समाचार

लुम्बिनी प्रदेशसभाको बैठक आज, यस्ता छन् कार्यसूची

लुम्बिनी प्रदेशसभाको बैठक आज, यस्ता छन् कार्यसूची

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार
लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज शुक्रबार बिहान ११:०० बजे बस्ने तय भएको छ। प्रदेशसभा सचिवालयका अनुसार बैठकमा समसामयिक विषयहरूमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा आफ्ना धारणा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसैगरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने ले ‘लुम्बिनी प्रज्ञा–प्रतिष्ठान विधेयक’माथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। त्यसैगरी, मुख्यमन्त्री चेतनारायण आचार्य ले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक’माथि छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।...
बजेटको ‘रातो किताब’मा योजना समावेश गर्न प्रधानमन्त्रीलाई हर्क साम्पाङको ३७ बुँदे माग

बजेटको ‘रातो किताब’मा योजना समावेश गर्न प्रधानमन्त्रीलाई हर्क साम्पाङको ३७ बुँदे माग

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, राजनीति, समाचार
प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुनसरी क्षेत्र नं. १ का महत्वपूर्ण योजनाहरू समावेश गर्न प्रधानमन्त्रीलाई पत्रमार्फत आग्रह गरेका छन्। उनले सुनसरी क्षेत्र नं. १ का जनताले लामो समयदेखि भोग्दै आएका आधारभूत समस्याहरू समाधान गर्न बजेटको ‘रातो किताब’मा विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै ३७ बुँदे मागपत्र पेश गरेका हुन्। मागपत्रमा धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि सप्तकोशी–धरान खानेपानी आयोजनालाई मुख्य प्राथमिकतामा राख्न माग गरिएको छ। आगामी ३० वर्षसम्मको आवश्यकता ध्यानमा राख्दै धरानका विभिन्न वडामा पर्याप्त खानेपानी आपूर्ति सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ। यसैगरी, धरान–२० को स्वाराँ, बराहक्षेत्र र रामधुनी नगरपालिकामा भूमिगत पानी निकालेर व्यवस्थित ओभरहेड ट्याङ्क निर्माण गरी खा...
पाटनमा ‘रङ नम्बर’ विवाद: दुई दाजुभाइको ज्यान गयो

पाटनमा ‘रङ नम्बर’ विवाद: दुई दाजुभाइको ज्यान गयो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुरक्षा
ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको दुःखद घटनाको सुरुवात सामान्य ‘रङ नम्बर’बाट भएको प्रहरीले जनाएको छ। बुधबार साँझ इमाडोल बस्ने सुमित नेम्बाङ र उनका भाइ सिर्जन नेम्बाङले कसैलाई फोन गर्ने क्रममा नम्बर नमिल्दा झुक्किएर सञ्जीव नेपालीको मोबाइलमा फोन पुगेको थियो। सुरुमा सामान्य कुराकानी भए पनि केहीबेरमै दुवै पक्षबीच भनाभन सुरु भई विवाद चर्किएको थियो। फोनमै एक–अर्कालाई चुनौती दिने अवस्था आएपछि सञ्जीवले उनीहरूलाई पाटन आउन भनेका थिए। त्यसपछि दाजुभाइ पाटन पुगेका थिए। भेट भएपछि सामान्य भनाभन झगडामा परिणत भयो। सोही क्रममा मासु पसलमा काम गर्ने सञ्जीवले आफूसँगै रहेको मासु काट्ने चक्कु निकालेर दुवै दाजुभाइमाथि अन्धाधुन्ध प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनीहरूलाई तत्काल अस्पताल लगिए पनि उपचारकै क्रममा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ। घटनापछि फरार हुने प्रयास गरिरहेका मुख्य अ...
सट्टेबाजी खेलाएको आरोपमा ९ जना पक्राउ

सट्टेबाजी खेलाएको आरोपमा ९ जना पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुरक्षा
सट्टेबाजी सञ्चालन गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। ललितपुरको हात्तीवनस्थित सिटी स्केप अपार्टमेन्टबाट सट्टेबाजी खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टका अनुसार पक्राउ पर्नेहरूमा तीन जना भारतीय नागरिकसमेत रहेका छन्। प्रहरीका अनुसार उक्त समूहले ३१ करोड २४ लाख ३४ हजार ९२० रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ। पक्राउ पर्ने भारतीय नागरिकहरूमा चेतन यादव, आशिष शर्मा र रौनक सिंह रहेका छन्। त्यसैगरी नेपाली नागरिकहरू सुजन दवाडी, निरोज राना, आशिष रेग्मी, हार्दिक पोखरेल, सुरेश पराजुली र योगेन्द्र कुँवरलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीहरूबाट ८ वटा ल्यापटप, २४ वटा मोबाइल फोन, ३१ वटा सिम कार्ड र ३ वटा क्याल्कुलेटर बरामद गरिएको प्रहरीले जनाएको छ।...
घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, स्वस्थ्य
घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाहालविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन्। आयोगका अनुसार उनले ९३ हजार ८५० रुपैयाँ घुस लिएको आरोप छ। विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम पास गर्दा घुस लिएको सूचनाका आधारमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्दा उनीसँगबाट १ लाख २० हजार ८५० रुपैयाँ बरामद गरिएको थियो। अनुसन्धानका क्रममा ९३ हजार ८५० रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ। आयोगले सोही बराबरको बिगो कायम गरी कारबाहीको माग गर्दै आरोपपत्र दायर गरेको जनाएको छ।...
ईशान अस्पतालमा विश्व बाल शल्यचिकित्सा दिवस मनाइयो

ईशान अस्पतालमा विश्व बाल शल्यचिकित्सा दिवस मनाइयो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, स्वस्थ्य
काठमाडौँ — ईशान बाल तथा महिला अस्पतालले विश्व बाल शल्यचिकित्सा दिवस (पेडियाट्रिक सर्जरी डे) मनाएको छ। टोखा–५ धापासीस्थित अस्पतालमा मंगलबार उक्त दिवस विविध कार्यक्रमसहित मनाइएको हो। अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रामनन्दन प्रसाद चौधरीका अनुसार कार्यक्रममा बाल शल्यचिकित्सासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो। बालबालिकाको शल्यक्रिया गर्दा चिकित्सक अन्तर्राष्ट्रिय स्तरबारे जानकार हुनुपर्ने, अस्पताल पनि सोही स्तरको हुनुपर्ने र शल्यक्रिया अनिवार्य रूपमा बाल शल्यचिकित्सकबाटै गरिनुपर्ने विषयमा जोड दिइएको थियो। छलफलमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो। यस्ता जनचेतनामूलक कार्यक्रमले अभिभावकलाई बालबालिकाको स्वास्थ्यसम्बन्धी निर्णय लिन सहज बनाउने कार्यकारी निर्देशक चौधरीले बताए। वि.सं. २०५२ मा स्थापना भएको ईशान अस्पताल नेपालकै पहिलो गैरसरकारी बाल ...
प्रधानमन्त्री कप क्रिकेट: आज दुई खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेट: आज दुई खेल हुँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ — प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (चैत २५) दुई खेल हुँदैछन्। पहिलो खेलमा वाग्मती प्रदेश र कोसी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। वाग्मती प्रदेश तेस्रो जितको खोजीमा मैदान उत्रनेछ। हाल तालिकाको सातौँ स्थानमा रहेको वाग्मतीले ६ खेलमा दुई जित र चार हारसहित ४ अंक जोडेको छ। कोसी प्रदेश भने पहिलो जित निकाल्ने लक्ष्यमा छ। तालिकाको पुछारमा रहेको कोसीले ६ खेलमा पाँच हार व्यहोर्दै १ अंक मात्र जोडेको छ भने एक खेल रद्द भएको थियो। यी दुई टोलीबीचको खेल जनकपुरस्थित रामजानकी बहुद्देश्यीय रंगशालामा बिहान ९:३० बजे सुरु हुनेछ। आजै हुने दोस्रो खेलमा गण्डकी प्रदेशले मधेस प्रदेशको सामना गर्नेछ। गण्डकी प्रदेश तेस्रो जितको खोजीमा हुनेछ। तालिकाको छैटौँ स्थानमा रहेको गण्डकीले ६ खेलमा दुई जित, तीन हार र एक खेल रद्द हुँदा ५ अंक जोडेको छ। मधेस प्रदेश भने चौथो जित निकाल्ने ...
कूटनीतिमा बालेनको नयाँ अभ्यास: राजदूतहरूसँग सामूहिक भेटघाट

कूटनीतिमा बालेनको नयाँ अभ्यास: राजदूतहरूसँग सामूहिक भेटघाट

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले कूटनीतिक भेटघाटमा नयाँ अभ्यास सुरु गरेका छन्। पदभार सम्हालेको १० दिनपछि आज उनले नेपालस्थित विभिन्न देशका राजदूतहरूसँग एकैसाथ भेट गर्ने कार्यक्रम तय गरेका छन्। परराष्ट्रमन्त्री शिशिर खनालसहित हुने उक्त सामूहिक भेटले वर्षौँदेखि चल्दै आएको पुरानो चलनलाई तोडेको छ। सामान्यतया नयाँ प्रधानमन्त्री नियुक्त भएपछि राजदूतहरूले पालैपालो छुट्टाछुट्टै भेट्ने प्रचलन थियो। तर, बालेनले सुरुमै सबैलाई सँगै भेटेर कूटनीतिक संवादलाई थप पारदर्शी र व्यवस्थित बनाउन पहल गरेका छन्। यो कदमले समयको बचत मात्र गरेको छैन, सबै देशप्रति समान व्यवहार गर्ने सरकारको स्पष्ट नीतिलाई पनि झल्काएको छ। कुनै एक देशलाई बढी र अर्कोलाई कम महत्त्व दिनुभन्दा सबैलाई समान रूपमा व्यवहार गर्ने सन्देश यसबाट प्रवाह भएको छ। व्यक्तिगत र गोप्य भेटघाटभन्दा सामूहिक र पारदर्शी छलफललाई प्राथमिक...
अवैध क्रसर तुरुन्त बन्द गर्न गृहमन्त्रीको निर्देशन

अवैध क्रसर तुरुन्त बन्द गर्न गृहमन्त्रीको निर्देशन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं — गृहमन्त्री सुधन गुरुङ ले काभ्रेको रोशी क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका सबै क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन्। गिट्टी–बालुवा उत्खननका कारण बाढी र पहिरोको जोखिम बढेको उल्लेख गर्दै उनले यसको नियन्त्रणमा लापरबाही भएकोप्रति चिन्ता व्यक्त गरे। साथै, विगतमा राजनीतिक मिलेमतोमा अवैध रूपमा सञ्चालन हुँदै आएका यस्ता गतिविधि अब कडाइका साथ रोक्ने बताए।...
फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरुङ स्वयं ठगिएको दाबी, कानुनी उपचारमा जाने तयारी

फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरुङ स्वयं ठगिएको दाबी, कानुनी उपचारमा जाने तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ । भ्रष्टाचार, ठगी र अपराधविरुद्ध कडाइका साथ अभियान चलाइरहेका गृहमन्त्री सुधन गुरुङ स्वयं पोखराको फेवाताल जग्गा प्रकरणमा ठगिएको दाबी गरेका छन्। सर्वोच्च अदालतको आदेशअनुसार फेवाताल अतिक्रमण हटाउने अभियानमा सक्रिय रहेका गुरुङले आफूले लिजमा लिएको जग्गा समेत मापदण्डभित्रकै अतिक्रमित क्षेत्र परेको जानकारी पाएको बताएका छन्। जग्गा लिँदा धनी पक्षले वास्तविक अवस्था लुकाई झुक्याएर सम्झौता गराएको भन्दै मन्त्री गुरुङसहित तीन जना साझेदार अब कानुनी उपचारमा जाने तयारीमा छन्। करिब ८–१० वर्षअघि पोखराको फेवाताल किनारमा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने योजना अघि बढाइएको थियो। गुरुङका अनुसार त्यस समयमा जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटर मापदण्डभित्र नपर्ने भन्दै विश्वास दिलाएका थिए र कागजातमा पनि सुरक्षित देखाइएको थियो। तर पछि सम्बन्धित ...