पोखरामा यू–१९ साफ महिला च्याम्पियनसिप: आज दुई महत्वपूर्ण खेल
Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
कास्की । पोखरास्थित रंगशालामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज (माघ १९) लिग चरणका दुई महत्वपूर्ण खेल आयोजना हुँदै छन्। आजको पहिलो खेलमा बंगलादेश र भारत आमनेसामने हुँदैछन्। उक्त खेल मध्याह्न १२ बजे सुरु हुनेछ।
यस्तै, आजको दोस्रो खेलमा घरेलु टोली नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुने तालिका रहेको छ। दुवै टोली यसअघि खेलेको आफ्नो पहिलो खेलमा पराजित भएका कारण आजको खेल दुवैका लागि निकै महत्वपूर्ण मानिएको छ। नेपाल आफ्नो पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो भने प्रतियोगिताको उद्घाटन खेलमा भुटान बंगलादेशसँग १२–० को फराकिलो अन्तरले हार बेहोर्न बाध्य भएको थियो।
लिग चरणको दोस्रो खेलमा नेपाल र भुटान दुवै टोली दबाबमा मैदान उत्रनेछन्। फाइनलमा पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने अवस्थामा दुवै ट...














