इनिशा विक मृत्यु प्रकरण : दोषीलाई कडा कारबाहीको माग
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद उद्यान नजिकैको जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिका इनिशा विकमाथि बलात्कारपछि हत्या भएको घटनाप्रति विभिन्न सङ्घसंस्थाले गम्भीर आपत्ति जनाउँदै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
सुर्खेतका विभिन्न नागरिक तथा मानवअधिकारसम्बन्धी सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटना अमानवीय र निन्दनीय भएको बताएका छन्। वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया बालिकामाथि भएको बलात्कारपछि हत्या घटनाले सम्पूर्ण समाज स्तब्ध भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै पनि बहानामा सह्य हुन सक्दैन। सुरक्षित, सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि राज्यका निकाय, नागरिक समाज र आम नागरिक सबैको साझा प्र...















