सट्टेबाजी खेलाएको आरोपमा ९ जना पक्राउ
सट्टेबाजी सञ्चालन गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
ललितपुरको हात्तीवनस्थित सिटी स्केप अपार्टमेन्टबाट सट्टेबाजी खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टका अनुसार पक्राउ पर्नेहरूमा तीन जना भारतीय नागरिकसमेत रहेका छन्।
प्रहरीका अनुसार उक्त समूहले ३१ करोड २४ लाख ३४ हजार ९२० रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ।
पक्राउ पर्ने भारतीय नागरिकहरूमा चेतन यादव, आशिष शर्मा र रौनक सिंह रहेका छन्।
त्यसैगरी नेपाली नागरिकहरू सुजन दवाडी, निरोज राना, आशिष रेग्मी, हार्दिक पोखरेल, सुरेश पराजुली र योगेन्द्र कुँवरलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।
उनीहरूबाट ८ वटा ल्यापटप, २४ वटा मोबाइल फोन, ३१ वटा सिम कार्ड र ३ वटा क्याल्कुलेटर बरामद गरिएको प्रहरीले जनाएको छ।...















