कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते
कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ। शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित उक्त बसमा चालकसहित ४६ जना सवार थिए।
दुर्घटनामा चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ गेटा निवासी ४२ वर्षीय हरीसिंह महरा, बैतडीको सिवास गाउँपालिका–६ निवासी २५ वर्षीय चक्रबहादुर रोकाया, डोटीको दिपायल सिलगढी नगरपालिका–५ निवासी ३० वर्षीय भरत मल्ल, कैलालीको गोदावरी नगरपालिका–१ निवासी २८ वर्षीय विमल भट्ट, गोदावरी नगरपालिका–२ निवासी ५५ वर्षीया सीतादेवी बादी, डडेलधुरा निवासी २९ वर्षीय नरेन्द्र ताम्राकार, उनकी श्रीमती २५ वर्षीया आलिया ताम्राकार, २ वर्षीय सुदर्शन ताम्राकार, बझाङको थलारा गाउँपालिका–...















