बागमती

बजेटपछि प्रधानमन्त्री बालेनको सन्देश : ‘ढुक्क हुनुस्’

बजेटपछि प्रधानमन्त्री बालेनको सन्देश : ‘ढुक्क हुनुस्’

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नागरिकलाई ‘ढुक्क हुनुस्’ भन्दै सन्देश दिएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेलगत्तै प्रधानमन्त्री बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत छोटो प्रतिक्रिया दिँदै ‘ढुक्क हुनुस्’ लेखेका हुन्। प्रधानमन्त्रीको उक्त संक्षिप्त सन्देशलाई सरकारले ल्याएको बजेट र आगामी योजनाप्रति विश्वास गर्न आग्रह गरेको रूपमा व्याख्या गरिएको छ। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसद्मा उपस्थित नभएको विषयलाई लिएर विपक्षी दलहरूले आलोचना गरिरहेका बेला प्रधानमन्त्री बालेन भने बजेट प्रस्तुत हुने संयुक्त बैठकमा सहभागी भएका थिए। अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। यो ...
कृषकको सम्मान राज्यको प्राथमिकतामा हुनुपर्छ : राष्ट्रपति पौडेल

कृषकको सम्मान राज्यको प्राथमिकतामा हुनुपर्छ : राष्ट्रपति पौडेल

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले कृषकको सम्मानलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। कृषि, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम–२०८२ लाई सम्बोधन गर्दै उनले किसानको प्रगति नै राष्ट्रको समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गरे। राष्ट्रपति पौडेलले किसानको मुस्कानमा देशको खुसी र किसानको उन्नतिमा राष्ट्रको समृद्धि गाँसिएको भन्दै कृषि क्षेत्रलाई केवल जीविकोपार्जनको माध्यम नभई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा विकास गर्नुपर्ने धारणा राखे। उनले श्रम संस्कृतिको विकास गर्दै किसानको मेहनत, पसिना र समर्पणलाई राज्यले उचित सम्मान गर्नुपर्ने बताए। उनले कृषि क्षेत्रको विकासका लागि राज्य, निजी क्षेत्र र सम्बन्धित निकायहरू एकजुट भएर लगानी, प्रविधि, बजारीकरण तथा युवाको सहभागिता बढाउनुपर्ने आवश्यकता औँल्याए। आधुनिक प्रविधिको प्रयोग, यु...
मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग लिङ्देनको आग्रह

मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग लिङ्देनको आग्रह

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन्। राप्रपाको स्थापना दिवसको ३६औँ वर्ष प्रवेशका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले उक्त प्रतिवेदन गम्भीर प्रकृतिको रहेको भन्दै सरकारले ढिलाइ नगरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए। अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगले दोषी ठहर्याएका वा अभियुक्तका रूपमा देखिएका व्यक्तिहरूले कानुनी प्रक्रिया पूरा गरी छिटोभन्दा छिटो सफाइ लिनुपर्नेमा पनि जोड दिए। उनका अनुसार आयोगका प्रतिवेदनहरू नेपालभित्र मात्र सीमित नहुने भएकाले अन्तर्राष्ट्रिय स्तरमा समेत यसको प्रभाव रहने गर्दछ। उनले भने, “मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन अत्यन्त महत्त्वपूर्ण छ। यसले धेरै विषय उजागर गरेको छ। सरकारले ...
गणतन्त्र दिवसमा राष्ट्रपतिको ऐतिहासिक सम्बोधन, टुँडिखेलमा विशेष समारोह सम्पन्न

गणतन्त्र दिवसमा राष्ट्रपतिको ऐतिहासिक सम्बोधन, टुँडिखेलमा विशेष समारोह सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका छन् । यो गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिको पहिलो औपचारिक सम्बोधन समेत हो । समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले आफैं सम्बोधन नगरी राष्ट्रपतिलाई सम्बोधनका लागि सिफारिस गरेपछि राष्ट्रपति पौडेलले मुख्य सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले गणतन्त्रले नेपाली जनतालाई राजनीतिक अधिकार सुनिश्चित गर्दै समुन्नत भविष्यतर्फ अघि बढ्ने अवसर प्रदान गरेको उल्लेख गरे । उनले गणतन्त्रले देशलाई एकताबद्ध बनाउँदै साझा राष्ट्र निर्माणको भावना बलियो बनाएको बताए । “यसले देशवासीलाई जोडेको छ, साझा राष्ट्र बनाउने सङ्कल्प अभिप्रेरित गरेको छ। यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ। त्यसैले यो हाम्रा लागि राष्ट्र नि...
गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै : राष्ट्रियसभा अध्यक्ष दाहाल

गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै : राष्ट्रियसभा अध्यक्ष दाहाल

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । नारायणप्रसाद दाहाल ले गणतन्त्रको विकल्प अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्र नै हुने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरेका हुन्। उनले गणतन्त्रलाई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय तथा समान अवसरमा आधारित शासन प्रणालीको रूपमा व्याख्या गरेका छन्। अध्यक्ष दाहालले संविधानको मर्मअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै सुशासन, पारदर्शिता र उत्तरदायित्वसहित राज्य सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले २०६५ साल जेठ १५ गते संविधानसभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरिएको ऐतिहासिक दिनको स्मरण गर्दै सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। त्यसैगरी, विभिन्न आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका नागरिक...
प्रतिस्पर्धामार्फत राजदूत छनोट प्रक्रिया सुरु, परराष्ट्र मन्त्रालयद्वारा आवेदन आह्वान

प्रतिस्पर्धामार्फत राजदूत छनोट प्रक्रिया सुरु, परराष्ट्र मन्त्रालयद्वारा आवेदन आह्वान

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त रहेको नेपाली राजदूत पदमा आवेदन तथा सिफारिस आह्वान गरेको छ । मुलुकको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक क्षेत्रलाई प्रभावकारी रूपमा सञ्चालन र प्रवर्द्धन गर्ने उद्देश्यसहित मन्त्रालयले बिहीबार योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त तथा सिफारिस माग गरेको हो । मन्त्रालयद्वारा जारी सूचनाअनुसार इच्छुक र योग्य उम्मेदवारहरूले स्वयं पनि आवेदन दिन सक्नेछन् । साथै अन्य व्यक्ति वा संस्थाले समेत योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ अनुसार तयार गरिएको कार्यशर्त तथा योग्यता पूरा गरेका उम्मेदवारहरू आवेदन प्रक्रियामा सहभागी हुन सक्ने मन्त्रालयले जनाएको छ । आवेदन दिन इच्छुक व्यक्तिले मन्त्रालयको वेबसाइटमा उपलब्ध फाराममार्फत विस्तृत व्यक्तिगत विवरणसहित आवश...
Upper Trishuli–1 जलविद्युत आयोजना: ८२ प्रतिशत काम सम्पन्न, “वेयर गेट” जडान र परीक्षण सफल

Upper Trishuli–1 जलविद्युत आयोजना: ८२ प्रतिशत काम सम्पन्न, “वेयर गेट” जडान र परीक्षण सफल

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । निर्माणाधीन २१६ मेगावाट क्षमताको Upper Trishuli-1 Hydropower Project मा महत्वपूर्ण संरचना अन्तर्गत एक “वेयर गेट” को जडान तथा परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। आयोजनाका अनुसार तीन वटा वेयर गेटमध्ये एकको जडान र परीक्षण सञ्चालन पूरा भएसँगै समग्र निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ। आयोजना अन्तर्गतको हाइड्रो–मेकानिकल संरचनामार्फत नदीको पानीको बहाव नियन्त्रण गर्ने, सुरुङमार्फत विद्युत उत्पादनका लागि पानी मोड्ने, जलाशयको पानीस्तर व्यवस्थापन गर्ने तथा बढी पानी सुरक्षित रूपमा नदीमा निष्काशन गर्ने काम गरिन्छ। निर्माण पक्षले गेट जडान तथा परीक्षण कार्य प्राविधिक मापदण्डअनुसार सम्पन्न भएको जनाएको छ। यस क्रममा गुणस्तर, सुरक्षा र वातावरणीय मापदण्डलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ। कार्यक्रमको अवसरमा रासुवा क्षेत्रका संघीय सांसद मोहन आचार्य, ऊर्जा मन्त्रालयका सहसचिव स...
टोखा–९ र १० को सरकारी संरचनामा रहेका पसल हटाउन डोजर परिचालन

टोखा–९ र १० को सरकारी संरचनामा रहेका पसल हटाउन डोजर परिचालन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, सुरक्षा
काठमाडौं । टोखा नगरपालिका वडा नं. ९ र १० अन्तर्गत सरकारी संरचनाभित्र सञ्चालन हुँदै आएका गणेशथान क्षेत्रका पूजा सामग्री पसलहरू हटाउन डोजर चलाइएको छ । नगरपालिकाको निर्देशन अवज्ञा गर्दै तोकिएको समयभित्र संरचना नहटाइएपछि बिहीबार र डोजर परिचालन गरिएको हो । टोखा नगरपालिकाले यसअघि नै सरकारी संरचना तथा सार्वजनिक क्षेत्र अतिक्रमण गरी सञ्चालन गरिएका पसल हटाउन १५ दिने सूचना जारी गरेको थियो । उक्त अवधिभित्र पसल तथा टहरा नहटाइएपछि नगरपालिकाले प्रहरी प्रशासनको सहयोगमा डोजर चलाएर संरचना हटाउने प्रक्रिया अघि बढाएको जनाएको छ । डोजर सञ्चालनका क्रममा सम्भावित तनावलाई मध्यनजर गर्दै ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो । गणेशथान क्षेत्रमा बिहानैदेखि प्रहरीको बाक्लो उपस्थिति देखिएको थियो भने स्थानीयवासी र व्यवसायीहरूको भीडसमेत लागेको थियो । नगरपालिकाका अनुसार सार्वजनिक तथा सरकारी स्वामित्वको ...
सम्पत्ति छानबिन समितिले दोस्रो दिन पनि पूर्व गृहमन्त्री सुधन गुरुङसँग बयान लियो

सम्पत्ति छानबिन समितिले दोस्रो दिन पनि पूर्व गृहमन्त्री सुधन गुरुङसँग बयान लियो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन समितिले निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राष्ट्रिय स्वतन्त्र पार्टी का सुधन गुरुङसँग दोस्रो दिन पनि बयान लिएको छ । समितिले मंगलबार (जेठ १२) देखि गुरुङको बयान लिन सुरु गरेको थियो । बुधबार (जेठ १३) दोस्रो दिन पनि बयान प्रक्रिया जारी रहेको भए पनि पूर्ण रूपमा सम्पन्न नभएको समितिले जनाएको छ । गुरुङले भने निकटवर्तीहरूलाई आफ्नो बयान सकिएको जानकारी दिएका छन् । तर समितिका प्रवक्ता समेत रहेका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार अनुसन्धान प्रक्रिया अझै जारी छ । “बयान सुरु भएको हो । अनुसन्धान गर्दै जाँदा फेरि पनि बयान दिनुपर्ने हुनसक्छ,” उनले भने, “समितिले प्रतिवेदन बुझाउने समय सीमित भएकाले अनुसन्धानको कामलाई तीव्र बनाइएको छ ।” गत वैशाख २८ गते मन्त्रिपरिषद् बैठकबाट १५ दिनको समयसीमा तोकेर समिति गठन गरि...
प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप

प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, समाचार
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले प्रधानमन्त्री वालेन्द्र साहले लोकतन्त्रको मर्यादा उल्लङ्घन गरिरहेको आरोप लगाएकी छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद घतानीले प्रधानमन्त्री साहले जनताका प्रश्नको जवाफ नदिई लोकतान्त्रिक अभ्यासको अपमान गरिरहेको भन्दै आपत्ति जनाइन् । उनले प्रधानमन्त्रीलाई सदनमा उठेका प्रश्नहरूको जवाफ दिन हिम्मत भए उपस्थित हुन चुनौती दिँदै सरकारप्रति बढ्दो जवाफदेहिताको अभावप्रति कडा टिप्पणी गरिन् । सांसद घतानीले सरकारलाई प्रश्न गर्ने वातावरण कमजोर हुँदै गएको र आलोचना गर्न नहुने प्रवृत्ति विकास भइरहेको भन्दै चिन्ता व्यक्त गरिन् । उनका अनुसार लोकतन्त्र अन्ध समर्थन होइन र नागरिकहरू केवल ताली बजाउने भीड मात्र होइनन् भन्ने कुरा स्पष्ट हुन आवश्यक छ । उनले सांसदहरू जनताका प्रतिनिधि भएको उल्लेख गर्दै सरकारलाई निरन्तर जवाफदेही...