जनताको मन जित्यौँ, तर मत जित्न सकेनौँ : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले चुनावमा प्राविधिक रूपमा हार व्यहोरे पनि जनताको मन जितेको दाबी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत मंगलबार चुनावको समीक्षा गर्दै अध्यक्ष घिसिङले परिवर्तनको अपेक्षासहित भारी जनमत पाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न शुभकामना पनि दिएका छन्।
उहाँले नयाँ सरकारले गर्ने राम्रा कामको समर्थन गर्ने तर गलत काम भएमा सडकबाटै रचनात्मक खबरदारी गर्ने प्रष्ट पारेका छन्।
घिसिङले लामो स्टाटसमा देशको वर्तमान प्रशासनिक र विकास प्रणालीप्रति आलोचना पनि गरेका छन्।
उनको भनाइ अनुसार, एउटा पुल बनाउन १५ वर्ष लाग्ने र काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने परिपाटीले देशको विकास रोकिरहेको छ। “हामीले धेरै आन्दोलन र घोषणा देख्यौँ, तर समस्याको जड घोषणा होइन, कार्यान्वयनको कमजोरी हो,” घिसिङ...















