बागमती

धादिङ बस दुर्घटना : गृह मन्त्रालयमा बैठक, छानबिन समिति गठन

धादिङ बस दुर्घटना : गृह मन्त्रालयमा बैठक, छानबिन समिति गठन

Breaking News 1, Breaking News 2, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, बागमती, समाचार
धादिङमा भएको भीषण बस दुर्घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने निर्णय गरेको छ। ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटनाको विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्। बैठकमा गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघका प्रतिनिधि तथा तीनवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए। छलफलपछि दुर्घटनाको कारण, जिम्मेवारी र आगामी सुरक्षा उपायबारे अध्ययन गर्न छानबिन समिति गठन गर्ने निर्णय गरिएको हो। पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, भैंसेगौडाबाट त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। तीमध्ये १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ट्रमा सेन्टरम...
तारकेश्वर नगरपालिका–१०, मनमैजुमा चितुवा आतंक, तीन घाइते

तारकेश्वर नगरपालिका–१०, मनमैजुमा चितुवा आतंक, तीन घाइते

Breaking News 1, Breaking News 2, बागमती, समाचार
काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजुस्थित नसाल चोक नजिक आज दिउँसो चितुवा देखिएपछि स्थानीयवासी त्रसित बनेका छन्। चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्। घाइतेहरूको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ। घटनापछि वडा नं. १० का जनप्रतिनिधि विक्रम महर्जन, हातिसार वन डिभिजन कार्यालयबाट खटिएको प्राविधिक टोली, नेपाल प्रहरी तथा स्थानीयवासीको समन्वयमा चितुवालाई साँझ करिब ५:२० बजे नियन्त्रणमा लिई उद्धार गरिएको हो। उद्धार गरिएको चितुवालाई आवश्यक प्रक्रिया पूरा गरी हातिसार वन डिभिजन कार्यालय लगिएको जानकारी दिइएको छ। घटनापछि क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।...
राष्ट्रिय लिग फुटबल आजदेखि पुनः सुरु

राष्ट्रिय लिग फुटबल आजदेखि पुनः सुरु

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
१० फागुन, काठमाडौं — मोफसलका प्रतियोगिताका कारण स्थगित गरिएको राष्ट्रिय लिग फुटबल आजदेखि पुनः सञ्चालनमा आउँदैछ। आजको पहिलो खेलमा एपीएफ एफसी र नव जनजागृति क्लब आमनेसामने हुनेछन्। खेल दिउँसो १२ः१५ बजे अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानमा सुरु हुनेछ। त्यसैगरी, अपराह्न ४ बजे न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लब बीच प्रतिस्पर्धा हुनेछ। यो खेल पनि एन्फा कम्प्लेक्समै आयोजना गरिँदैछ। आजको खेल जित्न सके एपीएफ र एनआरटीले शीर्ष स्थानमा रहेको मछिन्द्र एफसी सँग अंक बराबरी गर्ने अवसर पाउनेछन्। एपीएफ पाँच खेलबाट १३ अंकसहित तेस्रो स्थानमा छ भने समान अंक भए पनि गोलअन्तरका आधारमा एनआरटी चौथो स्थानमा रहेको छ। हाल मछिन्द्रले ६ खेलबाट १६ अंक जोड्दै शीर्ष स्थान कायम राखेको छ। लिगमा मछिन्द्रसँगै लालिगुराँस एसोसिएसन, एपीएफ र त्रिभुवन आर्मी एफसी अपराजित टोलीका रूपमा रहेका छन्। एन्...
रौतहटको गौरमा सुरक्षा कडाइ, १८ जना नियन्त्रणमा

रौतहटको गौरमा सुरक्षा कडाइ, १८ जना नियन्त्रणमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार
रौतहट — गौरमा देखिएको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। प्रशासनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संयुक्त रूपमा खटिएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवका अनुसार शान्ति–सुरक्षा कायम गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ। घटनामा संलग्न रहेको आशंकामा हालसम्म १८ जनालाई नियन्त्रणमा लिइएको उनले बताए। दुई समुदायबीच संवादमार्फत समाधान खोज्न पहल भइरहेको जनाउँदै प्रशासनले स्थिति सामान्य बनाउन प्रयास जारी रहेको जानकारी दिएको छ। घटनालाई उक्साउने व्यक्तिहरूलाई निगरानीमा राखिएको र आवश्यक परे कानुनी कारबाही अघि बढाइने चेतावनी पनि प्रशासनले दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै सर्वसाधारणलाई संयमित र शान्त रहन प्रशासनले आग्रह गरेको छ।...
बाघ गणनाका क्रममा ६० क्यामेरा हराए

बाघ गणनाका क्रममा ६० क्यामेरा हराए

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
  चितवन — चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज सम्मिलित कम्प्लेक्स क्षेत्रमा सञ्चालन गरिएको बाघ गणनाका क्रममा ६० वटा क्यामेरा हराएका छन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार समस्याग्रस्त भएका ८५ क्यामेरामध्ये ६० वटा फेला नपरेका र २५ वटा बिग्रिएका छन्। यस कम्प्लेक्समा कुल १ हजार ७८० क्यामेरा प्रयोग गरिएको थियो। गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको हो। दुई निकुञ्जलाई एउटै कम्प्लेक्सका रूपमा विभाजन गरी तीन ब्लक बनाएर गणना गरिएको थियो। ९५८ वटा ग्रिड निर्धारण गरी प्रत्येक दुई वर्ग किलोमिटर क्षेत्रलाई आधार मानेर क्यामेरा जडान गरिएको बताइएको छ। प्रत्येक ब्लकमा १७ रातसम्म क्यामेरा राखेर तथ्यांक सङ्कलन गरिएको थियो। यसअघि सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा ३५५ वटा वयस्क बाघ रहेका थिए। उक्त तथ्यांकअनुसार चितवनमा १२८...
अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज : भाषिक विविधता संरक्षणमा जोड

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज : भाषिक विविधता संरक्षणमा जोड

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ — आज विश्वभर २१ फेब्रुअरीका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। भाषिक अधिकारको संरक्षण, सांस्कृतिक पहिचानको सम्मान तथा बहुभाषिक शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। सन् १९५२ मा तत्कालीन पूर्वी पाकिस्तान (हाल बङ्गलादेश) मा बङ्गाली भाषालाई मान्यता दिन माग गर्दै गरिएको आन्दोलनका क्रममा विद्यार्थीमाथि गोली प्रहार भई ज्यान गुमाउनुपरेको घटनाको स्मरणमा यो दिवस मनाउन थालिएको हो। उक्त घटनालाई अन्तर्राष्ट्रिय मान्यता दिँदै यूनेस्कोले सन् १९९९ नोभेम्बर १७ मा २१ फेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा घोषणा गरेको थियो। त्यसयता सन् २००० देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर औपचारिक रूपमा यो दिवस मनाइँदै आएको छ। नेपाल बहुभाषिक देशका रूपमा परिचित छ। भाषा आयोग नेपालको प्रतिवेदनअनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या ...
काठमाडौँका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति अवरुद्ध हुने

काठमाडौँका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति अवरुद्ध हुने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, विचार, समाचार
काठमाडौँ — नेपाल विद्युत प्राधिकरण अन्तर्गत बानेश्वर वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति अस्थायी रूपमा बन्द हुने भएको छ। सिनामङ्गल चोक तथा तिलगङ्गा आँखा अस्पताल अगाडि रहेको ११ मिटर अग्लो हाई–टेन्सन पोल ढल्किएपछि त्यसको व्यवस्थापन तथा मर्मतका लागि ११ केभी लाइन सटडाउन गर्न लागिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बिहान ११:०० देखि १२:३० बजेसम्म बत्तिसपुतली एयरपोर्ट डेडिकेटेड फिडर (चाबहिल सबस्टेशन) अन्तर्गत पर्ने तिलगङ्गा, प्रकाश सन्यास आश्रम, शम्भुमार्ग, गौशाला तथा एयरपोर्ट आसपासका क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द रहनेछ। त्यस्तै, दिउँसो १:०० देखि २:३० बजेसम्म न्यु एयरपोर्ट फिडर (बानेश्वर सबस्टेशन) अन्तर्गत पर्ने तीनकुने, गैरीगाउँ, सिनामङ्गल र एयरपोर्ट क्षेत्रहरूमा विद्युत अवरुद्ध हुने सूचनामा उल्लेख छ। बानेश्वर वितरण केन्द्रका प्रमुख मधुसुदन यादवका अनुसार मर्मत क...
पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह सम्पन्न

पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, समाचार
कास्की — पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशिला कार्कीले युवापुस्तालाई राष्ट्रको भावी नेतृत्वको आधार स्तम्भका रूपमा चित्रित गर्नुभयो। उहाँले वर्तमान युगमा युवाहरू नै भोलिका राजनेता, सक्षम प्रशासक, दूरदर्शी नीति–निर्माता तथा समाज रूपान्तरणका अग्रदूत हुने बताउनुभयो। “तपाईंहरूले कल्पना गर्नुभएको समुन्नत भविष्यको आधार आजैबाट तयार पार्नुपर्छ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “दृढ संकल्प, इमान्दारिता र जिम्मेवारीबोधले मात्र राष्ट्र निर्माणको अभियान सफल हुन्छ।” प्रधानमन्त्रीले शिक्षालाई केवल डिग्री प्राप्तिको माध्यम नभई चरित्र निर्माण, सीप विकास र सामाजिक उत्तरदायित्वसँग जोडिएको प्रक्रिया भएको उल्लेख गर्नुभयो। उहाँले स्नातक विद्यार्थीहरूलाई ज्ञान, सीप र नैतिक मूल्यमान्यतालाई व्यवहारमा उतार्दै देशको समृद्धिमा योगदान गर...
विमानस्थलबाट १३ लाखभन्दा बढीका मोबाइल र ल्यापटपसहित एक पक्राउ

विमानस्थलबाट १३ लाखभन्दा बढीका मोबाइल र ल्यापटपसहित एक पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १३ लाख ८० हजार रुपैयाँ मूल्य बराबरका मोबाइल र ल्यापटपसहित एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१ निवासी ३४ वर्षीय सञ्जीव खड्का रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार उनलाई शङ्कास्पद गतिविधिका आधारमा निगरानी गरेर नियन्त्रणमा लिइएको हो। उनका अनुसार गोल्डेन गेट बाहिरपट्टि शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा निगरानी गर्दा खड्काले बाह्य मुलुकबाट आएका यात्रुहरूलाई भन्सार छल्न लगाई विद्युतीय सामग्री अवैध रूपमा सङ्कलन गरी लैजान खोजेको पाइएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।...
रवि लामिछानेद्वारा रास्वपा र पुराना दलप्रति प्रतिक्रिया

रवि लामिछानेद्वारा रास्वपा र पुराना दलप्रति प्रतिक्रिया

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, लुम्बिनी, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेको झण्डा जलाउने घटना भए कारवाही गरिने स्पष्ट पारेका छन्। उनले भने, “रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए कारबाही हुनेछ। तर यदि कसैले घुसपैठ गरेर विवाद उत्पन्न गर्ने प्रयास गर्‍यो भने होसियार रहनुहोस्। रास्वपाले गरेको भए कारवाही हुन्छ, तर नभएर अन्यायपूर्ण प्रचार भए त्यसलाई बेवास्ता गर्नु ठीक हुन्छ।” सभामा उनले आफ्ना केही समर्थकहरूले गाली गरेको सुनेको उल्लेख गर्दै भने, “रास्वपाले सबैलाई जन्माएको होइन। यहाँका समर्थकहरू काम गर्न नसकेपछि रास्वपा बनाएका हुन्। रास्वपा तीन वर्षको पार्टी हो, यहाँ ३ वर्षको बच्चा त छैनन्, सबैजना जवान समर्थक हुन्।” लामिछानेले चोकचोकमा उभिएर आरोप लगाउनेहरूलाई जवाफ दिन नचाहेको पनि बताए। उनले भने, “मलाई आरोप लगाउनेहरूले धेरै आरोप लगाएका छन्। म तिनलाई उठेर जव...