोजित कार्यक्रममा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टी पर्साका जिल्ला इन्चार्ज माधव सिंह तथा विशिष्ट अतिथि ओमप्रकाश श्राफले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गरेका थिए। सो अवसरमा जनमत पार्टीकी केन्द्रीय सदस्य तथा पर्सा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदकी प्रत्याशी मालती कुशवाहाले जनताको समस्या, भावना र आवश्यकतालाई नजिकबाट बुझ्न तथा सहज रूपमा सम्पर्क कायम गर्न कार्यालय स्थापना गरिएको बताइन्। उनले जनताको सेवामा समर्पित हुँदै क्षेत्रका विकास र समृद्धिका लागि पार्टी प्रतिबद्ध रहेको...
आजदेखि चारवटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालन

आजदेखि चारवटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालन

Breaking News 1, Breaking News 2, अन्तर्वार्ता, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुरक्षा
      प्रतिनिधिसभा निर्वाचन नजिकिँदै: आजदेखि चारवटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालन काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अब २९ दिन मात्र बाँकी रहँदा देशभर चुनावी सरगर्मी बढ्दै गएको छ। राजनीतिक दलहरूले मतदाता केन्द्रित कार्यक्रम र प्रचार–प्रसारलाई तीव्र बनाइरहेका छन्। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना २०८२ अनुसार आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालनमा आएका छन्। सुरक्षा योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबीच समन्वय गर्दै संवेदनशील क्षेत्र पहिचान, सुरक्षा घेरा मजबुत बनाउने तथा सम्भावित जोखिम न्यूनीकरणमा विशेष ध्यान दिइने जनाइएको छ। निर्वाचन आयोगसँगको सहकार्यमा मतदान केन्द्र, उम्मेदवार, चुनावी कार्यक्रम तथा...
कोहलपुरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन

कोहलपुरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
कोहलपुरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन कोहलपुर ।युनाइटेड किङडमको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (UK FCDO) को सहयोगमा ईलाका प्रहरी कार्यालय, कोहलपुर परिसरमा नव–निर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ। संयुक्त राष्ट्र परियोजना सेवा कार्यालय (UNOPS) मार्फत योजना कार्यान्वयन भई निर्माण सम्पन्न उक्त भवनको उद्घाटन प्रहरी महानिरीक्षक (प्र.म.नि.) दान बहादुर कार्कीले गर्नुभयो। उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवा केन्द्रले पीडितमैत्री वातावरणमा सेवा प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मानव अधिकारमैत्री र संवेदनशील सेवा प्रवाहमा नेपाल प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। नव–निर्मित सेवा केन्द्रबाट घरेलु हिंसा, लैङ्ग...
आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

अर्थ, ताजा अपडेट, राजनीति, समाचार
आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक काठमाडौं, २१ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा कायम गरिएको छ। आज युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा रहेको छ भने बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ६६ पैसा तोकिएको छ। यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ २५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा रहेको छ। जापानी ...
बुढानीलकण्ठ–१३ मा आगलागी, २४ परिवार विस्थापित

बुढानीलकण्ठ–१३ मा आगलागी, २४ परिवार विस्थापित

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, ताजा अपडेट, बागमती, समाचार
बुढानीलकण्ठ–१३ मा आगलागी, २४ परिवार विस्थापित काठमाडौं, २१ माघ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनीखेल नयाँबस्तीमा मंगलबार राति आगलागी हुँदा २४ परिवार विस्थापित भएका छन्। आगलागीबाट २४ कोठा बराबरका टहरा पूर्ण रूपमा जलेर नष्ट भएका छन्। मंगलबार राति करिब पौने ११ बजे सुरु भएको आगो सवा १ बजे काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका तथा टोखा नगरपालिकाका दमकलको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको थियो। आगलागी भएको स्थानबाट सात जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ। वडा अध्यक्ष टिकानारायण श्रेष्ठका अनुसार उक्त टहरामा विभिन्न जिल्लाबाट आएका नागरिकहरू भाडामा बस्दै आएका थिए। आगलागीपछि सबै २४ परिवार घरबारविहीन बनेका छन्। विस्थापित परिवारहरूलाई नजिकैका अन्य टहरामा अस्थायी रूपमा बसोबासको व्यवस्था गरिएको छ। साथै, आज खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामग्री उपलब्ध गराउने तयारी भइरहेको...
दोस्रो चरणमा निर्वाचन प्रधानमन्त्री कार्की

दोस्रो चरणमा निर्वाचन प्रधानमन्त्री कार्की

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मनोरञ्जन, राजनीति, समाचार
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री कार्की नवलपरासी (बर्दघाट–सुस्तापूर्व) — प्रधानमन्त्री सुशीला कार्कीले मौसम प्रतिकूल भएमा हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गराउन सकिने स्पष्ट पारेकी छन्। नवलपरासीको कावासोती नगरपालिका–१, हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भई सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन सरकारले आवश्यक सबै सहयोग गर्ने बताइन्। उनले भनिन्, “विशेषगरी हिमाली जिल्लामा मौसम अनुकूल नभए निर्वाचन दोस्रो चरणमा गराउने तयारीमा सरकार रहन्छ।” कम मतदाता रहेका दुर्गम स्थानमा सवारीसाधनको प्रयोग गरी मतदाता ओसारेर भए पनि निर्वाचन सम्पन्न गराइने प्रधानमन्त्रीको भनाइ थियो। तर, सबै प्रयास असफल हुने असाधारण अवस्थामा मात्र दोस्रो चरणमा निर्वाचनको विकल्प अपनाइने उनले स्पष्ट पारिन्। प्रधानमन्त्र...
धर्मगुरु पुष्पराज पुरुषद्वारा राप्रपाको निर्वाचन कार्यालय उद्घाटन, तनहुँ

धर्मगुरु पुष्पराज पुरुषद्वारा राप्रपाको निर्वाचन कार्यालय उद्घाटन, तनहुँ

Breaking News 1, Breaking News 2, ताजा अपडेट, धर्म / संस्कृति, राजनीति, समाचार
धर्मगुरु पुष्पराज पुरुषद्वारा राप्रपाको निर्वाचन कार्यालय उद्घाटन, तनहुँ तनहुँ, माघ १९। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तनहुँ क्षेत्र नम्बर १ र २ मा सञ्चालनमा ल्याएको निर्वाचन परिचालन कार्यालय सोमबार हिन्दू धर्मका गुरु पुष्पराज पुरुषले उद्घाटन गर्नु भएको छ। गुरु पुष्पराज पुरुष हिन्दू धर्मको संरक्षणका लागि विभिन्न सामाजिक र धार्मिक गतिविधिमा सक्रिय रहेका व्यक्ति हुन्। उद्घाटन समारोहमा स्थानीय नेता, समर्थक र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उद्घाटन अवसरमा बोल्दै पुष्पराज पुरुषले अहिले सनातन धर्ममाथि चुनौती बढेको भन्दै राप्रपाका उम्मेदवारलाई विजयी बनाउन जरुरी भएको बताए। उनले विदेशी प्रभावले हिन्दू धर्ममाथि आक्रमण सुरु गरेको आरोप लगाउँदै, धर्मको रक्षाका लागि मतदातालाई सचेत हुन आह्वान गरे। तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार अभिषेक जोशीले देवघाट, वेदव्यास जन्मस्थान र भानु...
बालेन शाहले नेपाली फेसबुकमा बनाए नयाँ इतिहास

बालेन शाहले नेपाली फेसबुकमा बनाए नयाँ इतिहास

Breaking News 1, Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
🔴 बालेन शाहले नेपाली फेसबुकमा बनाए नयाँ इतिहास काठमाडौं । प्रधानमन्त्री तथा झापा–५ बाट सांसदका उम्मेदवार बालेन शाहले नेपाली फेसबुक प्रयोगकर्तामाझ नयाँ कीर्तिमान कायम गरेका छन्। उनले हालसम्म ३४ लाख ९२ हजार १०७ जना फलोअर्स जोड्दै सबै नेपालीमध्ये सर्वाधिक फेसबुक फलोअर्स हुने व्यक्तिको रेकर्ड बनाएका हुन्। बालेन शाहको फेसबुक पेजमा ९८ प्रतिशत रिकमेन्डेसन देखिएको छ भने साढे ११ हजारभन्दा बढी रिभ्यु प्राप्त भएका छन्। सामाजिक सञ्जालमा प्राप्त यो लोकप्रियता अहिलेसम्म कुनै पनि नेपाली व्यक्तिको नाममा नदेखिएको उल्लेखनीय उपलब्धि मानिएको छ। राजनीतिक गतिविधि, सामाजिक मुद्दामा स्पष्ट धारणा र युवामाझ प्रभावशाली उपस्थितिका कारण बालेन शाह सामाजिक सञ्जालमा विशेष आकर्षणको केन्द्र बन्दै आएका छन्। 🔴 सिंहदरबार पुनर्निर्माण: यही वर्षदेखि काम सुरु हुने काठमाडौं । जेन–जी आन्द...
यही वर्षदेखि सुरु हुने भएको छ।

यही वर्षदेखि सुरु हुने भएको छ।

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, राजनीति, समाचार
        काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगलागीबाट क्षति पुगेको सिंहदरबारको मूल भवनसहित परिसरभित्रका अन्य संरचनाको पुनर्निर्माण कार्य यही वर्षदेखि सुरु हुने भएको छ। आगलागीका कारण ऐतिहासिक तथा प्रशासनिक महत्व बोकेका विभिन्न भवनमा भौतिक क्षति पुगेपछि सरकारले पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै प्रक्रिया अघि बढाएको हो। सम्बन्धित निकायका अनुसार विस्तृत प्राविधिक मूल्याङ्कन सम्पन्न भइसकेको छ भने संरक्षण, मर्मत तथा पुनर्निर्माणका काम चरणबद्ध रूपमा अघि बढाइनेछ। पुनर्निर्माणका क्रममा सिंहदरबारको मौलिक स्वरूप जोगाउँदै आधुनिक सुरक्षा मापदण्ड अपनाइने जनाइएको छ। आगलागी नियन्त्रण प्रणाली, संरचनागत मजबुती र सरकारी सेवा सञ्चालनमा असर नपर्ने गरी काम अघि बढाइने सरकारको तयारी छ। सरकारले यस वर्षभित्रै पुनर्निर्माण कार्यलाई तीव्रता दिई सिंहदरबार प...