निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो
बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बैतडीमा ३८७ नाल भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ।
जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त सबै प्रकारका हातहतियार तथा गोलीगठ्ठा अनिवार्य रूपमा बुझाउन सूचना जारी गरेपछि हालसम्म उक्त सङ्ख्यामा भरुवा बन्दुक सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिएका छन्।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले सक्रिय रूपमा प्रहरी परिचालन गर्नुका साथै सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गरी हातहतियार सङ्कलन अभियान सञ्चालन गरेका छन्।
जिल्ला प्रशासन कार्यालयले माघ ६ गते सूचना प्रकाशित गर्दै माघ २० गतेभित्र सबै इजाजतप्राप्त हातहतियार बुझाइसक्न निर्देशन दिएको थियो। तर, तोकिएको समयभित्र सबै हातहतियार फिर्ता नआएपछि माघ मसान्तसम...















