चितवनबाट आएको कारमा ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल फेला, एक जना पक्राउ
काठमाडौं प्रवेश नाका नागढुङ्गामा प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा चितवनबाट काठमाडौं आउँदै गरेको बा १९ च ६९० नम्बरको कार जाँच गर्दा हतियार बरामद गरेको हो।
पक्राउ पर्नेमा ३० वर्षीय केयुर पुरी रहेका छन्। उनी कीर्तिपुर नगरपालिका निवासी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पुरीको झोलाबाट ‘मेड इन अमेरिका’ लेखिएको एक थान पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने चार राउन्ड गोली फेला परेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...















