प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको कडा आपत्ति, कूटनीतिक त्रुटि भएको आरोप
काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा व्यक्त गरेको अभिव्यक्तिलाई खेदजनक, गैरजिम्मेवार र राष्ट्रहित विपरीत भन्दै कडा आपत्ति जनाएको छ।
एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहको अभिव्यक्तिले नेपालको स्थापित कूटनीतिक अडान, द्विपक्षीय अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय एकतामाथि नकारात्मक असर पारेको उल्लेख गरिएको छ। साथै, उनले तत्काल संसद् र आम नेपाली जनतासँग माफी माग्नुपर्ने माग समेत गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “नेपालको भूमि, सीमा र राष्ट्रिय स्वाधीनता कुनै दल वा व्यक्तिको विषय होइन, यो सम्पूर्ण नेपाली जनताको साझा विषय हो।” यस्ता संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्तिले देशको कूटनीतिक मर्यादामा क्षति पुर्याएको एमालेको आरोप छ।
एमालेले २०७७ साल जेठ ७ गते तत्कालीन सरकारको नेतृत्वमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटि...















