बागमती

राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति पौडेल सहभागी

राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति पौडेल सहभागी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा रामचन्द्र पौडेल आज काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभागी भएका छन्। राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा सरिक भएका हुन्। उक्त अवसरमा नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो। समारोहमा नेपालको कला र संस्कृतिको झल्को दिने झाँकी, मार्चपास, नृत्य तथा सांगीतिक प्रस्तुति गरिएको थियो। कार्यक्रममा रामसहायप्रसाद यादव, सुशीला कार्की, नारायणप्रसाद दाहाललगायत उच्चपदस्थ सरकारी अधिकारी तथा नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।...
७५औँ प्रजातन्त्र दिवस आज, देशभर सार्वजनिक बिदा

७५औँ प्रजातन्त्र दिवस आज, देशभर सार्वजनिक बिदा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
आज ७५औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। विसं २००७ साल फागुन ७ गते महान् सहिदहरूको बलिदानीपूर्ण संघर्षका बलमा नेपालमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने परम्परा छ। दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध हाँसी–हाँसी आफ्नो जीवन उत्सर्ग गरेका थिए। जनआन्दोलन र क्रान्तिको बलमा राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादुर्भाव भएको दिनका रूपमा २००७ फागुन ७ नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिन मानिन्छ। प्रजातन्त्र दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। सरकारी तथा गैरसरकारी निकायहरूले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइरहेका छन्। मूल समारोह समितिको आयोजनामा आज बिहान काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ, जहाँ रामचन्द्र प...
बनेपा बजारमा ट्रिपरले स्कुटर ठक्कर, चालकको घटनास्थलमै मृत्यु, स्थानीय आक्रोश

बनेपा बजारमा ट्रिपरले स्कुटर ठक्कर, चालकको घटनास्थलमै मृत्यु, स्थानीय आक्रोश

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, समाचार
काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिक बुधबार बिहान एउटा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घटनास्थलमै मृत्यु भएको छ। मृतक पुरुषको पहिचान अहिलेसम्म खुलेको छैन। प्रहरीका अनुसार बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको ट्रिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। मृतकलाई घटनास्थलबाट उद्धार गरी सिर मेमोरियल अस्पताल लगिएको छ। घटनाप्रति आक्रोशित स्थानीयवासीले ट्रिपरमा आगो लगाएका छन्। चालक हाल फरार रहेका कारण सडकमा आवागमन रोकिएको छ र बजार क्षेत्रमा तनाव कायम छ। प्रहरी र स्थानीयबीच मिलेर परिस्थितिलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ।...
राष्ट्रपति पौडेलद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना

राष्ट्रपति पौडेलद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
राष्ट्रपति रामचन्द्र पौडेल ले ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश दिँदै पर्वले नेपालीबीच एकता, सामाजिक-सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताएका छन्। उनले भनेका छन्, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक रूपमा विविधतायुक्त राष्ट्र भएकाले ग्याल्पो ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबीच एकता र सामाजिक सद्भाव सुदृढ गर्न मद्दत पुर्याउँछ। यसले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने काम गर्छ।” राष्ट्रपतिले शेर्पा समुदायका स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त पनि गरेका छन्।...
धनगढीमा आज रास्वपाको वृहत् जनसभा, रवि र बालेनले सम्बोधन गर्ने

धनगढीमा आज रास्वपाको वृहत् जनसभा, रवि र बालेनले सम्बोधन गर्ने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुदूरपश्चिम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज कैलालीको धनगढीस्थित पशुपति टोल (महोत्सव स्थल) मा वृहत् जनसभा आयोजना गर्दैछ। सभामा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। रास्वपाका नेता कविन्द्र ठकुल्लाका अनुसार बिहान ११ बजेदेखि सुरु हुने उक्त सभामा सुदूरपश्चिम प्रदेशका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले समेत आफ्नो धारणा राख्नेछन्। कार्यक्रममा हजारौँ सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति लामिछाने चितवन–२ र बालेन झापा–५ बाट उम्मेदवार छन्। यसअघि रास्वपाले माघ ५ गते जनकपुरधाममा आयोजना गरेको ‘परिवर्तन उद्घोष सभा’ पछि धनगढीमा दोस्रोपटक यस्तो जनसभा गर्न लागेको हो।...
दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपाललाई १२ वर्षपछि टी–२० विश्वकपमा ऐतिहासिक जित

दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपाललाई १२ वर्षपछि टी–२० विश्वकपमा ऐतिहासिक जित

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले १२ वर्षपछि विश्वकपमा ऐतिहासिक जित हात पारेको छ। स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितका नायक दीपेन्द्रसिंह ऐरी बने। उनले आक्रामक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे। कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३३ रनको योगदान दिए भने गुल्सन झाले अविजित २४ रन बनाए। यसअघि ब्याटिङ गरेको स्कटल्यान्डले ७ विकेट गुमाएर १७० रन बनाएको थियो। नेपालका लागि सोमपाल कामीले ३ तथा नन्दन यादवले २ विकेट लिए। यो जितसँगै नेपालले १२ वर्षपछि विश्वकपमा जित निकाल्दै नयाँ इतिहास रचेको छ।...
दोस्रो राष्ट्रिय हक्कीमा गण्डकीको दोहोरो सफलता

दोस्रो राष्ट्रिय हक्कीमा गण्डकीको दोहोरो सफलता

Breaking News 1, Breaking News 2, खेलकुद, गण्डकी, बागमती, समाचार
गण्डकी प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा सोमबार पुरुष र महिला दुवै तर्फ जित हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिलातर्फको खेलमा गण्डकीले बागमती प्रदेशलाई ४–० गोलअन्तरले पराजित गर्‍यो। गण्डकीकी अंकिता अधिकारीले दुई गोल गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भइन् भने गीता पुन मगर र सीतामाया बलले समान एक–एक गोल थपे। पुरुषतर्फ गण्डकीले कोशी प्रदेशलाई २–० ले हरायो। अशिम बहिकले दुवै गोल गर्दै उत्कृष्ट खेलाडी घोषित भए। महिलातर्फकै अर्को खेलमा मधेश प्रदेशले कोशीलाई १–० ले पराजित गर्‍यो। प्रीति दासले निर्णायक गोल गर्दा लक्ष्मनीयाकुमारी दास ‘प्लेयर अफ द म्याच’ बनिन्। नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले गरेका थिए। प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन्। शीर्ष तीन स्थान हासिल...
महाशिवरात्रिमा पशुपतिमा नागा बाबा र साधुसन्तको बिदाइ

महाशिवरात्रिमा पशुपतिमा नागा बाबा र साधुसन्तको बिदाइ

Breaking News 1, Breaking News 2, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा आएका नागा बाबा र साधुसन्तलाई आज दान–दक्षिणासहित बिदाइ गरिने भएको छ। फाल्गुन कृष्ण एकादशीमा आएको परम्पराअनुसार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिने तयारी गरेको छ। यस वर्ष करिब चार हजार साधुसन्त नेपाल तथा विदेशबाट पशुपतिमा भेला भएका छन्। साधुसन्तलाई रु १०१ देखि रु ५ हजारसम्म दक्षिणा दिइने व्यवस्था छ। साथै, मन्दिरमा पाँच दिन र बाहिर चार दिन धुनी जाल्ने तयारी गरिएको छ। महाशिवरात्रि पछि मन्दिर परिसरमा फोहरको समस्या देखिएको भए पनि कोषले सफाइ सुरु गरेको जनाएको छ। शिवरात्रिका लागि आगमन हुने भक्तजन र छात्रछात्राले नागा बाबा र साधुसन्तको दर्शन गर्दै आस्था प्रकट गरेका छन्।...
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको विमान काठमाडौँ फिर्ता

धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको विमान काठमाडौँ फिर्ता

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, पर्यटन, बागमती, समाचार
Shree Airlines को धनगढीका लागि उडेको विमान अवतरण हुन नसक्दा मध्यरातमा काठमाडौँ फिर्ता आएको छ। काठमाडौँबाट राति ९:४५ बजे उडेको उक्त विमानले धनगढी विमानस्थलमा पटक–पटक अवतरण प्रयास गरे पनि सफल हुन सकेन। अवतरण सम्भव नभएपछि राति करिब १२ बजे विमान पुनः काठमाडौँ फर्काइएको थियो। विमान काठमाडौँ फर्किएपछि यात्रुहरू केही समय अन्योलमा परेका थिए। जहाजमा सवार सञ्चारकर्मी रोयल आचार्यका अनुसार अवतरण हुन नसकेर फिर्ता आउँदा विमानस्थलमा यात्रुहरूले असन्तुष्टि जनाएका थिए। एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट रद्द गर्न चाहने यात्रुको रकम फिर्ता गरिने तथा यात्रा जारी राख्न चाहने यात्रुलाई मंगलबार बिहानको उडानमार्फत धनगढी पठाइने जानकारी दिएका छन्। उक्त उडानमा चालक दलका सदस्यसहित करिब ८० जना यात्रु सवार रहेका थिए।...
राष्ट्र बैंकले कर्मचारी कोषमा ९ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी कोषमा ९ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, समाचार
नेपाल राष्ट्र बैंकले कर्मचारी उपदान तथा पेन्सन कोषको ९ अर्ब ३५ करोड रुपैयाँ एक वर्षका लागि इजाजतप्राप्त बैंक र वित्तीय संस्थामा मुद्दती निक्षेपको रूपमा लगानी गर्ने भएको छ। वाणिज्य बैंकका लागि ७ अर्ब ४८ करोड, विकास बैंकका लागि १ अर्ब ४० करोड २५ लाख, र वित्त कम्पनीका लागि ४६ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ। आवेदन १० फागुन २०८२ बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दिन सकिनेछ। निक्षेप चाहने संस्थाहरूको एनपीएल ८ प्रतिशतभन्दा बढी नहुने, दुई वर्ष पुरानो संस्था हुनु पर्ने, न्यूनतम पुँजी कायम रहनु पर्ने, समय अनुसार तरलता र कर्जा अनुपात कायम रहनु पर्ने लगायतका शर्त राखिएको छ।...