बागमती

बालेन सरकारको नयाँ भूमि व्यवस्थापन योजना: सुकुम्बासीलाई ४ आना जग्गा, खेतीका लागि छुट्टै व्यवस्था, लालपुर्जा प्रक्रियामा सीडीओको भूमिका बढाउने तयारी

बालेन सरकारको नयाँ भूमि व्यवस्थापन योजना: सुकुम्बासीलाई ४ आना जग्गा, खेतीका लागि छुट्टै व्यवस्था, लालपुर्जा प्रक्रियामा सीडीओको भूमिका बढाउने तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह नेतृत्वको सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यसहित नयाँ भूमि व्यवस्थापन योजना अघि सार्ने तयारी गरेको छ। प्रस्तावित योजनाअनुसार वास्तविक भूमिहीन तथा जोखिममा रहेका परिवारलाई बसोबासका लागि करिब ४ आना जग्गा उपलब्ध गराइनेछ। साथै, उनीहरूको जीविकोपार्जन सहज बनाउन खेतीयोग्य वा उत्पादनमूलक कामका लागि छुट्टै जग्गा व्यवस्थापन गर्ने अवधारणा समेत अघि बढाइएको छ। महानगर स्रोतका अनुसार लामो समयदेखि काठमाडौं उपत्यकामा बढ्दै गएको अव्यवस्थित बसोबासलाई व्यवस्थित पुनर्स्थापनामार्फत समाधान गर्ने लक्ष्य राखिएको छ। यसका लागि योग्य लाभग्राहीको पहिचान गरी न्यूनतम आवास अधिकार सुनिश्चित गर्ने तयारी भइरहेको छ। त्यसैगरी, जग्गा स्वामित्व सुनिश्चित गर्न आवश्यक पर्ने लालपुर्जा वितरण प्रक्रियालाई सहज र एकीकृत बना...
डिभोर्सको अन्तिम सुनुवाइअघि श्रीमतीको हत्या, ‘नेपाली ब्रो’ पक्राउ

डिभोर्सको अन्तिम सुनुवाइअघि श्रीमतीको हत्या, ‘नेपाली ब्रो’ पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, सुरक्षा
काठमाडौँ। अदालतबाट सम्बन्धविच्छेद (डिभोर्स) हुने अन्तिम प्रक्रियाअघि नै श्रीमतीको हत्या भएको घटनाले देशभर सनसनी फैलाएको छ। सामाजिक सञ्जालमा “नेपाली ब्रो” नामले चिनिने रेस्लर ४२ वर्षीय कुमार थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोप लागेको छ। घटना शुक्रबार राति करिब १० बजे भएको बताइएको छ। गम्भीर घाइते अवस्थामा रहेकी भुजेललाई तत्कालै उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार दम्पतीबीच सम्बन्धविच्छेदसम्बन्धी मुद्दा अन्तिम चरणमा पुगेको समयमा विवाद चर्किएपछि घटना भएको बताइन्छ। घटनापछि प्रहरीले आरोपित थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनाको कारण, परिस्थिती र सम्पूर्ण पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।...
बिवाईडीका ७७५ विद्युतीय गाडी प्रकरणः प्रमुख भन्सार अधिकृतसहित ९ कर्मचारी तानिए

बिवाईडीका ७७५ विद्युतीय गाडी प्रकरणः प्रमुख भन्सार अधिकृतसहित ९ कर्मचारी तानिए

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौँ। मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएका ७ सय ७५ वटा बिवाईडी (BYD) विद्युतीय गाडीको आयात प्रक्रियामाथि छानबिन तीव्र पारिएको छ। भन्सार छलीको आशंकासँग जोडिएको उक्त प्रकरणमा रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर भन्सार विभागमा तानिएको छ। अर्थ मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि सम्बन्धित कर्मचारीहरूलाई विभागमा तानिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। समितिले भन्सार बिन्दुमै नपुगेका सवारीसाधनको समेत जाँचपास भएको हुनसक्ने विषयमा गम्भीर प्रश्न उठाएपछि अनुसन्धान अघि बढाइएको हो। यस्तै, मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७५ वटा विद्युतीय गाडीको आयात प्रक्रिया र भन्सार जाँचपाससम्बन्धी विषयमा पनि स्थलगत अध्ययन तथा अनुसन्धान जारी रहेको छ। अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवहरू, ने...
एसीसी महिला प्रिमियर कप : आज नेपाल र हङकङ भिड्दै

एसीसी महिला प्रिमियर कप : आज नेपाल र हङकङ भिड्दै

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
एसीसी महिला प्रिमियर कपअन्तर्गत आज नेपालले हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल बिहान ७:१५ बजे सुरु हुनेछ। नेपालले यसअघि आफ्नो पहिलो खेलमा कतारलाई ८ विकेटले तथा दोस्रो खेलमा भुटानलाई ५१ रनले पराजित गरेको थियो। यता हङकङले पहिलो खेलमा भुटानलाई १४ रनले र दोस्रो खेलमा कतारलाई ८३ रनले हराएको थियो। नेपाल र हङकङ दुवैले लगातार दुई खेल जित्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। आजको खेलले समूह डी को विजेता र उपविजेताको टुंगो लगाउनेछ। १८ राष्ट्र सहभागी रहेको प्रतियोगिताबाट शीर्ष चार टोली आगामी महिला एसिया कप क्रिकेटका लागि छनोट हुनेछन्। समूह ‘ए’ मा थाइल्यान्ड, म्यान्मार, जापान, बहराइन र मंगोलिया रहेका छन्। समूह ‘बी’ मा यूएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरेबिया छन् भने समूह ‘सी’ मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिङ्गापुर रहेका छन्। समूह ‘डी’ मा नेपाल, हङकङ ची...
धवलशम्शेर राणा र दुर्गा प्रसाईँबीच एकता, नयाँ पार्टी गठनको तयारी

धवलशम्शेर राणा र दुर्गा प्रसाईँबीच एकता, नयाँ पार्टी गठनको तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री डा. धवलशम्शेर राणा र राजावादी अभियन्ता दुर्गा प्रसाईँ राजसंस्था पुनर्स्थापनाको साझा उद्देश्यसहित एकताबद्ध भएका छन्। उनीहरूले शुक्रबार आयोजित एक कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गर्दै सहकार्यको औपचारिक घोषणा गरेका हुन्। समझदारीपत्रमा हस्ताक्षर गरेसँगै प्रसाईँले आफ्नो नेतृत्वमा रहेको ‘नागरिक बचाउ महाअभियान’ विसर्जन भएको घोषणा गरेका छन्। साथै, मलमास समाप्त भएपछि नयाँ राजनीतिक दल घोषणा गर्ने तयारी रहेको जानकारी दिइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै डा. राणाले नयाँ पार्टीको नाम, झण्डा र अन्य संरचनात्मक विषय विज्ञहरूसँग परामर्श गरेर टुंगो लगाइने बताए। उनले मलमासपछि औपचारिक रूपमा नयाँ पार्टी घोषणा गरिने जानकारी दिए। दुवै नेताबीच भएको समझदारीलाई राजावादी शक्तिहरूबीचको नयाँ राजनीतिक सहकार्यका रूपमा हेरिएको छ।...
परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा, नयाँ दिल्ली पुगे

परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा, नयाँ दिल्ली पुगे

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका सिलसिलामा शुक्रबार नयाँ दिल्ली पुगेका छन्। भारतीय विदेशमन्त्री एस. जयशंकर को निमन्त्रणामा भएको भ्रमणअन्तर्गत उनी भारत पुगेका हुन्। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल मा मन्त्री खनाललाई भारतका लागि नेपाली नियोगका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा तथा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय वार्ता गर्नेछन्। साथै, उनले विभिन्न उच्चस्तरीय भेटघाट तथा कूटनीतिक कार्यक्रममा पनि सहभागिता जनाउने कार्यक्रम रहेको छ। मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ। यसैबीच, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि पाँचदिने...
सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष दाहाल कञ्चनपुरमा

सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष दाहाल कञ्चनपुरमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
कञ्चनपुर । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल आज कञ्चनपुर पुग्नुभएको छ। कैलालीको टीकापुरमा आयोजना हुने अन्तर व्यवस्थापिका सम्मेलनमा सहभागी हुन उहाँहरू कञ्चनपुर आइपुग्नुभएको हो। भ्रमणका क्रममा सभामुख अर्याल र अध्यक्ष दाहालसहितको टोलीले कञ्चनपुरका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ। टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा–चाँदनी सुक्खा बन्दरगाह, ब्रह्मदेव क्षेत्रलगायतका महत्वपूर्ण स्थानको निरीक्षण तथा अवलोकन गर्ने जनाएको छ। सभामुख अर्यालका निजी सचिव मधु मिजारका अनुसार टोलीले भीमदत्त नगरपालिका–८ तिलौचौरस्थित भम्केनी धामको समेत स्थलगत अवलोकन गरेको छ। भ्रमण टोलीमा उपसभामुख रुवी कुमारी तथा राष्ट्रियसभा उपाध्यक्ष लिलाकुमारी भण्डारी लगायतको सहभागिता रहेको छ।...
रास्वपाद्वारा ७७ वटै जिल्लामा निर्वाचन समिति गठन

रास्वपाद्वारा ७७ वटै जिल्लामा निर्वाचन समिति गठन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला अधिवेशनको तयारीलाई तीव्रता दिँदै देशभरका ७७ वटै जिल्लामा निर्वाचन समिति गठन गरेको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार शनिबार र आइतबार हुने जिल्ला अधिवेशनका लागि प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको हो। उनले सबै जिल्लामा निर्वाचन समिति परिचालन भइसकेको र महाधिवेशनको कार्यतालिकाअनुसार अधिवेशनसम्बन्धी कामहरू अगाडि बढिरहेको जानकारी दिए। उनका अनुसार समितिले जिल्लास्तरीय अधिवेशन सम्पन्न गराएर प्रतिवेदन केन्द्रमा बुझाउनेछ। केही स्थानीय तहमा परेको उजुरीका कारण बागमती र मधेश प्रदेशका केही पालिकामा अधिवेशन स्थगित गरिएको छ भने कतिपय स्थानमा पुनः निर्वाचन गराउन निर्देशन दिइएको केसीले बताए। रास्वपाको विद्यमान विधानअनुसार जिल्ला समितिमा एक सभापति, एक उपसभापति, एक सचिव, एक सहसचिव तथा पाँच जना समावेशी...
सशस्त्रले नियन्त्रणमा लिएका ७७९ विद्युतीय सवारीबारे छानबिन गर्न समिति गठन

सशस्त्रले नियन्त्रणमा लिएका ७७९ विद्युतीय सवारीबारे छानबिन गर्न समिति गठन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
राजस्व छलीको आशङ्कामा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका ७७९ वटा विद्युतीय सवारीसाधनबारे विस्तृत अनुसन्धान गर्न सरकारले संयुक्त छानबिन समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको हो। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकार सुशासन र राजस्व संरक्षणप्रति संवेदनशील रहेकाले तत्काल समिति गठन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको हो। समितिले सवारीसाधन नियन्त्रणमा लिइएका स्थानमै पुगेर तीव्र गतिमा अनुसन्धान सुरु गरिसकेको उनले बताइन्। दाहालका अनुसार सवारीसाधनको संख्या धेरै भएकाले भन्सार तथा राजस्वसँग सम्बन्धित कागजातहरूको सूक्ष्म परीक्षण र प्रमाणीकरण गर्न केही समय लाग्न सक्छ। छानबिन सम्पन्न नभएसम्म धैर्य र विश्वास कायम...
एसईईमा जफत गरिएका एक करोडभन्दा बढी मूल्यका मोबाइल नष्ट

एसईईमा जफत गरिएका एक करोडभन्दा बढी मूल्यका मोबाइल नष्ट

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, शिक्षा, समाचार
सिरहा । माध्यमिक शिक्षा परीक्षा (एसईई)का क्रममा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका ४९६ वटा मोबाइल फोन र पाँच वटा स्मार्टवाच नष्ट गरिएको छ। गत चैतमा सम्पन्न एसईई परीक्षाका बेला जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट सात वटा आइफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन तथा पाँच वटा स्मार्टवाच जफत गरिएको थियो। परीक्षा सञ्चालन निर्देशिकाविपरीत प्रयोग भएको ठहर गर्दै ती उपकरण बिहीबार नष्ट गरिएको हो। मधेश प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग गरेको पाइएमा नष्ट गरिने चेतावनी दिएकी थिइन्। सोही निर्देशनअनुसार जिल्ला परीक्षा समन्वय समिति सिरहाले बरामद उपकरण व्यवस्थापनका लागि उपसमिति गठन गरी नष्ट गर्ने निर्णय गरेको जनाएको छ। शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत राजदेव यादवको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ...