क्रिकेटले नेपाललाई एकता र पहिचान दिएको बालेन शाहको भनाइ, खेलाडीलाई शुभकामना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले क्रिकेटले नेपाललाई राष्ट्रिय एकता, पहिचान र सम्भावनाको मार्गमा अघि बढाएको बताएका छन्। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले क्रिकेटले देशलाई जोड्ने मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका हुन्।
उनले सन् २०१४ मा बंगलादेशमा सम्पन्न आईसीसी टी–२० विश्वकपमा नेपालले पहिलो पटक सहभागिता जनाएको स्मरण गर्दै अफगानिस्तान र हङकङलाई पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको बताए। उक्त प्रतियोगितामा नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिएको पनि उनले उल्लेख गरेका छन्।
बालेन शाहले नेपालले फेरि विश्वकप क्रिकेट खेल्न लागेको उल्लेख गर्दै क्रिकेटले नेपाली जनतामा खुशी, उत्साह र आशा जगाएको बताएका छ...















