परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा, नयाँ दिल्ली पुगे
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका सिलसिलामा शुक्रबार नयाँ दिल्ली पुगेका छन्। भारतीय विदेशमन्त्री एस. जयशंकर को निमन्त्रणामा भएको भ्रमणअन्तर्गत उनी भारत पुगेका हुन्।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल मा मन्त्री खनाललाई भारतका लागि नेपाली नियोगका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा तथा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय वार्ता गर्नेछन्। साथै, उनले विभिन्न उच्चस्तरीय भेटघाट तथा कूटनीतिक कार्यक्रममा पनि सहभागिता जनाउने कार्यक्रम रहेको छ।
मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ।
यसैबीच, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि पाँचदिने...















